back
CTIZAN AD

ईसेवा मनि ट्रान्सफरको ब्रान्ड प्रवर्द्धकमा दिपेन्द्र सिंह ऐरीको निरन्तरता

वि.सं.२०८१ मंसिर १६ आइतवार

738 

shares

काठमाडौँ । नेपालको अग्रणी डिजिटल रेमिट्यान्स कम्पनी ईसेवा मनि ट्रान्सफरले आफ्नो ब्रान्ड प्रवर्द्धकका रूपमा नेपाली क्रिकेटर दिपेन्द्र सिंह ऐरीलाई पुनः अनुबन्ध गरेको छ ।

बिगत एक वर्षदेखि ईसेवा मनि ट्रान्सफरको ब्रान्ड प्रवर्द्धकका रूपमा अनुबन्धित भएका ऐरीसँगको सम्झौताको अवधि पुनः थप गरिएको हो । यही मंसिर १४ गते एक कार्यक्रमबीच ईसेवा मनि ट्रान्सफरको प्रधान कार्यालय पुलचोक, ललितपुरमा कार्यालयका प्रमुख कार्यकारी अधिकृत अजेश कोइराला र दिपेन्द्र सिंह ऐरीबीच पुन ब्रान्ड प्रवर्द्धक सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।

कार्यक्रममा ब्रान्ड प्रवर्द्धक दिपेन्द्र सिंह ऐरीले ईसेवा मनि ट्रान्सफरसँगको यात्रालाई निरन्तरता दिन पाउँदा खुसी व्यक्त गरे। सम्झौताअनुसार ऐरीले ईसेवा मनि ट्रान्सफरले प्रदान गरिरहेको डिजिटल रेमिट्यान्स सेवाको प्रचार गर्दै ‘ब्राण्ड प्रवर्द्धक’ को रुपमा कार्य गर्ने छन् ।

ईसेवा मनि ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाले नेपाली क्रिकेटलाई अगाडि बढाउनमा महत्त्वपूर्ण योगदान दिँदै आएका प्रमुख खेलाडी दिपेन्द्र सिंह ऐरी जस्ता प्रतिभाशाली व्यक्तित्वलाई ब्रान्ड प्रवर्द्धकका रूपमा निरन्तरता दिन पाउनु आफैंमा गर्वको विषय भएको बताए ।

सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ईसेवा मनि ट्रान्सफरले परम्परागत शैलीका साथै डिजिटल माध्यमबाट पनि विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । इसेवा वालेट, बैंक तथा वित्तीय संस्था, र आफ्ना भुक्तानी केन्द्रहरूको माध्यमबाट सेवा दिने यो कम्पनी, एफवान सफ्ट ग्रुपअन्तर्गतको भगिनी संस्था हो । जसले नेपालभर फिनटेकमा आधारित भुक्तानी प्रणालीलाई सशक्त बनाउँदै आएको छ ।

 

वि.सं.२०८१ मंसिर १६ आइतवार १७:२७ मा प्रकाशित

‘पिडब्लुएक्सएम: रेस्ल क्यासल’ भव्य रूपमा सम्पन्न, जापानी रेस्लरहरू नेपाल आएर उत्साहित

‘पिडब्लुएक्सएम: रेस्ल क्यासल’ भव्य रूपमा सम्पन्न, जापानी रेस्लरहरू नेपाल आएर उत्साहित

काठमाडाैँ । नेपालमा व्यावसायिक रेस्लिङको इतिहासमा नयाँ अध्याय थप्ने लक्ष्यसहित...

नेपालको यात्रा क्षेत्रमा नयाँ अध्याय, गुरूबसको सेवा सुरु

नेपालको यात्रा क्षेत्रमा नयाँ अध्याय, गुरूबसको सेवा सुरु

काठमाडौं । नेपालको यात्रा क्षेत्रमा नयाँ अवधारणाको रूपमा आफूलाई प्रस्तुत...

शृंखला तयारीका लागि महिला कबड्डी टोली झापा प्रस्थान

शृंखला तयारीका लागि महिला कबड्डी टोली झापा प्रस्थान

काठमाडौं । नेपाल र बंगलादेशबीच हुने ५ खेलको शृंखलाको तयारीका...

जग्गाको विषयमा विवाद हुँदा रौतहटमा एक जनाको हत्या

जग्गाको विषयमा विवाद हुँदा रौतहटमा एक जनाको हत्या

काठमाडौं । रौतहटको ईशनाथ नगरपालिका–३ औरैयामा चक्कु प्रहारबाट एक जनाको...

रहिनन् जसमति

रहिनन् जसमति

नेपाली कांग्रेसकी नेतृ जसमति गुुरुङको निधन भएको छ । केहि...

प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीसँग संवाद गर्दै

प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीसँग संवाद गर्दै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले देशको अर्थतन्त्रलाई चलायमान बनाउन र...