back
CTIZAN AD

उपत्यकाबाट हराएका २७ मोटसाइकल फेला

वि.सं.२०८१ मंसिर १३ बिहीवार

573 

shares

काठमाडौँ । ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा विभिन्न सयमा हराएका २७ मोटरसाइकल तथा स्कुटर फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आज आयोजित कार्यक्रममा कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक भरतबहादुर बोहराले १८ मोटरसाइकल र नौ स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरे ।

उनले कार्यालयमा प्राप्त निवेदनका आधारमा खोजी गरेका सवारी साधनलाई आज धनीलाई बुझाइएको बताए । कार्यालयले हराएका मोटरसाइकल काभ्रेपलाञ्चोक, कोटेश्वर, गौशाला, नँयाबसपार्क, सोह्रखुट्टे, मालिगाँउ, मङ्गलबजार, गोकर्ण, नगरकोट, ताथली र बुद्धनगर लगायतका स्थानबाट फेला पारेको थियो ।

कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक उमाप्रसाद चर्तुवेदीले हराएका सवारी साधन नम्बरप्लेट नक्कली हालेर चलाएको अवस्थामा फेला पारिएको बताए । ट्राफिक प्रहरीले हालसम्म २१० दुईपाङ्ग्रे सवारी साधन फेला पारेर सम्बन्धित धनीलाई बुझाइसकेको छ । यस्तै सवारी साधन चोरीमा संलग्न ३२ जनालाई पक्राउ गरी कारबाहीका लागि विभिन्न प्रहरी कार्यालय तथा वृत्तमा पठाइसकेको प्रवक्ता चर्तुवेदीले बताए ।

ट्राफिक प्रहरीले आव २०७९/८० मा ४९९ र २०८०/८१ मा ४१७ दुईपाङ्ग्रे सवारी साधन खोजतलास गरी सम्बन्धित धनीलाई बुझाइसकेको छ । सवारी साधन चोरी तथा हराउनबाट रोक्न आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गरी, ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लकलगायत सुरक्षा साइरन जडान गर्न सबैलाई ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।

वि.सं.२०८१ मंसिर १३ बिहीवार १३:५४ मा प्रकाशित

नेपाललाई आपत्कालीन सहयोग : ५० टन राहत सामग्रीदेखि उद्धार विशेषज्ञसम्म

नेपाललाई आपत्कालीन सहयोग : ५० टन राहत सामग्रीदेखि उद्धार विशेषज्ञसम्म

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढी तथा पहिरोपछि चीनले नेपाललाई...

भोटेकोशी बाढी अपडेट : नेपाली सेनाले गर्यो १०९ जनाको हवाई उद्धार

भोटेकोशी बाढी अपडेट : नेपाली सेनाले गर्यो १०९ जनाको हवाई उद्धार

काठमाडौं । भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई तथा...

भोटेकोशीमा बाढी आएको छैटौँ दिन : यस्तो छ उद्धार तथा राहतको अवस्था

भोटेकोशीमा बाढी आएको छैटौँ दिन : यस्तो छ उद्धार तथा राहतको अवस्था

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बाढी आएको छैटौँ दिन सरकारले...

पृथ्वीराजमार्ग अवरुद्ध भएपछि गरियो नयाँ रुट व्यवस्था, ठूला सवारी त्रिभुवन राजपथबाट जाने

पृथ्वीराजमार्ग अवरुद्ध भएपछि गरियो नयाँ रुट व्यवस्था, ठूला सवारी त्रिभुवन राजपथबाट जाने

हेटौंडा । धादिङको कृष्णभीरमा पृथ्वीराजमार्ग अवरुद्ध हुनुका साथै हेटौंडा हुँदै...

बाढीपीडितलाई ९९ सपिङको साथ : करिब ३ लाख बराबरको राहत वितरण

बाढीपीडितलाई ९९ सपिङको साथ : करिब ३ लाख बराबरको राहत वितरण

काठमाडौं । प्राकृतिक विपत्तिका कारण प्रभावित बनेका नुवाकोटका बाढीपीडित परिवारलाई...

माथिल्लो त्रिशूली–३ ‘बी’को सुरुङमा उद्धार प्रयास तीव्र

माथिल्लो त्रिशूली–३ ‘बी’को सुरुङमा उद्धार प्रयास तीव्र

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नुवाकोटस्थित...