back

कीर्तिपुरका गौरव प्रा. डा. शिवशरणप्रति मतदाताको आकर्षण

वि.सं.२०८१ मंसिर ४ मंगलवार

3.8K 

shares

कीर्तिपुरवासीका बिचमा लोकप्रिय प्राज्ञिक ब्यक्तित्व महर्जनलाई नेकपा (माओवादी केन्द्र) ले कीर्तिपुर नगरपालिकाको मेयर पदको उम्मेदवारको रुपमा प्रस्तुत गरेपछि कीर्तिपुरवासीहरु खुशि भएका देखिन्छन् । जीवनमा उनले जति ठाउँमा काम गरे उनी सुशासनका पर्याय बनेर देखिएकाले पनि उनीप्रतिको आकर्षण बढेको हो ।

काठमाडौँ । प्रा. डा. शिवशरण महर्जनले कीर्तिपुर नगरप्रमुखको उम्मेदवारी दिएसँगै उनको पक्षमा चुनावी लहर बढेको छ । उनको योग्यता, योगदान र सभ्यता बुझेसँगै उनलाई कीर्तिपुरको गौरव रुपमा हेरिएको छ । कीर्तिपुरमा उनी र उनको योगदान अद्धितिय छन । उनी एक प्रतिष्ठित समाजसेवी तथा शिक्षाविद् समेत हुन् । जीवनको चार दशकभन्दा लामो समय शिक्षा, स्वास्थ्य, खानेपानी व्यवस्थापन, र सामाजिक विकासका क्षेत्रमा समर्पित गर्दै उनले कीर्तिपुरको विकासमा महत्वपूर्ण योगदान पु¥याएका छन । कीर्तिपुरवासीका बिचमा लोकप्रिय प्राज्ञिक ब्यक्तित्व महर्जनलाई नेकपा (माओवादी केन्द्र) ले कीर्तिपुर नगरपालिकाको मेयर पदको उम्मेदवारको रुपमा प्रस्तुत गरेपछि कीर्तिपुरवासीहरु खुशि भएका देखिन्छन् । जीवनमा उनले जति ठाउँमा काम गरे उनी सुशासनका पर्याय बनेर देखिएकाले पनि उनीप्रतिको आकर्षण बढेको हो ।
कीर्तिपुरको स्वाभिमान शिवशरण महर्जन
उम्मेदवारी दर्ताका दिन कीर्तिपुरवासीले एउटा नारा घन्काएका थिए ‘कीर्तिपुरको स्वाभिमान शिवशरण महर्जन’ । ईमान्दार, कर्तव्यनिष्ठ र समाजवादी संस्कार बोकेका महर्जन कीर्तिपुरको स्वाभिमान नै हुन भन्ने आधारहरु धेरै छन् । प्रा. डा. महर्जनले कीर्तिपुरमा खानेपानी समस्याको समाधानका लागि ऐतिहासिक योगदान गरेका छन् । सिम झवाःहितिबाट कीर्तिपुरसम्म पानी ल्याउने २०५० सालको बृहत् परियोजनाको संयोजन उनले नै गरेका थिए । २०५२ सालदेखि तत्कालीन नेपाल खानेपानी संस्थानको सहयोगमा घरघरमा निजी धाराबाट खानेपानी वितरण सुनिश्चित गर्न पनि उनले नै नेतृत्व गरेका थिए । यो बाहेक चिलञ्चोस्थित खानेपानी रिजर्भ्वायर ट्यांकी निर्माणमा उनले सक्रिय भूमिका खेलेर कीर्तिपुरमा खानेपानी समस्या समाधान गर्न सफल भएका थिए । उनी चिथुबिहार सामुदायिक विकास समितिका संस्थापक अध्यक्ष पनि हुन् । कीर्तिपुर बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्ष र सल्लाहकारको भूमिकामा रहँदै उनले सहकारी अभियानलाई सुदृढ बनाउन योगदान गरेका छन् । सहिद स्मारक कलेजको संस्थापक सदस्यका रूपमा उनले शिक्षा र सामुदायिक विकासलाई अगाडि बढाए ।
उनले त्रिविविबाट अवकाश नहुन्जेल आफनो कार्यक्षेत्रमा अब्बलता प्रदर्शन गरेका थिए । स्वास्थ्य तथा जनसंख्या विभाग (कीर्तिपुर) र भौतिक शिक्षा विभाग (सानोठिमी) को अध्यक्ष पदमा रहँदा प्रा. डा. महर्जनले स्वास्थ्य र शारीरिक शिक्षाको प्रवर्द्धन गर्न नेतृत्वदायी भूमिका खेलेका थिए । स्वास्थ शिक्षा महासंघका अध्यक्ष र कीर्तिपुर खेलकुद विकास समितिको सल्लाहकारका रूपमा उनले खेलकुद र स्वास्थ्य विकासमा सक्रिय योगदान पु¥याएका कारण पनि उनले नगरप्रमुखको रुपमा यस क्षेत्रमा ठोस योगदान दिनसक्ने विश्वास कीर्तिपुरवासीहरुको छ । त्रिभुवन बिश्वविद्यालयका विद्यार्थी र कीर्तिपुरका जनताको यातायात समस्या समाधान गर्न नेपालभरकै पहिलो जनस्तरको लगानीमा कीर्तिपुर यातायात सेवा सञ्चालन गराउने अभियानमा पनि उनको नेतृत्व महत्वपूर्ण रह्यो ।

