back
CTIZAN AD

प्रधानन्यायाधीशको स्मरणमा पूर्वसभामुख ढुङ्गाना : ‘पदको मोहमा कहिलै लाग्नुभएन’

वि.सं.२०८१ मंसिर ३ सोमवार

579 

shares

काठमाडौँ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतलाई आफ्ना गुरु पूर्वसभामुख दमनाथ ढुङ्गानासँग बिताएका पलहरु तथा उनले दिएकोे शिक्षा दिक्षा झलझली याद आइरहेको छ । उनलाई आफ्ना गुरुको निधनले मर्माहत बनाएको छ ।

“मेरा गुरु निष्कलङ्क छवि, असल चरित्र, निष्ठावान, नैतिक धरातलमा रहने, सक्षम र अध्ययनशील थिए । उनका तीन पाटा छन्, पत्रकार, कानुन व्यवसायी र सभामुख”, प्रधानन्यायाधीश राउतले भने, “उहाँसँग जुनसुकै विषयमा पनि ज्ञान थियो ।” वरिष्ठ अधिवक्तासमेत रहनुभएका पूर्वसभामुख ढुङ्गाना असाध्यै अध्ययन गर्ने कानुन व्यवसायी भएको उनकोे भनाइ छ ।

“अध्ययन धेरै गर्नुहुन्थ्यो, काठमाडौँबाट प्रकाशन हुने प्रायः सबै पत्रिका पढ्नुहुन्थ्यो”, प्रधानन्यायाधीश राउतले विगत स्मरण गर्दै भने, “बिहान निस्किने पत्रिका मात्र होइन्, सन्ध्याकालीन पत्रिका पनि किनेर पढनुहुन्थ्यो ।”

पूर्वसभामुख ढुङ्गानालाई दर्शन, साहित्य, स्वाथ्य, शिक्षालगायत विषयमा ज्ञान थियो । उनले जहिले पनि देशको हितका विषयमा मात्र कुरा गर्नेगरेको प्रधानन्यायाधीश राउत बताउाँछन् । “म दमननाथ गुरुको शिष्य हुँ, उहाँले मलाई कानुन व्यवसाय सिकाउनु भएको हो, कहिले पनि उहाँले आफ्नो स्वार्थका लागि काम गर्नु भएन”, उनले भने, “संसदीय अभ्यासमा ढुङ्गानाको ठूलो योगदान छ, संसद्मा रुलिङ गर्नुपर्छ भनेर पहिला नै संसदीय अभ्यासको सम्पूर्ण विषयमा पढेर जानकारी लिनुुहुन्थ्यो, एकदमै दक्ष, प्रस्तुति र लेखनमा निपूर्ण हुनुहुन्थ्यो, वकालत सँगसगै विभिन्न पत्रिकामा आफ्ना विचार लेख्नुहुन्थ्यो ।”

प्रधानन्यायाधीश राउतको पूर्वसभामुख ढुङ्गानासँग २०३९ फागुनमा भेट भएको थियो । “कानुन पढ्दै गर्दा भेट भएको हो । ढुङ्गानाको ‘ल फर्म’ पुतलीसडकमा थियो । त्यही बेला वरिष्ठ अधिवक्ता तथा पूर्वमहान्यायाधिवक्ता महादेवप्रसाद यादव र वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीसँग भेट भएको थियो”, प्रधानन्यायाधीश राउतलाई अहिले पनि सम्झना छ ।

पूर्वसभामुख ढुङ्गाना नेपाली मात्र होइन, विदेशका पत्रपत्रिका पनि राम्रैसँग अध्ययन गर्थे । उनलाई बाटोमा हिँड्दा धेरैले सम्मान गर्ने गरेको प्रधानन्यायाधीश राउतको स्मृतिमा ताजै छ । “वकिल हुँदा उहाँसँग हिँड्दा धेरैले सम्मान गर्थे, बाटोमा हिँड्दा परैबाट आएर पनि नमस्कार गर्ने गर्थे”, प्रधानन्यायाधीश राउतले भने, “उहाँ असाध्यै निष्ठाको मान्छे हो । उहाँबाट सिक्नलायक विषय धेरै थिए, जुनसुकै विषयमा अब्बल, हरेक समस्याको समाधान गर्न सक्ने हुनुहुथ्यो ।” त्यो बेला ढुङ्गानाले भाषण गरेपछि कार्यपत्र खोज्न वकिल धेरै दिनसम्म नेपाल बार एसोसिएशन वरिपरि घुम्ने गरेका उनी सुनाउँछन् । आफ्नो गुरुको बौद्धिकता र सरल व्यक्तित्व अहिले पनि प्रधानन्यायाधीश राउतको स्मृतिमा झलझली आउँछ ।

“वकिल हुँदा दमन ढुङ्गाना मात्रै भनिन्थ्यो, सभामुख भए पछि मात्र दमननाथ भनेर लेख्न थालियो”, उनले विगत सम्झिदै भने, “सभामुख हुँदा पनि उहाँले राज्यबाट केही सुविधा लिनु भएन, मानिस स्वाभिमानी हुनुहुपर्छ भन्नुहुन्थ्यो, शक्ति र सत्ताको पछि उहाँ कहिलै लाग्नुभएन ।”

