back
CTIZAN AD

चीनसँगको व्यापारमा नेपाललाई वर्षमै खर्बौँ घाटा

वि.सं.२०८१ मंसिर १६ आइतवार

897 

shares

काठमाडौँ । चीनसँगको व्यापारमा नेपाललाई बर्षमै खर्बौँ घाटा लाग्ने गरेको छ । नेपालको कुल वैदेशिक व्यापारको करिब ८० प्रतिशत भारतसँग हुन्छ भने बाँकी अन्य देशसँग हुँदै आएको छ । बाँकी करिब २० प्रतिशत हिस्सामा सबैभन्दा बढी योगदान चीनको छ ।

भन्सार विभागको तथ्यांकअनुसार चीनबाट गाडी, फलफूल, लत्ताकपडा, विद्युतीय सामग्री ड्राइफ्रुट्सजस्ता सामग्री धेरै आयात हुने गरेको छ । त्यस्तै आलु, प्याजजस्ता तरकारी मासु, पाउडर दूध, घिउ, मह, कफी, चामल, मैदाजस्ता उपभोग्य वस्तु पनि प्रशस्त मात्रामा आउने गरेको छ ।

त्यस्तै नेपालबाट जडीबुटी, च्याउ, चिया, अगरबत्ती, कुकुर र बिरालाको खाना, छालाको वस्तु, बाँसका फर्निचर लगायत वस्तु निर्यात हुँदै आएका छन् । भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष चालु आव २०८१/८१ को कार्तिकसम्म नेपाललाई चीनसँगको व्यापारमा मात्रै एक खर्ब दुई अर्ब ५० करोड एक लाख रुपैयाँ व्यापार घाटा भएको छ ।
चार महिनाको अवधिमा चीनबाट एक खर्ब तीन अर्ब १८ करोडको वस्तु आयात हुँदा नेपालले मात्रै ६८ करोड २३ लाखको निर्यात गरेको छ ।

यसरी हेर्दा नेपालले हरेक वर्ष चीनसँगको व्यापारमा ठुलो घाटा बेहोर्दै आएको छ । आर्थिक वर्ष २०७७/७८ मा २ खर्ब ३३ अर्ब ९२ करोड ३० लाख रुपैयाँको सामग्री चीनबाट आयात भएको थियो । सोही आवमा नेपालबाट जम्मा १ अर्ब १ करोड ६० लाख रुपैयाँको वस्तु तथा सेवा निर्यात भएको थियो । जसबाट आव २०७७-७८ मा नेपाललाई चीनसँगको व्यापारमा मात्रै २ खर्ब ३२ अर्ब ९० करोड ७० लाख रुपैयाँ घाटा भएको थियो ।

भन्सार विभागका अनुसार आव २०७८/७९ चीनले नेपाललाई २ खर्ब ६४ अर्ब ७८ करोड ३७ लाख रुपैयाँको वस्तु बेचेको थियो । तर नेपालले ८० करोड ८७ हजार ५४ लाखको समान मात्रै चिनियाँ बजारमा पठाउन सक्यो । जसबाट नेपाललाई एकै वर्षमा २ खर्ब ६३ अर्ब ९७ करोड ४९ लाख रुपैयाँ घाटा भयो ।

वि.सं.२०८१ मंसिर १६ आइतवार १५:३० मा प्रकाशित

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को दक्षिणपूर्वी एशिया क्षेत्रीय...

सत्तारुढ सांसदको दोहोरो भूमिकामाथि डा. आचार्यको प्रश्न

सत्तारुढ सांसदको दोहोरो भूमिकामाथि डा. आचार्यको प्रश्न

काठमाडाैँ ।  वरिष्ठ अधिवक्ता एवं संविधानविद् डा भीमार्जुन आचार्यले सत्तारुढ...

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले करिब १० घण्टाको अन्तरालमा...

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

काठमाडौँ । वर्षा, पहिरो, भास र कटानका कारण देशका विभिन्न...

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

नेपाल विद्युत प्राधिकरणका पूर्वप्रमुख कार्यकारी अधिकृत(सिइओ) तथा उज्यालो पार्टी नेपालका...

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...