प्राज्ञिक शिवशरण
२०३३ सालमा शिक्षण पेसा सुरु गरी त्रिभुवन विश्वविद्यालयका विभिन्न क्याम्पसहरूमा २०७६ सालसम्म अध्यापन गरेका प्रा. डा. शिवशरणले महेन्द्ररत्न क्याम्पस, सुर्खेत क्याम्पस, पृथ्वीनारायण क्याम्पस, र अन्ततः त्रिभुवन विश्वविद्यालय कीर्तिपुर क्याम्पसमा आएर ज्ञान र शिक्षा प्रबद्र्धधनमा महत्वपूर्ण योगदान दिएका थिए । उनले त्रिभुवन विश्वविद्यालय अनुदान आयोगको सदस्य र शिक्षा विभागको प्रमुखको भूमिकामा रहँदै शैक्षिक विकासमा नेतृत्वदायी योगदान गरेका छन् । उनले मंगल बहुमुखी क्याम्पस, उज्ज्वल हाई स्कूल, र मंगल उच्च शिक्षा विद्यालयको अध्यक्ष पदमा रहँदा शैक्षिक सुधारका प्रयास गरेका थिए । सामुदायिक स्कूल संजालको अध्यक्षका रूपमा उनले कीर्तिपुरका सामुदायिक विद्यालयहरूको स्तरोन्नतिमा महत्तवपूर्ण भूमिका निर्वाह गरेको बिध्यालयहरुका बिचमा प्रष्ट छ ।

