back
CTIZAN AD

उपचार गर्न बोलाएर बलात्कारको आरोप

वि.सं.२०८१ मंसिर १३ बिहीवार

927 

shares

काठमाडौँ । काभ्रेको भुम्लु गाउँपालिका– ४ घर भएर भक्तपुरको मध्यपुर थिमि नगरपालिका– ५ बस्ने २६ वर्षकी वर्षा दमाईले घाउचोट ड्रेसिङ गर्न भन्दै मेडिकल सेवा प्रदान गर्दै आइरहेका एक व्यक्तिलाई अनलाइन सम्पर्क गरी बोलाउँछिन् । अघिल्लो बिहीबार आफू एक्लै रहेको अवस्थामा उनले उपचार गर्न बोलाएका युवकलाई बलात्कारको आरोपमा १८ लाख माग गर्छिन् । त्यो रकममा बार्गेनिङ सुरु हुन्छ र अन्तिममा ८ लाखसम्ममा छिनोफानो हुन्छ ।

सूचना थाहा पाएपछि ‘हनी ट्र्याप’ को नयाँ धन्दा गर्ने वर्षासहित अन्य दुई जनालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले पक्राउ गरेको छ । हनी ट्र्यापको मुख्य योजनाकार रहेकी वर्षाको योजनामा दीपेन्द्र दर्जी र समृद्धि मगरले साथ दिएका थिए ।

वर्षाले सामाजिक सञ्जाल म्यासेन्जरबाटै पीडितलाई उपचारको लागि बोलाएकी थिइन्, तर युवक उनको कोठामा पुग्दा वर्षाको खुट्टामा कुनै समस्या थिएन । त्यही बेला वर्षाले ढोकाको चुक्कल लगाउँछिन् र बलात्कार भएको भन्दै ठूलो रकम माग गरेको प्रहरी अनुसन्धानमा खुलेको छ ।

प्रहरीका अनुसार युवकलाई समृद्धि मगरले पनि रकम नदिए बलात्कार आरोपमा फसाइदिने धम्की दिएकी थिइन् । गर्दै नगरेको अपराधमा फस्नुभन्दा रकम दिनु उपयुक्त लागेर ११ गते बिहान दीपेन्द्र दर्जी र समृद्धि मगरलाई युवकले २५ हजार दिएका थिए । उनले समृद्धि मगरको सिद्धार्थ बैङ्कको क्यूआरमा थप २५ हजार हाले । ११ गते नै सोही ठाउँमा थप ७५ हजार चेकसमेत दिइएको थियो । प्रहरीले यी सबै प्रमाणसहित तीनै जनालाई पक्राउ गरेको हो । एक जना अझै फरार रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

प्रहरीले पक्राउ गरेका काभ्रेका दीपेन्द्र दर्जी २०७१ सालमै जिल्ला प्रहरी कार्यालय काभ्रेबाट ज्यानसम्बन्धी कसुरमा पक्राउ परी सजाय भुक्तान गरिसकेका व्यक्ति हुन् । प्रहरीले उनीहरूसँग ७५ हजारको चेक, नगद २० हजार, चार वटा मोबाइल बरामद गरेको छ ।

वि.सं.२०८१ मंसिर १३ बिहीवार १०:५८ मा प्रकाशित

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानका आजय सोडारी, प्रकाश बम...

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले बचत फिर्ता...

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वर्तमान परिस्थितिमा कुनै पनि...

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

काठमाडौँ । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वर्तमान कम्युनिस्ट...

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

काठमाडौँ । सडक विभागले बाढी र पहिरोबाट तीन वटा पूर्ण...

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले नागरिकका गुनासा, समस्या तथा...