back
CTIZAN AD

दुर्गा प्रसाइँले भने ‘ओली जोडिएको कम्बोडियाको लगानी सत्य हो’

वि.सं.२०८१ मंसिर ९ आइतवार

1.4K 

shares

काठमाडौँ । प्रहरी हिरासतमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफ्ना समर्थकलाई सम्बोधन गरेर पत्र लेखेका छन् । उनले आफ्नो हिरासतको अनुभूतिसहित लामो पत्र आफ्नो एकाउन्टमार्फत सार्वजनिक गरेका हुन् ।

प्रसाइँले सुरुमै लेखेका छन्, ‘म यहाँ हिरासतमा आरामै छु । भगवान पशुपतिनाथसंग तपाईहरुको पनि आरामताकाको कामना पनि गरेको छु । हिरासत नजादा सम्म सरकारले सत्य बोलेकोमा सजाय स्वरुप उपहार दिन कतिबेला भर्याङ्ग चढेर आउँछ अनि हिरासत लिएर जान्छ भन्ने कौतुहलता हुदोरहेछ ।’

उनले हिरासत नजाँदासम्म सरकारले सत्य बोलेकोमा सजायस्वरूप उपहार दिन कतिबेला भ¥याङ चढेर आउँछ अनि हिरासत लिएर जान्छ भन्ने कौतुहलता हुने बताउँदै भनेका छन्, ‘अन्ततः हिरासतमा आइसकेपछि क्षणिक कौतुहलता मेटिएर जाँदोरहेछ अनि एकाग्र र अनगिन्ती प्रश्नले मन पिरोलिँदो रहेछ ।’

उनले हिरासत भित्रको अँध्यारो कोठाभित्र आफूले हिजोमात्रै बिपी (बिपी कोइराला)को आत्मवृत्तान्त पढेर सकेको बताएका छन् । ‘मलाई बिपीको आत्म वृत्तान्त खुब मनप¥यो र आत्म वृत्तान्त पढेर सक्दा एकोहोरो उहाँमा असीमित सम्मान जागेर आएको छ’, उनले भनेका छन् ।

प्रसाइँले प्रधानमन्त्री केपी शर्मा ओलीसँग जोडिएको कम्बोडियाको लगानीबारे आफूले आफ्नो समय र धनको लगानी गरेको दाबी गरेका छन् । आफूले सार्वजनिक गरेको प्रमाण १०० प्रतिशत सत्य भएको दाबी गर्दै यसबारे छानबिनको मागसमेत उनले गरेका छन् ।

यस्तो दुर्गा प्रसाइँको स्टाटस

संसारभरि छरिनुभएका नेपालीमा म दुर्गा प्रसाईको नमस्कार !!

म यहाँ हिरासतमा आरामै छु।भगवान पशुपति नाथ संग तपाईहरुको पनि आरामताकाको कामना पनि गरेको छु । हिरासत नजादा सम्म सरकारले सत्य बोलेकोमा सजाय स्वरुप उपहार दिन कतिबेला भर्याङ्ग चढेर आउछ अनि हिरासत लिएर जान्छ भन्ने कौतुहलता हुदोरहेछ।

अन्ततः हिरासतमा आईसकेपछि क्षणिक कौतुहलता मेटिएर जादो रहेछ अनि एकाग्र र अनगिन्ति प्रश्नले मन पिरोलिदो रहेछ। हिरासत भित्रको अध्याँरो कोठा भित्र मैले हिजो मात्रै विपिको आत्म वृतान्त पढेर सके। मलाई विपिको आत्म वृतान्त खुब मन पर्यो र आत्म वृतान्त पढेर सक्दा एकोहोरो उहाँमा असिमित संमान जागेर आएको छ।

लाउ–लाउ खाउँ–खाउँको योवन अबस्था देखि विपिले दक्षिण एसियाका नागरिकको मुक्तिका लागी आफ्नो जीवन समर्पित गर्नु भएको रहेछ । भारतको स्वतन्त्रता आन्दोलन देखि नेपालको राणा बिरोधि आन्दोलन र बंगलादेशको स्वतन्त्रता आन्दोलनमा समेत उहाँले अत्यन्त ठूलो भूमिका निर्वाह गर्नुभएको रहेछ।

जनतालाई हाम्रो मौलिख अधिकार के हो भन्ने सम्म ज्ञान नहुँदा विपीले जनतालाई अधिकार सम्पन्न बनाउन नेपालमा राणा बिरोधि आन्दोलन गर्नु भएको रहेछ। फलस्वरूपः श्री ३ महाराज मोहन शमशेरले अध्याँरो कालकोठरिमा थुनिदिएका रहेछन् ।

