back
CTIZAN AD

सहिद परिवारलाई बाख्रा दिंदै माओवादी नेताले मनाए जन्मदिन

वि.सं.२०८१ कात्तिक २७ मंगलवार

2.7K 

shares

हेटौडा । मानिसहरुले नेपालमा पनि जन्मदिन भब्यताका साथ मनाउने गर्छन । आ आफनो गच्छे अनुसार तारे होटेलदेखी पिढी र मझेरीसम्म ठुला साना खर्च गरेर जन्मउत्सव मनाउने परंपरा बढेको छ । सामाजिक सोच राख्नेहरुले कसैले बृद्धाश्रममा खाना दिएर कसैले कपडा बितरण गरेर र कसैले अस्पतालमा बिरामी कुरुवालाई फलफुल बितरण गरेकै छन अनि जेलका कैदीलाई बाख्राको मासु दिईएको पनि होला तर सहिद परिवारलाई सिंगै र जिउदै  बाख्रा बितरण गरेर जन्मदिन मनाएको घटना संभवत पहिलो हो ।

मकवानपुरका एक माओवादी नेताले जन्मदिन मनाउने यस्तो नया शन्देश संप्रेषण गरेका हुन । पुर्व जनमुक्ति सेनाको बटालियन कमाण्डर र हाल नेकपा (माओवादी केन्द्र ) बिशेष प्रदेशको उपाध्यक्ष समेत रहेका प्रकाशचन्द्र पाण्डे ‘प्रलोक’ ले मकवानपुरको थाहा नगरपालिकाका शहिद किरण कार्कीका बुवा देबिलाल कार्कीलाई एउटा बाख्रा किन्न रु ५१५५ रुपैयाँ र भिमफेदीका शहिद मिना कुमारी मोक्तानका दाजु फुलमान मोक्तानलाई भिमफेदी पार्टी अध्यक्ष बद्री बहादुर स्याङ्तान मार्फत बाख्रा किन्न रु ५१५५ हस्तान्तरण गरेका छन । उनले आफुसंग श्रोत साधन भएमा यो कार्य सहिद सप्ताह , बलिदान दिवस, जनयुद्ध दिवस तथा शहिदहरुको सम्झनाका दिन आमूल परिवर्तनको लागि जीवन उत्सर्ग गर्नु हुने महान सहिद, घाईते अपांग, बेपत्ता परिवारजनहरुको घरमा निरन्तर प्रयत्न जारी राख्ने बताएका छन ।

ब्यबशायिक उत्पादन बिना देशको समुद्धि नहुने अनुभुति संगालेका पाण्डे आफु पनि उत्पादनजन्य क्षेत्रमा काम गदै आएका छन । ब्यवस्था परिवर्तन भएको तर अवस्था परिवर्तन नभएको कुरालाई गहिराईमै हृदयंगम गरेका पाण्डेको यो अभ्यास उत्पादन क्रान्तितर्फको बिम्ब पनि हो ।

वि.सं.२०८१ कात्तिक २७ मंगलवार १०:०६ मा प्रकाशित

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानका आजय सोडारी, प्रकाश बम...

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले बचत फिर्ता...

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वर्तमान परिस्थितिमा कुनै पनि...

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

काठमाडौँ । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वर्तमान कम्युनिस्ट...

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

काठमाडौँ । सडक विभागले बाढी र पहिरोबाट तीन वटा पूर्ण...

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले नागरिकका गुनासा, समस्या तथा...