back

प्रा डा महर्जनले भने भोलिका दिनमा पनि उत्तिकै सक्रिय रहनेछु

वि.सं.२०८१ मंसिर १८ मंगलवार

1.9K 

shares
GLOBAL IME AD
NTC AD

काठमाडौँ । आइतबार सम्पन्न किर्तिपुर नगरपालिकाको उपनिर्वाचनमा दोस्रो स्थानमा आउन सफल भएका प्रा.डा शिवशरण महर्जनले आफूले हारे पनि आगामी दिनमा पनि उत्तिकै सक्रिय रुपमा नगरको सेवामा लागि पर्ने बताएका छन् ।

किर्तिपुर नगरपालिकाका मतदातालाई विशेष धन्यवाद दिँदै उनले किर्तिपुरवासीको हितका लागि विगतमा जस्तै भोलिका दिनमा पनि उस्तै सक्रियता रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

निर्वाचनको परिणामलाई स्वीकार गर्दै प्रा.डा महर्जनले भनेका छन् ‘निर्वाचनमा हार(जीत स्वभाविक कुरा हो, यसलाई स–सम्मान स्वीकार गर्दछु’ ।‘कीर्तिपुरवासीको हितका लागि शिक्षा, खानेपानी, सडक, यातायात, सहकारी लगायतका विभिन्न क्षेत्रमा यहाँहरुकै साथबाट गरेका कार्यहरु यहाँहरुलाई विदितनै छ र भोलिका दिनमा पनि उस्तै सक्रियता रहने प्रतिबद्धता व्यक्त गर्दछु ।’

किर्तिपुर नगरपालिकाको मेयरमा निर्वाचित भएका कृष्णमान डंगोललाई बधाई दिँदै भनेका ‘नवनिर्वाचित नगर प्रमुख कृष्णमान डङ्गोलजी लाई हार्दिक बधाई ।’

सामाजिक सञ्जालमार्फत उनले भनेका छन् :

वि.सं.२०८१ मंसिर १८ मंगलवार १३:०१ मा प्रकाशित

सातवर्षमा चौथो पटक म्याद थप्दा पनि सडक कालोपत्र नभएपछि सास्ती खेप्दै स्थानीय

सातवर्षमा चौथो पटक म्याद थप्दा पनि सडक कालोपत्र नभएपछि सास्ती खेप्दै स्थानीय

गलकोट (बागलुङ) । निर्माण व्यवसायीले निर्धारित समयमा काम गरेको भए...

मोरङमा उपद्रो मच्चाउँदै जङ्गली हात्ती

मोरङमा उपद्रो मच्चाउँदै जङ्गली हात्ती

सुन्दरहरैँचा (मोरङ) । सुन्दरहरैँचा नगरपालिका–८ का ७१ वर्षीय हरिप्रसाद घिमिरेको...

किसानलाई सुन्तला बिक्री गर्न समस्या

किसानलाई सुन्तला बिक्री गर्न समस्या

दमौली (तनहुँ) । तनहुँको देवघाट गाउँपालिकाका किसानलाई सुन्तला बिक्री गर्न...

पर्यटन प्रवर्द्धनका लागि आजदेखि पोखरामा दाइँ महोत्सव

पर्यटन प्रवर्द्धनका लागि आजदेखि पोखरामा दाइँ महोत्सव

कास्की । पोखरामा आजदेखि दाइँ महोत्सव हुने भएको छ ।...

बङ्गलादेशको अन्तर्राष्ट्रिय साहित्य समेलनमा नेपाली साहित्यकारको पनि सहभागिता

बङ्गलादेशको अन्तर्राष्ट्रिय साहित्य समेलनमा नेपाली साहित्यकारको पनि सहभागिता

काठमाडौं । बङ्गलादेशमा सम्पन्न अन्तराष्ट्रिय साहित्य सम्मेलन २०२५ मा नेपालबाट...

महिला विश्वकप क्रिकेटः पहिलो खेलमा नेपाल बङ्गलादेशसँग पराजित

महिला विश्वकप क्रिकेटः पहिलो खेलमा नेपाल बङ्गलादेशसँग पराजित

काठमाडौँ । आईसीसी यू–१९ टी–२० महिला विश्वकप क्रिकेट प्रतियोगिता आफ्नो...