अध्याँरो कालकोठरीमा नेलकडिमा बाधिएका विपीलाई दिन कतिबेला भयो। रात कतिबेला भयो। भन्ने थाहा समेत नभएको र खोपाको किरण देख्ना साथ भित्तामा धर्को तानेर कति दिन कति महिना बित्यो भन्ने गिन्ती गरेको र बिस्तारै धर्को तान्न समेत भुल्दै जानु भएको भन्ने पढ्दा मेरो गह भरिएर आँशु आयो। जेलभित्र लगातारको झण्डै महिना दिनको भोक हडतालको खबर बाहिरिए पछि अन्तराष्ट्रिय जगतको दवाबमा विपी कोइराला छुट्नु भएको रहेछ। सात सालको आन्दोलन,३६ सालको जनमत संग्रहको आन्दोलन हुँदै बीपीले आफ्नो जिबन नै नागरिकको मौलिख अधिकार र लोकतन्त्र प्राप्तिको लडाईमा समर्पित गर्नुभएको रहेछ। मलाई एकदिन बिहान भेट्न आउने एकजना पढेलेखेको तन्नेरी भाईले विपिको आत्मवृतान्त पढेको देखेर हाँस्दै भन्नु भयो दाई क्रुर शाषकले जनताको मुक्तिका लागि लड्ने क्रान्तिकारीलाई जेलमा थुन्छन् अनि निस्किदा क्रान्तिकारीहरु विद्वान बनेर निस्किन्छन् भन्ने सुनेको थिए तपाइँ पनि त्यसमै पर्ने छाट देखे भन्नुभयो। त्यसपछि हामि दुवै जना एकछिन खित्का छोडेर हास्यौं। मैले उहाँको नाम समेत सार्वजनिक गरिदिने थिए तर राज्यले उहाँलाई समेत निगरानीमा राख्न सक्ने हुँदा म भन्न असमर्थ छु।

बीपीको आत्म वृतान्त पढ्दा मैले एकपटक सदनको रोष्टममा उभिएर बोलेका स्वर्गीय कांग्रेसी नेता प्रदिप गिरिको त्यो अभिव्यक्तिलाई सम्झीए। उहाँले भन्नुभएको थियो,धेरै समय बिपी बाबुको संगत गर्दा बीपीको राजनैतिक चिन्तन र दुनियाँको भूराजनैतिक अबस्थितिको बारेमा उहाँको ज्ञान कति फराकिलो छ भन्ने कुरा मैले जहिले थाहा पाए बिपी बाबु प्रति मेरो सम्मान बढेर आयो यस्तै केहि भन्नु भएको थियो।त्यसैले महामानव बीपीका बारेमा मैले जति बोले पनि थोरै हुन्छ। त्यसैले अब म वर्तमानका मूल मुद्दामा तपाईको ध्यान केन्द्रित गर्न चाहान्छु।

भाग.१ (कम्बोडियाको टेलिकममा लगानी )

