back
CTIZAN AD

उपनिर्वाचनको मतपत्र कस्तो छ ? हेर्नुहोस्

वि.सं.२०८१ मंसिर ९ आइतवार

1K 

shares

काठमाडौँ । मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि मतपत्र छपाइको काम सकिएको निर्वाचन आयोगले जनाएको छ । मतपत्रको नमूना आयोगको वेवसाइडमा छ । केही जिल्लामा मतपत्रसहितका निर्वाचन सामग्री पठाइसकिएको आयोगको भनाई छ ।

आयोगका प्रवक्ता नीता पोखरेल अर्यालले दुई लाख ५९ हजार मतपत्र छापिएको जानकारी दिइन् । उम्मेदवारको संख्याको आधारमा राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले प्राप्त गरेका चुनाव चिह्न मात्र समावेश गरी मतपत्र तयार पारिएको हो । स्वीकृत डिजाइन बमोजिम प्रत्येक पदका लागि छुट्टाछुट्टै मतपत्र छन् ।

सेतो रंगको पृष्ठभूमिमा रातो रंगका अक्षर र चुनाव चिह्न मतपत्रमा प्रयोग गरिएको छ । उम्मेदवार संख्याको आधारमा प्रत्येक पालिकामा चुनाव चिह्नको संख्या फरक–फरक छन् । कीर्तिपुर नगरपालिकाको मेयर पदका लागि तयार पारिएको मतपत्रमा २० वटा चुनाव चिह्न छन् ।

सबैभन्दा कम चुनाव चिह्न रुकुमपूर्वको पुथाउत्तरगंगाको उपाध्यक्षको चुनावको लागि तयार पारिएको मतपत्रमा छन् । त्यहाँ माओवादी र एमाले–काग्रेस गठबन्धनको मात्रै प्रतिस्पर्धामा भएकोले दुईवटा चिह्नमात्रै छन् । त्यहाँको मतपत्रमा रुख र हसियाँ हथौडा चिह्नमात्रै छ । कांग्रेससँग तालमेल गरेको एमाले रुख चिह्नमा चुनाव लडेको छ ।

एकचालिस पदका लागि तीन सय ७६ जना उम्मेदवार उपनिर्वाचनको प्रतिस्पर्धामा उत्रिएका छन् । एक सय ६२ मतदान स्थल र दुई सय ९३ मतदान केन्द्र कायम गरिएका छ । उपनिर्वाचनमा दुई लाख २६ हजार सात सय ९९ मतदाता छन् । पुरुष मतदाता एक लाख १४ हजार नौ सय, महिला मतदाता एक लाख ११ हजार आठ ९६ र अन्य मतदाता तीन जना छन् ।
ओखलढुंगा जिल्ला समन्वय समिति प्रमुखमा कांग्रेसका टेकराज भट्टराई र कैलाली जिल्ला समन्वय समिति प्रमुखमा कांग्रेसकै टीकाकुमारी चौधरी (भुल) निर्विरोध निर्वाचित भइसकेका छन् । यस्तै, रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका–२ को वडाध्यक्षमा माओवादीका जगत घर्ती निर्विरोध भइसकेका छन् ।

वि.सं.२०८१ मंसिर ९ आइतवार १०:०१ मा प्रकाशित

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

काठमाडौं । अभिनेता तथा निर्देशक दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले...

कतारका पूर्वराजा शेख खलिफाको निधन

कतारका पूर्वराजा शेख खलिफाको निधन

दोहा । कतारका पूर्व अमिर तथा वर्तमान राजा अमिर शेख...

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिका सभाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत...