back
CTIZAN AD

‘राष्ट्रलाई सही बाटोमा लैजान प्राज्ञ क्षेत्रको सहयोग गर्नुपर्छ’

वि.सं.२०८१ मंसिर १७ सोमवार

495 

shares

काठमाडौँ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, नेपाल प्रज्ञा–प्रतिष्ठान र नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको संयुक्त आयोजनामा आज काठमाडौँमा ‘प्राज्ञिक भेला २०८१’ आयोजना गरिएको छ ।

भेलाको उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले प्राज्ञले राष्ट्रलाई सही बाटोमा लैजान सहयोग पु¥याउनुपर्ने बताए ।

प्राज्ञहरूले देशको थिङ्कट्याङ्का रूपमा काम गर्नुपर्ने बताउँदै उनले केन्द्र, प्रदेश र पालिकास्तरमा गठन भएका प्रज्ञा–प्रतिष्ठानबीच एकरूपता र तिनले गर्ने कार्यबीच सिमाङ्कन हुनुपर्ने धारणा राखे ।

मन्त्री पाण्डेले भेलाले निकालेको निचोडलार्ई कार्यान्वयन गर्ने बताए । प्राज्ञिक जगत्ले देश र समाजको हितका लागि चेतनाको निर्माण, नैतिक मूल्य–मान्यताको विकास, सुशासनको प्रत्याभूति दिनका समाजलाई मार्गनिर्देश गर्ने धारणा राखे ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले भेलाले सामाजिक रूपान्तरणमा हाम्रो कला, संस्कृतिलाई कसरी जोड्ने भन्ने विषयलाई उठाएको बताए । उनले भेलामा कला, साहित्य, संस्कृति, गीत–सङ्गीतलगायत समाजसँग जोडिने विषय लोक, भोक र सोखमा आधारित रहेर विशेष छलफल भएको बताए ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले प्राज्ञिक बहसले मुलुकको सफ्टपावर निर्माण गर्ने बताए । उनले भेलाले प्रज्ञा–प्रतिष्ठान र विचार, प्रज्ञा–प्रतिष्ठान र संस्कृति तथा प्रज्ञा–प्रतिष्ठान र ज्ञानमा आधारित भएर छलफल भएको बताए ।

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति निशा शर्माले केन्द्र, प्रदेश र पालिकास्तरमा गठन भएका प्रज्ञा–प्रतिष्ठानहरूबीच निरन्तरको समन्वय र सहकार्यले परिणाम दिने बताए ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले एकीकृत योजना बनाएर प्रभावकारी ढङ्गले योजना कार्यान्वयन गर्नका लागि भेला भएका सम्पूर्णलाई स्वागत गरे ।

सो सन्दर्भमा नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव डा धनप्रसाद सुवेदी, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव कुश्मा महरा ‘प्रगति’ र नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ ले आफूले नेतृत्व लिएका प्रतिष्ठानका विविध विषय, आगामी योजना, कार्यक्रम, प्रदेश तथा पालिकास्तरमा गठन गरिएका प्रज्ञा–प्रतिष्ठानबिच एक रूपतालगायतका विविध विषयमा चर्चा गरेका थिए ।

भाषा आयोगका सदस्य डा पुस्करराज भट्टले नेपालका विभिन्न लोपोन्मुख भाषा, संस्कृतिको संरक्षणमा आयोगले काम गर्दै आएको बताउँदै उनले भेलाले निर्णय गरेको सम्बन्धित क्षेत्रमा आयोगले सहकार्य गर्ने बताए ।

 

वि.सं.२०८१ मंसिर १७ सोमवार १८:३९ मा प्रकाशित

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता...

युनलाई थप ३० वर्ष जेल सजाय

युनलाई थप ३० वर्ष जेल सजाय

सियोल । उत्तर कोरियासँग तनाव चर्काउने उद्देश्यले सन् २०२४ मा...

इरान-अमेरिका सम्झौता अन्योलमा

इरान-अमेरिका सम्झौता अन्योलमा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट दिनमा इरानसँग सम्झौता...

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

तानसेन (पाल्पा) । उन्नत जातका धान उत्पादनमा किसानहरुको आकर्षण बढेको...

लागुऔषधसहित ३३ जना पक्राउ

लागुऔषधसहित ३३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले मुलुकका विभिन्न भागबाट...

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

मुग्लिन (चितवन) । चितवनको इच्छाकामना गाउँपालिकाले किसानलाई व्यावसायिक पशुपालनमा आकर्षित...