back
CTIZAN AD

सुकुटी बेचेर मासिक दुई लाख आर्जन

वि.सं.२०८१ मंसिर ७ शुक्रवार

516 

shares

बेलबारी (मोरङ) । बेलबारी–११ लक्ष्मीमार्ग बजार क्षेत्रमा लस्करै सुकुटी पसल भेटिन्छन् । राँगाको मासुबाट यहाँ बनाइने सुकुटीको माग स्वदेशमा मात्र नभई विदेशमा पनि बढेपछि सुकुटीको व्यापार फस्टाएको हो ।

विदेशको लोभलाग्दो कमाइ छोडेर स्वदेशमै स्वरोजगार बन्ने उद्देश्यले लक्ष्मीमार्गका केही युवाले सुरु गर्नुभएको सुकुटी पसलले हाल विदेशको कमाइलाई बिर्साइदिएको छ । छ वर्ष वैदेशिक रोजगारीको सिलसिलामा कतार बसेर आएका प्रेम श्रेष्ठले करिब १० वर्षदेखि लक्ष्मीमार्गमा सुकुटी व्यवसाय गर्दै आएका छन् । सुकुटीको माग दैनिक बढेसँगै पेसाप्रति सन्तुष्टि रहेको उनले बताए ।

रोजगारीको सिलसिलामा आठ वर्ष मलेसिया बसेर आउनुभएका दिलीप श्रेष्ठले पाँच वर्षअघि यो व्यवसाय सुरु गर्दा सातामा करिब २० देखि ३० किलो मात्र सुकुटी बिक्री हुने गरेकामा छ सयदेखि सात सय किलोे सुकुटी बनाउने गरेका छन् । उनकोे अनुसार “स्वदेशी बजारमा भन्दा बेलायत र अमेरिकामा बस्ने नेपालीले यहाँको सुकुटु माग गर्नुहुन्छ, जनशक्ति अभावमा माग पूरा गर्न सकिएको छैन”, विदेशमा रहेका नेपालीहरुमा कोसेलीको रुपमा सुकुटीको माग उच्च रहे तापनि बनाउन धेरै झन्झट र मिहेनत पर्ने भएकाले मागअनुसार पु¥याउन नसकिरहेको श्रेष्ठ बताउँछन् । प्रतिकिलो रु दुई हजारमा बिक्री भइरहेको सुकुटी व्यापारले हाल विदेशको कमाइलाई बिर्साइदिएको छ । मासिक रु दुई लाखसम्म आम्दानी भइरहेको उनी बताउँछन् ।

वैदेशिक रोजगारीको सिलसिलामा सात वर्ष कतारमा काम गरेर आएका शोभितमान श्रेष्ठ नौ वर्षदेखि लक्ष्मीमार्गमा सुकुटी व्यापार गर्दै आएका छन् । साताको १० किलो मासु ल्याएर सुकुटी बनाउने गरेकामा हाल दैनिक २० देखि २५ किलो सुकुटी बनाउने गरेको उनी बताउँछन् । लक्ष्मीमार्गमा दैनिक राँगाको सुकुटीको माग बढ्दो क्रममा रहेको र आफूलाई भ्याइनभ्याइ भएको उनले बताए ।

विशेष गरी खाडी मुलुकमा रहेका उनी बताउँछन् । विदेशको भन्दा परिवारसँगै घरमा बसेर गरेको व्यवसायले सन्तुष्टि मिलेको उनले बताए । पूर्व पश्चिम राजमार्ग भएर यात्रा गर्ने धेरै टाढाटाढाबाट यहाँको सुकुटीको स्वाद चाख्न ग्राहकहरु आउने गरेको होटल सञ्चालक टफिनबाबु श्रेष्ठ बताउँछन् । लक्ष्मीमार्गको नयाँ परिचय यहाँकोे सुकुटी बनेको उनले बताए ।

वि.सं.२०८१ मंसिर ७ शुक्रवार ०९:०५ मा प्रकाशित

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानका आजय सोडारी, प्रकाश बम...

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले बचत फिर्ता...

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वर्तमान परिस्थितिमा कुनै पनि...

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

काठमाडौँ । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वर्तमान कम्युनिस्ट...

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

काठमाडौँ । सडक विभागले बाढी र पहिरोबाट तीन वटा पूर्ण...

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले नागरिकका गुनासा, समस्या तथा...