back
CTIZAN AD

नेपाल बैंक लिमिटेड र सिद्धि पोलीप्याथ ल्याबबीच सम्झौता

वि.सं.२०८१ मंसिर १४ शुक्रवार

1.5K 

shares

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड र सिद्धि पोलीप्याथ ल्याब प्रा.लि.बीच सम्झौता भएको छ । नेपाल बैंकका कर्मचारीहरू एवं ग्राहकहरूलाई काठमाडांैंको डिल्लीबजार स्थित सिद्धि पोली प्याथ ल्याब प्रा.लि.द्वारा प्रदान गरिने विभिन्न सेवाहरूमा लाग्ने शुल्कमा बिशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको हो ।

नेपाल बैंक र सिद्धि पोली प्याथ ल्याबबिच बुधवार भएको सम्झौता बमोजिम नेपाल बैंकमा कार्यरत कर्मचारीहरू एवं ग्राहकहरूलाई ल्याबले प्रदान गर्ने विभिन्न सेवाहरूमा लाग्ने शुल्कमा १० प्रतिशतसम्म छुट हुने व्यवस्था गरिएको बैंकले जनाएको छ ।

उक्त सम्झौतापत्रमा नेपाल बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी र सिद्धि पोली प्याथ ल्याबको तर्फबाट प्रमुख वित्त अधिकृतसुजन प्रधानले हस्ताक्षर गरेका थिए ।

सम्झौता अनुसार नेपाल बैंकमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकहरूले क्लिनिकबाट प्रदान गरिने बायोकेमेस्ट्री, हेमाटोलोजी, इन्डोक्रनोलोजी, माइक्रोबायोलोजी, इन्फेक्सन, डिजिज्, हेपाटाइटिस, एचआइभी, टर्च प्यानलस्, सेरोलोजी, ओन्कोलोजी, इसीजी, इसीएचओ टेस्ट, डिजिटल एक्स–रे, अलट्रासाउण्डजस्ता स्वास्थ्य सेवाबाट लाभान्वित हुन सक्ने बैंकले जनाएको छ ।

 

 

वि.सं.२०८१ मंसिर १४ शुक्रवार १५:१२ मा प्रकाशित

जापानिज इन्सेफलाइटिस के हो र सुरक्षित कसरी हुने ?

जापानिज इन्सेफलाइटिस के हो र सुरक्षित कसरी हुने ?

पछिल्ला दिनहरुमा नेपालमा लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिस रोगको संक्रमण...

पशुपति मृगस्थलीमा योग, ध्यान तथा साउन्ड हिलिङ कार्यक्रम सम्पन्न

पशुपति मृगस्थलीमा योग, ध्यान तथा साउन्ड हिलिङ कार्यक्रम सम्पन्न

काठमाडाैँ ।  पशुपतिनाथ मन्दिर परिसरस्थित मृगस्थलीमा योग, ध्यान तथा साउन्ड...

विशाल मिलन वैज्ञानिक योगको परोपकारी कामः फरक क्षमताका व्यक्तिलाई भोजनसहित टी–सर्ट वितरण

विशाल मिलन वैज्ञानिक योगको परोपकारी कामः फरक क्षमताका व्यक्तिलाई भोजनसहित टी–सर्ट वितरण

काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा हालै दर्ता भएको विशाल...

उच्च गर्मीमा हीट स्ट्रोकको जोखिम, कसरी जोगिने ?

उच्च गर्मीमा हीट स्ट्रोकको जोखिम, कसरी जोगिने ?

देशका विभिन्न क्षेत्रमा अत्यधिक गर्मी बढ्दै गएसँगै स्वास्थ्यसम्बन्धी जोखिम पनि...

आज विश्व लामखुट्टे दिवस – नेपालमा १६८ प्रजातिका लामखुट्टे

आज विश्व लामखुट्टे दिवस – नेपालमा १६८ प्रजातिका लामखुट्टे

काठमाडौँ । विश्व लामखुट्टे दिवस नेपालमा ‘सानो टोकाइ, ठूलो चुनौती’...

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (NHRC) को अध्यक्षमा डा. सुधा बस्नेत...