back
CTIZAN AD

‘योजनाहरू पूरा नहुँदा विकासमा नकारात्मक असर’

वि.सं.२०८१ मंसिर ११ मंगलवार

738 

shares

महेन्द्रनगर (धनुषा) । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशको द्रुत आर्थिक विकासका लागि राष्ट्रिय महत्त्वका योजनाहरूको निर्माणमा गति दिनुपर्ने बताएका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र श्रम तथा यातायात मन्त्रालय मधेस प्रदेशको संयुक्त आयोजनामा आज जनकपुरधाममा प्रभावकारी र दु्रत सेवाका लागि बहुसरोकारवालासँग कार्यशाला गोष्ठीमा मुख्यमन्त्री सिंहले वर्षौंसम्म योजना पूरा नहुँदा मुलुकको समग्र आर्थिक विकासमा नकारात्मक असर पारिरहेको बताए ।

मुख्यमन्त्री सिंहले मधेसलाई सङ्घीय राजधानीसँग जोड्ने द्रुतमार्ग र हुलाकी राजमार्गको समयमा निर्माण भएको खण्डमा बर्सेनिरूपमा अर्बौंको डिजेल तथा पेट्रोलको खपतमा कमी हुने भएकाले त्यसतर्फ ध्यान दिन जरूरी रहेको बताए । मधेसमा विकासको धेरै सम्भावना भए पनि त्यसको खोज तथा सही व्यवस्थापन नभएका कारण मुलुकको समग्र विकासले गति नलिएको उनले बताए ।

कार्यक्रममा मधेस प्रदेशका श्रम तथा यातायातमन्त्री कौशलकिशोर रायले मधेस प्रदेशको आर्थिक विकासका लागि कृषि, पर्यटन तथा उद्योगको विकासका लागि ठोस नीति बनाउन आवश्यक रहेकोे बताए ।

मधेस प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष डा सोहनप्रसाद साहले मधेस प्रदेशको समृद्धि र विकासका लागि सङ्घ, प्रदेश तथा स्थानीय तहका बीचमा नीतिगत सुधारका साथै कार्यगत सहकार्य जरूरी भएको बताए ।

मधेस प्रदेशका नीति तथा योजना आयोगका सदस्यहरू डा शिला मिश्र, डा राजकुमार सिंह, डा रिना यादवलगायतले मधेस प्रदेशको समृद्धि तथा विकासका लागि क्षेत्रगत रूपमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

मधेस प्रदेशका प्रमुख सचिव लोकनाथ पौडेल, श्रम तथा यातायात मन्त्रालयका सचिव सुरेन्द्र पौडेललगायतका वक्ताहरूले कानुनी जटिलतामा सुधार गरेर अघि बढ्न जरूरी रहेको बताए ।

 

वि.सं.२०८१ मंसिर ११ मंगलवार १८:४९ मा प्रकाशित

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानका आजय सोडारी, प्रकाश बम...

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले बचत फिर्ता...

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वर्तमान परिस्थितिमा कुनै पनि...

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

काठमाडौँ । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वर्तमान कम्युनिस्ट...

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

काठमाडौँ । सडक विभागले बाढी र पहिरोबाट तीन वटा पूर्ण...

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले नागरिकका गुनासा, समस्या तथा...