सभामुख हुँदा पनि ढुङ्गानाले राज्यबाट पाउने सुविधा नलिएर आफ्नै सवारीसाधनमा आउने जाने गर्थे । उनकोे नेपाली, अङ्ग्रेजी र नेवारी भाषामा राम्रो दक्षता थियो । “भर्खर प्रजातान्त्र आएको बेलामा ‘सरकार बहुमतको हुन्छ’ र ‘संसद् भनेको प्रतिपक्षको हो’ भनेर उहाँले स्थापित गर्नुभयो”, प्रधानन्यायाधीश राउतले भने, “ढुङ्गानालाई २०५२ सालमा अमेरिका, बेलायत र भारतमध्ये एक ठाउँमा छानेर राजदूत बन्नुस भनेर तत्कालीन कानुनमन्त्रीको प्रस्ताव मैले सुनाएको थिएँ, कानुनमन्त्रीले सिधैँ उहाँलाई भन्ने आँट गर्नुभएन, मैले नै उक्त प्रस्ताव राखे । उहाँ पहिलो पटक मसँग रिसाउनुभयो, म जागिर खान जाने होइन, राज्यको सेवा गर्न जन्मिएका हो भन्नुभयो”, उतिबेलाको प्रसङरग सम्झिँदै प्रधानन्यायाधीश राउतले भने ।

प्रधानन्यायाधीश राउतले आफ्ना गुरु ढुङ्गानाबाटै कानुनका विषयमा पढ्न, लेख्न र बोल्न सिके । “गुरुको पथमा हिँडेर नै आज म यस ठाउँसम्म आइपुगेको हुँ, मलाई उहाँले नै शिक्षित र दीक्षित गर्नुभएको हो”, उनले भने, “न्यायालयको परिर्वतन गर्न सल्लाह दिनुभएको थियो, केही राम्रो गरोस भन्ने चाहाना राख्नुभएको थियो ।”

न्यायपालिकाको सुधारमा लाग्नु भनेर प्रोत्साहन गर्नुहुने गुरुले आफ्नो शिष्य प्रधानन्यायाधीश बनेको हेर्न पाउनुभयो । तर सम्पूर्ण काम भने हेर्न पाएनन् । “म ४४ वर्षदेखि गुरुको छत्रछायामा थिए, सधँै मलाई सम्झनुहुन्थ्यो, खोजिरहनुहुन्थ्यो, न्यायालयको सुधारमा ध्यान दिनुस् भन्नुहुन्थ्योे”, प्रधानन्यायाधीश राउतले भने, “गत शनिबार घरमै भेटेर आएको थिएँ, गुरु–शिष्यको त्यही नै अन्तिम भेट रहेछ ।”

वि.सं.२०८१ मंसिर ३ सोमवार १५:३९ मा प्रकाशित

महाशिलाका १५ घरपरिवार गाउँ फर्किएपछि व्यावसायिक खेतीतर्फ

महाशिलाका १५ घरपरिवार गाउँ फर्किएपछि व्यावसायिक खेतीतर्फ

पर्वत । जिल्लाको महाशिला गाउँपालिकाले बढ्दो बसाइँसराइ रोक्न ‘गाउँ फर्क...

पाँच किलो गाँजा र ब्राउन सुगरसहित चार जना पक्राउ

पाँच किलो गाँजा र ब्राउन सुगरसहित चार जना पक्राउ

सुरुङ्गा (झापा) । नेपाली प्रहरीले पाँच किलो गाँजा र १४...

भारतका प्रधानमन्त्री मोदी र सभापति लामिछानेबीच भेटवार्ता

भारतका प्रधानमन्त्री मोदी र सभापति लामिछानेबीच भेटवार्ता

काठमाडौँ । भारत भ्रमणमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति...

नेपाली बजारमा प्योर डर्माको औपचारिक प्रवेश, १५ उत्पादन एकसाथ सार्वजनिक

नेपाली बजारमा प्योर डर्माको औपचारिक प्रवेश, १५ उत्पादन एकसाथ सार्वजनिक

काठमाडौं । युरोपेली स्किनकेयर तथा व्यक्तिगत स्याहार (पर्सनल केयर) ब्रान्ड...

आकस्मिक सेवा दिनुपर्ने बिरामीको मात्र उपचार गर्न बिमा बोर्डको निर्देशन

आकस्मिक सेवा दिनुपर्ने बिरामीको मात्र उपचार गर्न बिमा बोर्डको निर्देशन

काठमाडौँ । स्वास्थ्य बिमा बोर्डले निजी स्वास्थ्य संस्था (अस्पताल)लाई आकस्मिक...

मकैको खोस्टा उपयोगका लागि तालिम

मकैको खोस्टा उपयोगका लागि तालिम

दमौली (तनहुँ) । केही समयअघिसम्म मकै भित्र्याएपछि खेतबारी वा घरआँगनमा...