back
CTIZAN AD

प्लाष्टिकका सामग्रीले मरिक समुदायको पुर्ख्याैली पेसा सङ्कटमा

वि.सं.२०८१ कात्तिक २२ बिहीवार

696 

shares

इनरुवा (सुनसरी) । सुनसरी हरिनगर गाउँपालिका–२ का भटाई मरिक दुई जनाको सहारामा दुई दिनमा एउटा बाँसको ढाकी बनाउँछन् । उनलाई बाँसको कोनिया बनाउन एक दिन मात्र लाग्छ ।

बिहानै हातमा कुखुरी लिएर घरबाट निस्कने भटाई छठ पर्वका बेलामा बाँसका सामग्री बनाएर वर्षभरिलाई खान र घर खर्च चलाउन रकम जुटाउने गर्छन् । यस वर्ष भने सोचेजस्तो बाँसका सामग्री बिक्री नभएको उनको गुनासो छ । भटाईले गर्त वर्ष छठका बेलामा एक सय ५० वटा कोनिया र एक सय २५ वटा ढकीया बिक्री गरेका थिए ।

यस वर्ष उनले ५० देखि एक सयसम्म कोनिया र ९० वटा ढकीया बिक्री भएको बताए । उनीजस्तै हरिनगर–२ का बिन्देश्वर मरिकले छठ पर्वका बेला बाँसका सामग्री बनाएर साहु तथा यजमानबाट लिएको ऋण तिर्ने सोचेका थिए । वर्षभरि घर खर्च जेनतेन चलाउने मरिक समुदायका अधिकांशले चाडपर्वलाई खर्च जुटाउने अवसरका रुपमा लिने गरेका छन् ।

सोचेअनुसारको बिक्री नहुँदा आम्दानी घटेको बिन्देश्वरले बताए । आधुनिकताको विकाससँगै बजारमा आएका प्लाष्टिकका सामग्रीको प्रयोग बढेसँगै बाँसका सामग्री बिक्री हुन छोडेका उनको भनाइ छ । यसले गर्दा जीविकोपार्जनमा समस्या भएको गीता मरिकले बताए ।

बिहानै बाँसलाई काटनुका साथै आवश्यकता अनुसार फोड्ने, काट्ने र सामग्री निर्माण गर्ने गरिएको भन्दै बनाइएको सामग्री बिक्री नहुँदा आर्थिक अभाव सृजना हुने गीताको भनाइ छ ।

बर्सेनि छठ पर्व मनाउनको सङ्ख्या बढ्दै गए पनि बाँसका सामग्रीको कारोबारमा कमी आएको मरिक समुदायका व्यक्तिले बताएका छन् । अहिले बजारमा पित्तलका कोनिया, ढाकी पाउनुका साथै प्लाष्टिकबाट निर्मित नाङ्ग्लोलगायत सामग्री पाउन थालेकाले बाँसका सामग्री बिक्री हुन छोडेको चन्दन मरिकले बताए ।

लोक आस्था, विश्वास र श्रद्धाको पर्वका रुपमा रहेको छठमा विगतका बर्षमा बाँसबाट निर्मित सामग्रीको प्रयोग बढी हुने गरेकामा पछिल्ला केहीवर्षयता आधुनिक प्लाष्टिकका सामग्रीको प्रयोगले मरिक समुदायको पुर्ख्याैली पेसा सङ्कटमा परेको बिन्देश्वरले बताए ।

मरिक समुदायको पुख्र्यौली पेसाका रुपमा रहेको बाँसका सामग्री मनाउने कामलाई संरक्षण गर्नुका साथै बजारीकरणमा स्थानीय तह तथा सरोकार भएका निकायले सहयोग गर्नुपर्ने मरिक समुदयका अगसवाको भनाइ छ । रासस

 

 

वि.सं.२०८१ कात्तिक २२ बिहीवार १४:४८ मा प्रकाशित

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले नागरिकका गुनासा, समस्या तथा...

समसामयीक विषय सम्वन्धमा धारणा सार्वजनिक गर्दै काँग्रेसले औल्यायो सरकारका १५ असफलताहरु (हेर्नुस् पूर्ण वक्तव्यसहित )

समसामयीक विषय सम्वन्धमा धारणा सार्वजनिक गर्दै काँग्रेसले औल्यायो सरकारका १५ असफलताहरु (हेर्नुस् पूर्ण वक्तव्यसहित )

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले वर्तमान सरकार सुशासन, पारदर्शिता...

लगानी बोर्डको सीईओमा याङ्की उक्याब, यस्ता छन् सरकारको निर्णयहरु

लगानी बोर्डको सीईओमा याङ्की उक्याब, यस्ता छन् सरकारको निर्णयहरु

काठमाडौं । सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा...

एलपी ग्यासको अभाव र महँगीविरुद्ध अनेमसंघद्वारा सरकारको  ध्यानाकर्षण

एलपी ग्यासको अभाव र महँगीविरुद्ध अनेमसंघद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं । अखिल नेपाल महिला सङ्गठनले एलपी ग्यासको कृत्रिम अभाव,...

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

स्याङ्जा, वालिङ । युवा लेखकद्वय जी.बी. राना र सावित्रा थापाको...

नेपाल बैंक र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि बीच सम्झौता

नेपाल बैंक र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि बीच सम्झौता

काठमाडौँ । नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरु र बैकमा...