back
CTIZAN AD

सीजीको ग्रामीण दूरसञ्चार सेवा पुनः सञ्चालनको सम्भावनामा धक्का

वि.सं.२०८१ मंसिर १३ बिहीवार

900 

shares

काठमाडौँ । चौधरी समूहअन्तर्गतको सीजी कम्युनिकेसन लिमिटेडले आफ्नो अनुमतिपत्र खारेजी रोक्न माग गर्दै दायर गरेको रिट पाटन उच्च अदालतले खारेज गरेको छ । अदालतले रिट खारेज गरेसँगै सीजीको ग्रामीण दूरसञ्चार सेवा पुनः सञ्चालनको सम्भावना टरेको छ ।

सीजीले अनुमतिपत्र नवीकरण गर्न निर्धारित समयमा निवेदन र दस्तुर बुझाउन नसकेपछि ०८० मंसिरमा अनुमतिपत्र (लाइसेन्स) स्वतः रद्द भएको थियो । नियामक नेपाल दूरसञ्चार प्राधिकरणले लाइसेन्स रद्द भएको विषयमा औपचारिक निर्णय गरेसँगै यसबारे सीजीलाई पत्र पठाएको थियो । सीजीले सोही निर्णयविरुद्ध ०८१ असार ४ मा प्राधिकरणलाई विपक्षी बनाएर उत्प्रेषणको रिट निवेदन दर्ता गराएको थियो ।

मंगलबार न्यायाधीश खडानन्द तिवारी र विदुर कोइरालाको संयुक्त इजलासले प्राधिकरणको पक्षमा फैसला गर्दै सीजीको रिट खारेज गरिदिएको हो ।

दूरसञ्चार ऐनको दफा २५ अनुसार दूरसञ्चार सेवाको अनुमतिपत्रको अवधि बढीमा २५ वर्ष हुन्छ । साथै, एक पटकमा १० वर्षभन्दा बढी अवधिका लागि अनुमतिपत्र नदिइने ऐनमा उल्लेख छ । कम्पनीले दसौं वर्षमा पहिलोपटक नवीकरण गरेपछि बाँकी अवधिमा प्रत्येक ५–५ वर्षमा लाइसेन्स पुनः नवीकरण गराउनुपर्ने कानुनी व्यवस्था छ ।

सीजीले ०७५ सालमा तेस्रो पटक नवीकरण गरेको थियो । दूरसञ्चार नियमावली, ०५४ को नियम १२ को उपनियम २ अनुसार अनुमतिपत्रको अवधि सकिनुभन्दा तीन महिनाअघि नै नवीकरणका लागि प्राधिकरणमा निवेदन दिनुपर्छ  ।

सीजीले ०६० मंसिर ५ मा ग्रामीण दूरसञ्चार सेवाका लागि प्राधिकरणबाट लाइसेन्स लिएको थियो । कम्पनीले ‘लेटर अफ क्रेडिट’ बुझाएको मिति मंसिर १६ बाट गणना गर्दा ०८० मंसिर १६ भित्र चौथो नवीकरणका लागि प्रक्रिया पूरा गरिसक्नुपर्ने थियो । सीजीले सोही बमोजिम मंसिरको तीन महिनाअघि अर्थात् २०८० असोजभित्र निवेदन दिनुपर्ने थियो । तर सीजीले मंसिर २२ गतेमात्र निवेदन दिएर पनि आवश्यक दस्तुर बुझाएको थिएन ।

ऐनको दफा २५ को उपदफा ५ अनुसार समयमै नवीकरण नगरिए अनुमतिपत्र स्वतः खारेज हुन्छ । यद्यपि, दफा २८ अनुसार प्राधिकरणले अनुमतिपत्र खारेज गरेकामा चित्त नबुझे नेपाल सरकारसमक्ष ३५ दिनभित्र उजुरी दिन सकिने व्यवस्था छ । यसबमोजिम सीजीले सरकारसँग नभई अनुमतिपत्र खारेज भएको ६ महिनापछि अदालतमा मुद्दा हालेको थियो ।

नेपालमा फाइभजी सेवा सञ्चालन सुरु गर्न सीजीले हुवावेसँग १० करोड अमेरिकी डलरको सम्झौतासहित उपकरण र अन्य सेवा आयातसँगै आरएफ प्लानिङ, डेटा सेन्टरलगायत विषयमा आन्तरिक गृहकार्य पूरा गरिसकेको बताएको थियो  ।

सीजीले आधारभूत दूरसञ्चार सेवाका लागि पहल गरे पनि लाइसेन्स पाउन सकेको थिएन । ग्रामीण दूरसञ्चार सेवाकै कतिपय सर्त पूरा नगरेकाले आधारभूतको लाइसेन्स दिन नमिल्ने प्राधिकरणको अडान थियो । आधारभूत सेवाको अनुमतिपत्र पाउन ग्रामीणको अनुमतिपत्र नवीकरण गर्नुपर्नेमा सीजीले त्यो जिम्मेवारी पूरा नगरेको प्राधिकरणको निष्कर्ष छ ।

वि.सं.२०८१ मंसिर १३ बिहीवार १३:१७ मा प्रकाशित

नेपाललाई आपत्कालीन सहयोग : ५० टन राहत सामग्रीदेखि उद्धार विशेषज्ञसम्म

नेपाललाई आपत्कालीन सहयोग : ५० टन राहत सामग्रीदेखि उद्धार विशेषज्ञसम्म

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढी तथा पहिरोपछि चीनले नेपाललाई...

भोटेकोशी बाढी अपडेट : नेपाली सेनाले गर्यो १०९ जनाको हवाई उद्धार

भोटेकोशी बाढी अपडेट : नेपाली सेनाले गर्यो १०९ जनाको हवाई उद्धार

काठमाडौं । भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई तथा...

भोटेकोशीमा बाढी आएको छैटौँ दिन : यस्तो छ उद्धार तथा राहतको अवस्था

भोटेकोशीमा बाढी आएको छैटौँ दिन : यस्तो छ उद्धार तथा राहतको अवस्था

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बाढी आएको छैटौँ दिन सरकारले...

पृथ्वीराजमार्ग अवरुद्ध भएपछि गरियो नयाँ रुट व्यवस्था, ठूला सवारी त्रिभुवन राजपथबाट जाने

पृथ्वीराजमार्ग अवरुद्ध भएपछि गरियो नयाँ रुट व्यवस्था, ठूला सवारी त्रिभुवन राजपथबाट जाने

हेटौंडा । धादिङको कृष्णभीरमा पृथ्वीराजमार्ग अवरुद्ध हुनुका साथै हेटौंडा हुँदै...

बाढीपीडितलाई ९९ सपिङको साथ : करिब ३ लाख बराबरको राहत वितरण

बाढीपीडितलाई ९९ सपिङको साथ : करिब ३ लाख बराबरको राहत वितरण

काठमाडौं । प्राकृतिक विपत्तिका कारण प्रभावित बनेका नुवाकोटका बाढीपीडित परिवारलाई...

माथिल्लो त्रिशूली–३ ‘बी’को सुरुङमा उद्धार प्रयास तीव्र

माथिल्लो त्रिशूली–३ ‘बी’को सुरुङमा उद्धार प्रयास तीव्र

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नुवाकोटस्थित...