back
CTIZAN AD

एमालेले सात जिल्लाको अधिवशेन गर्न बाँकी

वि.सं.२०८१ मंसिर १७ सोमवार

1K 

shares

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले सात जिल्लामा अधिवेशन गर्न बाँकी रहेको छ । एमाले निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बाले बाँकी रहेका जिल्लाको अधिवशेन यही महिनाभित्र सम्पन्न गर्ने बताए ।

मोरङ, सिरहा, सप्तरी, धनुषा, अछाम, बझाङ र डोटी जिल्लाको अधिवेशन गर्न बाँकी छ । गत जेठ मसान्तमा जिल्ला अधिवेशन गर्नुपर्ने भए पनि सदस्यता वितरण र आन्तरिक विवादका कारण ती जिल्लाको अधिवेशन निर्धारित समयमा हुन नसकेको अध्यक्ष डा सुब्बाले बताए । उनले बझाङ जिल्लाको अधिवेशनको समय यही महिनाको अन्तिममा तोकिएको र बाँकी जिल्लाको अधिवेशन पनि चाँडै तोकिने बताए ।

पार्टीले अधिवेशन हुन बाँकी रहेका सबै जिल्ला कमिटीलाई यही मङ्सिर महिनाभित्र अधिवेशन गर्न निर्देशन दिएको अध्यक्ष डा सुब्बाले बताए । “मङ्सिर महिनामा अधिवेशन सक्नुपर्ने हो । जिल्ला कमिटीले मिति तोकेर आउनुपर्दछ”, उनले भने, “अनि हामीले निर्वाचन गराउने हो ।” अहिलेसम्म ७० जिल्लाका जिल्ला अधिवेशन सम्पन्न भएका छन् ।

वि.सं.२०८१ मंसिर १७ सोमवार १६:२४ मा प्रकाशित

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता...

युनलाई थप ३० वर्ष जेल सजाय

युनलाई थप ३० वर्ष जेल सजाय

सियोल । उत्तर कोरियासँग तनाव चर्काउने उद्देश्यले सन् २०२४ मा...

इरान-अमेरिका सम्झौता अन्योलमा

इरान-अमेरिका सम्झौता अन्योलमा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट दिनमा इरानसँग सम्झौता...

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

तानसेन (पाल्पा) । उन्नत जातका धान उत्पादनमा किसानहरुको आकर्षण बढेको...

लागुऔषधसहित ३३ जना पक्राउ

लागुऔषधसहित ३३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले मुलुकका विभिन्न भागबाट...

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

मुग्लिन (चितवन) । चितवनको इच्छाकामना गाउँपालिकाले किसानलाई व्यावसायिक पशुपालनमा आकर्षित...