back
CTIZAN AD

करिब ५८ किलो गाँजासहित एक जना पक्राउ

वि.सं.२०८१ मंसिर १७ सोमवार

873 

shares

सुनसरी । भोक्राहा नरसिंह गाउँपालिका–५ टपराटोलबाट अवैध लागूऔषध गाँजा करिब ५८ किलो ३ सय ग्राम सहित धरान उपमहानगरपालिका–१५ बस्ने २१ वर्षीय सनिल राईलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी चिरौलीचोकबाट खटिएको प्रहरीलाई देख्नासाथ ईनरूवाबाट लौकहीतर्फ जाँदै गरेको हाल नम्बर नखुलेको मोटरसाइकलमा सवार २ जना व्यक्तिहरू भाग्न खोज्दा मोटरसाइकलमा सवार राईलाई उक्त परिमाणको गाँजा सहित पक्राउ गरको हो ।

प्रहरीले मोटरसाइकल सहित फरार भएका चालकको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

यसैगरी चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम सहित इलाम माई नगरपालिका–५ बस्ने ३१ वर्षीय संजय नेम्वाङलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गा र प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले इलामबाट काठमाडौंतर्फ आउँदै गरेको प्र.१–०१–००१ ख ४३७१ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

वि.सं.२०८१ मंसिर १७ सोमवार १६:४९ मा प्रकाशित

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता...

युनलाई थप ३० वर्ष जेल सजाय

युनलाई थप ३० वर्ष जेल सजाय

सियोल । उत्तर कोरियासँग तनाव चर्काउने उद्देश्यले सन् २०२४ मा...

इरान-अमेरिका सम्झौता अन्योलमा

इरान-अमेरिका सम्झौता अन्योलमा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट दिनमा इरानसँग सम्झौता...

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

तानसेन (पाल्पा) । उन्नत जातका धान उत्पादनमा किसानहरुको आकर्षण बढेको...

लागुऔषधसहित ३३ जना पक्राउ

लागुऔषधसहित ३३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले मुलुकका विभिन्न भागबाट...

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

मुग्लिन (चितवन) । चितवनको इच्छाकामना गाउँपालिकाले किसानलाई व्यावसायिक पशुपालनमा आकर्षित...