back
CTIZAN AD

नागरिक सेवामा उच्च व्यवसायिकता प्रदर्शन गर्न महानिरीक्षक कुँवरको निर्देशन

वि.सं.२०८१ मंसिर १७ सोमवार

600 

shares

काठमाडौँ । प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले देश र नागरिकको सेवामा उच्च व्यवसायिकता प्रदर्शन गर्न नेतृत्व तहका प्रहरी अधिकृतलाई निर्देशन दिएका छन् । प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायव महानिरीक्षक पदमा पदोन्नति भएका उच्च अधिकृतलाई आज प्रहरी प्रधान कार्यालयमा दज्र्यानी चिह्न प्रदान गर्दै उनले पदोन्नतिसँगै जवाफदेहिता, जिम्मेवारी र निर्वाह गर्नुपर्ने भूमिकाको दायरा अझ फराकिलो भएको स्मरण गराए ।

महानिरीक्षक कुँवरले भने, “राज्य र सङ्गठनले तपाईँहरूबाट यसको प्रतिफलमा देश र नागरिक सेवामा रचनात्मक भूमिका र कार्यसम्पादनमा उच्च व्यावसायिकता एवम् निष्ठाको अपेक्षा गरेको छ, यसमा खरोरूपमा उत्रिनु हुने छ भनि विश्वास लिएको छु ।”

सङ्गठनलाई समायानुकूल सुदृढ र गतिशील बनाउन नेतृत्व तहका प्रहरी अधिकृत सदैव चिन्तनशील रहनुपर्नेमा जोड दिँदै महानिरीक्षक कुँवरले विभिन्न श्रृजनशील प्रयासबाट सङ्गठनको समयसापेक्ष विकास र श्रीवृद्धिमा लाग्न निर्देशन दिए । “व्यक्तिगत स्वार्थभन्दा माथि उठेर गरिएको सत्प्रयासले मात्र साङ्गठनिक सुदृढीकरण र सङ्गठनको प्राथमिकता, निर्धारित लक्ष्य र उद्देश्य हासिल हुन्छ, त्यसका लागि नीतिगत तहमा रहेका प्रहरी अधिकृत कटिबद्ध हुनुपर्छ”, उनले भने ।

सो अवसरमा पदोन्नति भएका प्रहरी अधिकृतका तर्फबाट प्रहरी नायब महानिरीक्षक ध्रुवराज राउतले प्राप्त जिम्मेवारीलाई व्यावसायिक निष्ठाकासाथ राष्ट्र र नागरिकको सेवामा समर्पित भएर कार्यसम्पादन गर्ने प्रतिवद्धता व्यक्त गरे ।

समारोहमा प्रहरी महानिरीक्षक कुँवरले प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायव महानिरीक्षक पदमा पदोन्नति भएका आठ जना प्रहरी नायब महानिरीक्षकलाई दज्र्यानी चिह्नद्वारा सुशोभित गरेका थिए । दज्र्यानी चिह्नद्वारा सुशोभित हुने प्रहरी नायब महानिरीक्षकमा ध्रुवराज राउत, भोलाबहादुर रावल, गणेश चन्द, सिद्धिविक्रम शाह, सुशीलसिंह राठौर, उमाप्रसाद चतुरवेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर विक छन् ।

 

वि.सं.२०८१ मंसिर १७ सोमवार १९:०५ मा प्रकाशित

तमु समुदायका ४० विद्यार्थीलाई एनएमबी बैंकको शैक्षिक सहयोग

तमु समुदायका ४० विद्यार्थीलाई एनएमबी बैंकको शैक्षिक सहयोग

काठमाडौं । एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत...

तरलता व्यवस्थापनका लागि रु एक खर्ब रकम उठाउँदै राष्ट्र बैंक

तरलता व्यवस्थापनका लागि रु एक खर्ब रकम उठाउँदै राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि आज रु...

फरार प्रतिवादी सात वर्षपछि पक्राउ

फरार प्रतिवादी सात वर्षपछि पक्राउ

चितवन । सात वर्षअघि फरार रहेका प्रतिवादी पक्राउ परेका छन्...

नेपाल बैंकका ग्राहकलाई डालिया होटेलमा ३५ प्रतिशतसम्मको छुट

नेपाल बैंकका ग्राहकलाई डालिया होटेलमा ३५ प्रतिशतसम्मको छुट

काठमाडौँ । नेपाल बैंक लिमिटेड र पोखरा, ०६ लेकसाइडमा रहेको...

टि-२० महिला क्रिकेटः मलेसियाले नेपाललाई दियो ८३ रनको लक्ष्य

टि-२० महिला क्रिकेटः मलेसियाले नेपाललाई दियो ८३ रनको लक्ष्य

काठमाडौँ । मलेसियाले नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीलाई दोस्रो अन्तरराष्ट्रिय...

विद्यालयको नाममा रहेको जमिनमा बस्ती विस्तार

विद्यालयको नाममा रहेको जमिनमा बस्ती विस्तार

सुरुङ्गा (झापा) । सरकारले सार्वजनिक तथा सरकारी स्वामित्वको जमिन संरक्षण...