back

फोटन माउन्टेन ईभी सार्वजनिक,  एकैपटक १०० वटा डेलिभरी

वि.सं.२०८१ कात्तिक २७ मंगलवार

555 

shares
GLOBAL IME AD
NTC AD

काठमाडौं । फोटन नेपालले नेपालका लागि विशेष डिजाइन गरिएको आफ्नो उत्कृष्ट माउन्टेन ईभीको १०० वटा सवारीसाधनहरू एकैपटक डेलिभरी गर्दै नेपाली बजारमा लन्च गरेको छ। नेपालको जटिल भौगोलिक आवश्यकताहरूलाई ध्यानमा राखेर निर्माण गरिएको यो ईभीमा ५३.५८ kWh ब्याट्री समावेस गरेको छ, जसले पूर्ण चार्जमा ३०० किलोमिटरको सम्मको ड्राइभिङ्ग रेन्जको दिन्छ (एनडिइसी)। साथै, यसमा १३० kWh अधिकतम पावर, ३३० अधिकतम टर्क, र २५% ग्रेडेबिलिटी रहेको छ, जुन नेपाली बजारमा यस्ता विशेषताहरू भएको पहिलो विद्युतीय सवारी साधन बनेको छ।

एमएडब्लू  वृद्धि समूहका निर्देशक विवेक सिकरिया भन्छन्, “आज हामी नेपाली बजारमा फोटन माउन्टेन ईभी भ्यान लन्च गर्न पाउँदा अत्यन्तै खुशी छौं –यो  एक नवीनतम विद्युतीय सवारी साधन हो जसले नेपालको सवारी साधन क्षेत्रलाई नयाँ दिशामा लैजाने छ। नेपालका चुनौतीपूर्ण सडकहरूलाई मध्यनजर गर्दै माउन्टेन ईभी विशेष सुविधाहरूमा उपलब्ध रहेको छ ।”

एमएडब्लू वृद्धि समूहका सीईओ तुषार गुप्ता भन्छन्, “फोटन लगातार १९ वर्षसम्म चीनको शीर्ष ब्रान्डको रूपमा स्थापित रहेको, भारतमा सबैभन्दा धेरै ईभी बसको रुपमा बिक्री भएको, ९००,००० भन्दा बढी व्यवसायिक सवारी साधनहरूको रुपमा निर्यात र दक्षिण अमेरिकामा अग्र स्थानमा स्थापित भएको छ। माउन्टेन ईभी आफ्नो सेग्मेंटको   एक उत्कृष्ट सवारीसाधन हो जुन नेपालका लागि निर्माण गरिएको ह।”

माउन्टेन ईभी १४ देखि १६ सीट सम्मको विभिन्न मोडलहरूमा उपलब्ध छ, जसमा अत्यधिक स्पेस र आरामदायी हाई रुफको सुविधा छ। यसमा रहेका विभिन्न सुविधाहरू समावेश छन्:

  • अटो होल्ड कन्ट्रोल
  • स्मार्ट पार्किङ सहयोग
  • हिल होल्ड कन्ट्रोल (एचएचसी)
  • दुईवटा ड्राइभिङ मोड
  • आर१६ ड्यूरेबल टायरहरू

नेपाली बजारमा फोटनको ब्रान्ड मूल्य ३१.४ अर्ब रहेको छ र विद्युतीय र व्यवसायिक सवारी साधन विकासमा गहिरो विशेषज्ञता रहेको छ। यसले नेपालका लागि एक स्वच्छ र दिगो भविष्य निर्माणमा ठूलो योगदान पुर्याउनेछ।

एमएडब्ल्यू वृद्धि बारे

फोटन नेपाल, एमएडब्लू  वृद्धि समूहको सञ्चालनमा रहेको छ, जसले सन् २०१४ देखि नेपालभर विभिन्न अन्तर्राष्ट्रिय सवारी साधन ब्रान्डहरूको प्रतिनिधित्व गर्दै आएको छ। व्यवसायिक र विद्युतीय सवारी साधनमा विशेषज्ञता भएको एमएडब्लू  वृद्धिले उच्च स्तरको सर्भिस, स्पेयर पार्ट्सको सहज उपलब्धता र रिलाएबल स्टकको सुनिश्चितता गर्छ, जसले फोटन, सोकन, सेरेस, नामी र चाङ्गन जस्ता ब्रान्डहरूको प्रतिनिधित्व गर्छ।

 

वि.सं.२०८१ कात्तिक २७ मंगलवार १६:५४ मा प्रकाशित

बाढीको वितण्डापछि जुर्मुराउँदै किसान, सरकारबाट सहयोग नपाएको गुनासो

बाढीको वितण्डापछि जुर्मुराउँदै किसान, सरकारबाट सहयोग नपाएको गुनासो

धुलिखेल (काभ्रेपलाञ्चोक) । यत्रतत्र छरिएका ढुङ्गा, काठ र रुखका जराले...

नेपाल-चीन सुरक्षाकर्मीद्वारा सीमा क्षेत्रको संयुक्त अनुगमन

नेपाल-चीन सुरक्षाकर्मीद्वारा सीमा क्षेत्रको संयुक्त अनुगमन

सिमकोट (हुम्ला) । नेपाल र चीनका सुरक्षाकर्मीले हुम्लाको उत्तरी सीमा...

पाथीभरा क्षेत्रमा प्रहरी र आन्दोलनकारीबीच झडप हुँदा चार जना घाइते

पाथीभरा क्षेत्रमा प्रहरी र आन्दोलनकारीबीच झडप हुँदा चार जना घाइते

फुङ्लिङ (ताप्लेजुङ) । पाथीभरा क्षेत्रमा शनिवार प्रहरी र केवलकार निर्माणको...

झापाका किसानले बेचे समर्थन मूल्यभन्दा बढीमा धान

झापाका किसानले बेचे समर्थन मूल्यभन्दा बढीमा धान

भद्रपुर (झापा) । यस वर्ष झापाका धान उत्पादक किसानले सरकारले...

सहकारीले कफी किनेपछि तनहुँका कृषक उत्साहित

सहकारीले कफी किनेपछि तनहुँका कृषक उत्साहित

दमौली (तनहुँ) । तनहुँको शुक्लागण्डकी नगरपालिकाका विभिन्न ठाउँमा उत्पादित कफी...

आफैलाई गोली हानेका प्रहरी जवानको उपचारका क्रममा मृत्यु

आफैलाई गोली हानेका प्रहरी जवानको उपचारका क्रममा मृत्यु

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विपद् व्यवस्थापन गुल्ममा कार्यरत आफैँले...