प्रधानमन्त्री केपी शर्मा ओली संग जोडिएको कम्बोडियाको टेलिकम एक्जिएटामा ओलीको लगानी भन्ने प्रमाणको आधारमा कम्बोडियामा प्रधानमन्त्रीको २१ करोड अमेरिकी डलर लगानी रहेको कुरा बाहिर सतहमा ल्याए । यसको लागि मैले आफ्नो समय र धनको लगानी गरे। नेपाली जनता माझ नेपाल सिध्याउने व्यक्तिको मुखुण्डो उतार्न पाउदा म आज अत्यन्त हर्षित छु। मलाई थाहा छ भ्रष्टहरुको सत्ता निर्मम हुन्छ। उनीहरुले राज्यका सबै अंगलाई आफ्नो नियन्त्रणमा लिएर भ्रष्टाचारको दायरालÞाई आफू केन्दित गर्छन्। उनीहरुका बिरुद्धमा सत्ताको कुर्सि हल्लाउन सक्ने जो कोहि देश भक्तलाई अनेकन आरोपमा हिरासत र अन्तत जेल भित्र सडाउने षडयन्त्र रचिन्छ। जसको परिणाम स्वरुप भ्रष्टको मुखुण्डो उतार्ने हिम्मत गरेकोमा निवास बाटै म पक्राउ परे। मलाई थाहा छ हिजो हिजो राणा कालमा राणा बिरुद्ध बोल्ने,पंचायतकालमा पंच सरकार बिरुद्ध बोल्ने र आज केपी ओलीका काला कर्तुत बिरुद्ध भण्डाफोर गरेर बोल्ने जो कोहीलाई बन्दुक धारी बर्दिवाला प्रहरीको दुरुपयोग गरेर पक्राउ गरिन्छ भन्ने कुरामा म पूर्ण रुपमा विश्वस्थ नै थिए। सोहि बमोजिम म आफ्नै निवास बाट पक्राउ परे। क्रुर अलोकतान्त्रिक हिटलर प्रवृत्तिको शासक ओलीको नजरमा म मात्रै होइन आज रवि लामिछाने पनि त ओलीको नजरमा आँखाको कसिङ्गर भएका छन्। नक्कली भुटानी शरणार्थी काण्डमा ओलीका स्वकीय सचिब राजेश बज्राचार्य हुँदै काण्ड ओली निवास प्रवेश गर्न थालेपछि रामेस्वर थापाको घरमा आधा रातमा कसरी भ्रष्टहरुको सरकार बन्यो भन्ने तपाई हामी सबैले बुझेकै छौं। जसको प्रतिफल रवि लामिछानेले भोगिरहनु भएको छ। आज मैले भोगिरहेको छु र सुन्दै छु केहिसमयामा नै बालेन लाई पनि षड्यन्त्रको सिकार बनाइदै छ।

मलाई विश्वास छ मैले सार्वजनिक गरेको प्रमाण १००% सत्य हो। चार वर्ष अगाडि यहीं बिषय एक बिदेशी मिडियाले सार्वजनिक गरेको थियो। ग्लोवल वाच एनालाइसिस देखि नेपालका शासकका बारेमा अध्यन गर्ने अन्तराष्ट्रिय थिङ्क ट्याङ्कले केपी ओली एसियाकै भ्रष्ट नेताको रुपमा प्रमाणित गरेका थिए। एकाएक केपी ओलीको कम्बोडियाको टेलिकममा लगानी भनेर समाचार सार्वजनिक गर्ने मिडियालाई तत्कालिन समयमै वालुवाटार बोलाएर ओलीले अन्तरवार्ता दिएका छन्। गाइगुइ हल्ला सुनिएको थियो अन्तर्वार्ता संगै उक्त पत्रकारलाई समाचार लुकाउन झोला भरेर खजाना समेत दिइएको थियो।

आज कार्यपालिका,व्यवस्थापिका र न्यायपालिका मात्रै होइन राज्यको चौथो अंग पत्रकारिता समेत ओलीको मुठ्ठी भित्र कैद छ। मुलधारका मिडियाका मालिकहरु पत्रकार माथि कन्टेन्टमा कैची लगाउन सिपालु छन्। किनकि मूलधारका मिडियाका मालिक नै सत्ता र शक्तिका वरिपरि रहेर अन्तराष्ट्रिय जासुस र एजेन्टका रुपमा देश द्रोही काम गरिरहेका छन्।

अन्य मिडिया माथि सरकारले प्रेस काउन्सिल र साइवर ब्यूरो लगाएर नियन्त्रणमा राखेको छ। जसकारण सरकार बिरोधि कुनै पनि काला कर्तुतका भण्डाफोर अब मिडियाले गर्न सक्दैनन्। त्यसका अलवा पनि देश बाहिर बस्ने देश भक्त बुद्दिजिबि टंक दाहाल जस्ता विद्वानहरुले सत्यको खोजीमा अनबरत मुखरित हुँदै आएका छन्।

म ति देश भक्तलाई कोटी कोटी धन्यवाद दिन चाहन्छु।

आज नेपाल प्रहरी इतिहासमै सबै भन्दा बदनाम भएको छ। प्रहरीका उच्च –पदस्थहरु फूली थप्ने प्रलोभनमा शासकको गुलाम भएका छन् । जसको ज्वलन्त उदाहरण अहिले ऋक्ष्द्य का प्रमुख दिपक थापा र ऋक्ष्द्य प्रवक्ता होबिन्द्र बोगटी भएका छन्। मैले हिरासतमै थाहा पाएको छु होविन्द्र बोगटीले सरकारको प्रवक्ता जसरी मिडियामा बयान दिदै हिडेका छन् रे। जनताको हाड छाला घोटेर तिरेको करबाट तलब भत्ता खाने अनि देश र जनताको सेवा गर्ने कसम खाएका नेपाल प्रहरी आज भ्रष्टको मतियार ओलीको कठपूतली भएर अभिव्यक्ति दिनु आफैंमा राष्ट्रघात हो।

