काठमाडौं । सानिमा बैंक लिमिटेडले २०औँ वार्षिक साधारणसभा सफलतापूर्वक सम्पन्न गरेको छ । मंगलबार बैंकका अध्यक्ष तुकप्रसाद पौडेलको अध्यक्षतामा भएको उक्त सभाले संचालक समितिले प्रस्ताव गरे अनुसार हालको चुक्ता पुँजीको ५।२६३२ प्रतिशत नगद लाभांश ९कर सहित० प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।
आर्थिक वर्ष २०८०र८१ मा रु। २।४० अर्ब खुद मुनाफा गरेको सानिमा बैंकको कुल सम्पत्ति रु। २३३।८६ अर्ब, कुल निक्षेप रु। १९९।३८ अर्ब तथा खुद कर्जा सापटी रु १६४।९४ अर्ब रहेको छ ।
आर्थिक वर्ष २०७९र८० को तुलनामा निक्षेप, कर्जा सापटी र कुल सम्पत्तिमा क्रमशः ११।४८, १०।०६ र ८।४५ प्रतिशतले वृद्धि गरेको छ । २०८१ असार मसान्तसम्म बैंकको वित्तीय परिसूचकहरूमा निष्क्रिय कर्जा १।७२ प्रतिशत, पुँजीकोष १३।२१ प्रतिशत, तरलता २९।२१ प्रतिशत कर्जा निक्षेप अनुपात ९मासिक औसत० ८०।५३ प्रतिशत रहेको छ ।
वि.सं.२०८१ मंसिर ५ बुधवार १०:४७ मा प्रकाशित





