यी हुन् उनका प्रतिबद्धताहरु
“कीर्तिपुरको सम्पन्नता—हाम्रो प्रतिवद्धता” भन्ने नाराका साथ प्रा. डा. शिवशरण महर्जनले कीर्तिपुरलाई शिक्षा, स्वास्थ्य, र विकासको आदर्श नमुना बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले जनताको आवश्यकता र चाहनालाई बुझेर जिम्मेवारीपूर्वक सेवा गर्ने दृढ अठोट व्यक्त गरेका छन् । कीर्तिपुरको सबैभन्दा ठूलो स्ववासी बेनिस्साको समस्या यथासिघ्र समाधान, निःशुल्क फोहोरमैला संकलन, विद्युत र खानेपानी तथा ढलको न्यूनतम खपत शुल्क मिनाहा, घरघरमा खानेपानीको समानुपातिक वितरण तथा सुविधा विस्तार, सबै क्षेत्रमा कालोपत्रे सडक सञ्जाल विस्तार गरी यातायातको सुलभता, निःशुल्क स्वास्थ्य सेवासहित २५ शैयाको विष्णुदेवी अस्पताल अपग्रेड स्थानीय उत्पादनलार्ई ब्राण्डिङ्ग गरी बजार व्यवस्थापन, सम्पन्न हुन नसकेका खेल मैदानलार्ई यथासिघ्र निर्माण गरी प्रयोग गर्ने लगायतका विषयमा उनी प्रतिबद्ध रहेको जनाएका छन् । यसैगरी त्रि.विमा शिक्षण अस्पताल निर्माण गरी कीर्तिपुरवासीलार्ई सहुलियत सेवा दिन, त्रि.वि का निकायमा नगरवासीको रोजगारी निश्चित कोटाको व्यवस्था सहित विद्युतीय तार तथा केवल लार्ईन व्यवस्थित गर्न, नगरका संवेदनशिल क्षेत्रमा सि.सि.टि.भी जडानसहित सुरक्षित शहर बनाउन, कीर्तिपुरका सबै वडाका मुख्य क्षेत्रमा निःशुल्क इन्टरनेट सेवा प्रदान गर्न, समृद्ध र सुशासन सहित भष्ट्राचारमुक्त कीर्तिपुर नगरपालिका बनाउन, महिलाको लागि स्वरोजगार र आत्मनिर्भर विशेष परियोजना सञ्चालन गर्न, प्राविधिक शिक्षा लागु गरी विद्यार्थीलाई स्वरोजगार र स्वावलम्बी बनाउने आफनो प्रतिबद्धता सार्वजनिक गरेका छन् ।

यसैगरी पुष्पलालपार्क–चम्पादेवी हुँदै हेटौंडा जोड्ने पक्की बाटो निर्माण गर्न, अपाङ्गता भएका व्यक्तिलाई पुनस्र्थापित गर्दै घर घरमा स्वास्थ्य सेवा दिन, नगरका सबै भूगोललाई समानुपातिक विकास सुनिश्चित गर्न, विकास निर्माण कार्यलाई सर्वपक्षीय र पारदर्शीरुपमा परिचालन गर्न, चोभार (सुख्खा बन्दरगाह)देखि सतुगंलसम्म सडक निर्माण गर्न, पर्यटन विकासका लागि साँस्कृतिक तथा जातीय संग्राहलय स्थापना गर्न, कीर्तिपुर नगरपालिकालाई लागु औषध दुव्र्यसनमुक्त पालिका बनाउन, कीर्तिपुरका युवा विद्यार्थीका लागि शैक्षिक ऋण सहज उपलब्ध गर्न, सूचना प्रविधिमैत्री कीर्तिपुर निर्माण गरी युवालाई स्वरोजगारमुखी बनाउन, कीर्तिपुरका राष्ट्रियस्तरका खेलाडीलाई मासिक भत्ता सुनिश्चित गर्न, खेल क्षेत्रमा सबैको पहुँच सुनिश्चित गर्न नगर खेलकुद परिषद गठन गर्न,चोभारमा अन्तर्राष्ट्रिय स्तरको सम्मेलन हल बनाउन, कीर्तिपुरलाई छुवाछुतमुक्त नगरसहित सुकुमवासीमुक्त क्षेत्र बनाउन, कर शुल्क घटाउन र करको दायरा बढाउन, त्रिवि कीर्तिपुर क्रिकेट मैदानमा कीर्तिपुरका युवा विद्यार्थीहरुलाई निशुल्क प्रवेश गराउन,सहकारी पीडितहरुको बचत अविलम्ब फिर्ता गराउन पहल गर्न, सहकारी ऋण लगानी असुलीको लागि पहल गर्न, कीर्तिपुरमा त्रिवि शिक्षण अस्पताल, आयुर्वेद शिक्षण अस्पताल र इन्जिनियरिगं अध्ययन संस्थानलाई विस्तार गर्न, कीर्तिपुरका वाद्यवादक गुरुहरु र नाइकेहरुलाई मासिक भत्ता उपलब्ध गराउन, कीर्तिपुरका संपदाहरुको संरक्षण, प्रवर्धन सहित बिशेष पर्यटकीय सेवा ब्यबस्थापन गर्न उनले आफनो उम्मेदवारी रहेको बताएका छन् ।