मैले प्रमाण सार्वजनिक गरेको प्रमाणका आधारमा एकै रातमा झुटो हो भनेर भन्ने ओलीको प्रवक्ता बनेका होविन्द्र बोगटी र भ्रष्ट ओलीलाई पक्राउ नगरी भ्रष्टको प्रमाण सार्वजनिक गर्ने बिरुद्ध नै जाइलाग्ने दिपक थापा बिरुद्ध राज्य द्रोह लगायतका मुद्दा लिएर सम्मानित अदालत जान बरिष्ठ अधिवक्ता र पूर्व न्यायाधिश संगको छलफलमा मेरो तयारि भैसकेको छ। नेपाल प्रहरी भित्र सबै खराब छैनन्। राष्ट्र भक्त र कतब्य निष्ठ जनताका सेवकहरु पनि छन् जसलाई बास्तबमै आइजीपीको फूली लगाइनु पर्छ। तर विडम्बना मैले सुनिरहेको छु ओलीको सेवामा आहोरात्र खटिएर देश र जनता प्रति गद्दारी गरेका दिपक थापा र होबिन्द्र बोगटीको काधमा फूली थप्ने राष्ट्र घाती काम भ्रष्ट सरकारले गर्दै छ।

म माथि अनाबस्यक झुटा मुद्दा थोपरेर थप प्रताडित बनाउने र आफ्नो देश लुट्ने धन्दामा कोहि बाधक बाकि नराख्ने कुनियोजित खेलमा ओली छन्। मलाई विस्वास छ सम्मानित न्यायालयले कुनै दबाब र प्रभाबमा नपरिकन न्यायको पक्षमा फैसला गर्ने छ। जुन गर्दै आइअरहेको छ।

मेरो बिपक्षि दल प्रति पनि अनुरोध छ, नेकपा माओवादी केन्द्र,राप्रपा,रास्वपा र कांग्रेस भित्रका राष्ट्रवादी साथीहरुले केपी ओलीको कम्बोडिया लगानीको छानविनको लागी गैरराजनैतिक छानविन समिति निर्माणमा आवाज उठाउने छन्। यो बिषय केवल दुर्गा प्रसाईको बिषय मात्रै नभएर देशमा मौलाएको भ्रष्टाचार नियन्त्रण राष्ट्रिय मुद्दा भएकाले सबैले यसमा साथ दिनुहुनुहुन्छ भन्ने पूर्ण विस्वास लिएको छु।

मलाई पक्राउको तयारी, चनाखो रहन आग्रह

हिँजो मैले कम्बोडीयामा केपी ओलीको लगानी रहेको बिषय पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरे संगै मलाई यो राज्य सत्ताले फेरी झुटो मुद्धा लगाई पक्राउको तयारी गरेको छ । मलाई साईवर क्राईम, राज्यद्रोह वा अन्य जुनसुकै मुद्धामा पक्राउ गरेपनी सचेत र चनाखो रहन आग्रह गर्दछु । देशभक्त सम्पुर्ण नागरिकहरु, राष्ट्रवादि राजनितिक दल कांग्रेस, रास्वपा, राप्रपा, एकिकृत समाजवादी भित्रका असल नेता कार्यकर्ताहरु हामी चुप लागेर बस्दा सम्म यी र यस्ता सामन्त शासकले हामीलाई जेल कोच्ने र देश लुट्ने काम गरिरहनेछन् । राजधानी केन्द्रित रही आन्दोलनको आँधिवेहरीका लागी तयार रहनुहुन सबै देशभक्त नागरिकमा हार्दिक अपिल गर्दछु ।

वि.सं.२०८१ मंसिर ९ आइतवार १४:५२ मा प्रकाशित

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ को नीति...

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

पाल्हीनन्दन (नवलपरासी पश्चिम) । बर्दघाट सुस्तापश्चिम नवलपरासी क्षेत्रमा दुई हप्तादेखि...

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी...

यातायात व्यवसायी भारत भ्रमणमा

यातायात व्यवसायी भारत भ्रमणमा

काठमाडौँ । आधुनिक सार्वजनिक यातायात प्रणालीको विकास गर्ने उद्देश्यले यहाँका...