back
CTIZAN AD

म्यान्चेष्टर युनाइटेडलाई युरोपाको उपाधि

वि.सं.२०७४ जेठ ११ बिहीवार

930 

shares

europa११ जेठ,  काठमाडौँ ।  इङलिश क्लब म्यान्चेष्टर युनाइटेडले युरोपा लिगको उपाधि जितेको छ । हिजो राति स्विडेनको स्टकहोममा भएको खेलमा म्यान्चेष्टर युनाइटेडले डच क्लब अजाक्सलाई २ ० गोल अन्तरले हराउदै युनाइटेडले युरोपाको ट्रफी उचालेको हो । युरोपाको उपाधि सगैँ युनाइटेड अर्को सिजन च्याम्पियन्स लिग खेल्ने पक्का भएको छ । युनाइटेडको जितमा पल पोग्बा र हेनरिख मिखिति¥यानले एक एक गोल गरे । युरोपाको जित सगैँ युनाइटेडले इितिहास समेत रचेको छ । जितसगैँ युनाइटेड चेल्सी, वार्यन म्युनिख, आजाक्स सगँै युरोपा र च्याम्पियन्स लिग जित्ने क्लब बनेको छ ।
१० महिना अघि युनाइटेड आएका प्रशिक्षक जोसे मौरिन्होले क्लब को लागि ३ ओटा उपाधि जिताइसकेका छन् । यसै गरि मौरिन्हो फरक फरक क्लबबाट युरोपा र च्याम्पियन्स लिग जित्ने पहिलो प्रशिक्षक बनेका छन । युनाइटेडको जितले २ दिन अघि म्यान्चेष्टर हमला बाट शोकाकुल बनेका जनतामा केही खुशीयाली समेत छाएको छ ।

united

वि.सं.२०७४ जेठ ११ बिहीवार ०६:३० मा प्रकाशित

विश्वकप क्रिकेटः वेस्टइन्डिजविरुद्ध नेपाल ब्याटिङ गर्दै

विश्वकप क्रिकेटः वेस्टइन्डिजविरुद्ध नेपाल ब्याटिङ गर्दै

काठमाडौँ । आईसीसी पुरुष टी–२० विश्वकप क्रिकेट, २०२६ अन्तर्गत वेस्टइन्डिजविरुद्धको...

सात वर्षको उमेरमै विश्व कीर्तिमानः कान्छी अन्तराष्ट्रिय योग प्रशिक्षक आस्था घिमिरे सम्मानित

सात वर्षको उमेरमै विश्व कीर्तिमानः कान्छी अन्तराष्ट्रिय योग प्रशिक्षक आस्था घिमिरे सम्मानित

काठमाडौँ । योग क्षेत्रमा अभूतपूर्व इतिहास रचेकी विश्वकै कान्छी अन्तराष्ट्रिय...