कीर्तिपुर आफैमा सामान्तवाद बिरोधि ईतिहास बोकेको नगर भएको, शुसासन, सामाजिक न्याय र समृद्धिको एजेण्डासहित गणतान्त्रिक चेत र समाजवादी सभ्यता मन पराउने सचेत मतदाताको संख्या बढेको, प्रा. डा. शिवशरण जस्तो शालिन, सभ्य, सरल र जनमैत्री संस्कृतिको संवाहक ब्यक्ति मेयरको उम्मेदवार भएको कारण पनि उनीप्रतिको आकर्षण बढेको छ । उनलाई माधव नेपाल नेतृत्वको नेकपा एसले दलगत रुपमा र कीर्तिपुरका दर्जनौ संस्थाहरुले सस्थागत रुपमा समर्थन जनाएका छन् ।

कीर्तिपुरमा नेकपा (माओवादी केन्द्र) बाट प्रा.डा शिवशरण महर्जन, एमालेका तर्फबाट सुरेन्द्र मानन्धर, नेपाली कांग्रेसबाट कृष्णमान डंगोल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट धु्रव महर्जन, स्वतन्त्र उम्मेदवार राजमान महर्जन, जनता समाजवादी पार्टी नेपालबाट दीपक महर्जन (हनी) लगायत मेयरमा प्रतिष्पर्धा गर्दैछन् ।

 

 

वि.सं.२०८१ मंसिर ४ मंगलवार १०:२४ मा प्रकाशित

अध्यक्ष दाहालसँग अमेरिकी सहायक विदेशमन्त्री लुको भेटवार्ता

अध्यक्ष दाहालसँग अमेरिकी सहायक विदेशमन्त्री लुको भेटवार्ता

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का...

आफ्नै घरमा मृत अवस्थामा भेटिए आमासहित दुई छोरा

आफ्नै घरमा मृत अवस्थामा भेटिए आमासहित दुई छोरा

त्रिशूली (नुवाकोट) । नुवाकोटको किस्पाङ गाउँपालिका–१ नुचेतमा दुई छोरासहित आमा...

पत्रकार महासङ्घ निर्वाचन  : शर्मा नेतृत्वको प्यानल घोषणा

पत्रकार महासङ्घ निर्वाचन  : शर्मा नेतृत्वको प्यानल घोषणा

काठमाडौँ । नेपाल पत्रकार महासङ्घको निर्वाचनका लागि निर्मला शर्माको नेतृत्वमा...

तीनलाख बढी रकमसहित काठमाडौंबाट १६ जुवाडे पक्राउ

तीनलाख बढी रकमसहित काठमाडौंबाट १६ जुवाडे पक्राउ

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१५ डल्लु तथा नागार्जुन नगरपालिका–३ गैरीगाउँमा जुवातास...

सहकारी ठगी प्रकरण : लामिछानेलाई चार दिन हिरासतमा राख्न अनुमति

सहकारी ठगी प्रकरण : लामिछानेलाई चार दिन हिरासतमा राख्न अनुमति

गण्डकी । सहकारी ठगी एवम् सङ्गठित अपराधसम्बन्धी अनुसन्धानका क्रममा कास्की...

प्रचण्ड र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबीच भेटवार्ता

प्रचण्ड र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबीच भेटवार्ता

काठमाडौँ । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले पूर्वप्रधानमन्त्री एवं नेकपा...