भनिन्छ, अक्सर दम्पतीको खटपट ओछ्यानबाट सुरु हुन्छ । फिका यौन–जीवनले दम्पतीको सम्बन्ध सुमधुर रहँदैन । त्यसैले दाम्पत्य सम्बन्धमा यौनको महत्त्वपूर्ण भूमिका हुन्छ ।
त्यसो त यौन जीवन रोमाञ्चक बनाउनका लागि श्रीमान् र श्रीमती दुवैको समान सहभागिता र सक्रियता आवश्यक हुन्छ । यसमा एक जनाको मात्र इच्छा पनि लाद्नु हुँदैन । दुवै मानसिक र शारीरिक रूपमा तयार भएपछि गरिने यौन क्रिया सही हो ।
जबकि आफ्नो महिला पार्टनरलाई कसरी यौनका लागि तयार गर्ने भन्ने प्रायः पुरुषहरूको समस्या हुन्छ । यौन सम्बन्धको क्रममा कस्ता क्रियाकलाप गर्दा आफ्नो पार्टनरले उत्तेजना महसुस गर्छ भन्ने कुरामा पुरुषहरू त्यति चासो राख्दैनन् ।
सुन्दा अचम्म लाग्छ । तर, केवल राम्रो चुम्बनका लागि मात्र होइन राम्रो फोर प्लेका लागि पनि तपाईँले आफ्नो श्वासलाई लयबद्ध बनाउन जान्नुपर्छ । तपाईँले जब आफ्नो पार्टनरलाई चुम्बन गर्नुहुन्छ । त्यो समयमा पार्टनरलाई सास फेर्न गाह्रो भएको छ कि भन्ने कुरालाई ध्यान दिनुपर्छ । त्यस्तै, तपाईँको पार्टनरलाई उत्तेजित गर्न सासले कस्तो काम गर्छ भन्ने कुरा पनि तपाईंंलाई थाहा हुनुपर्छ ।
चुम्बनपछि अन्य क्रियाकलाप जस्तै घाँटीहरूमा पनि चुम्बन गर्ने जस्ता क्रियाकलापले तपाईँको पार्टनर छिट्टै मुडमा आउँछिन् र यौन क्रियाकलापमा आफ्नो सहभागिता पनि जनाउँछिन् । घाँटीको वरपर चुम्बन गर्दा लामो समयसम्म चुम्बन गर्दै आफ्नो तातो सासको पनि प्रयोग गर्नुपर्छ ।
महिलाहरूलाई मुडमा ल्याउनका लागि र यौन कियाकलापमा उनीहरूको सहभागिता सुनिश्चित गर्नका लागि ओरल सेक्सले महत्त्वपूर्ण भूमिका निभाउँछ । तपाईँले गर्नुभएको ओरल सेक्सले तपाईँको पार्टनरलाई चरम सुख प्राप्त हुन्छ ।
भजाइनल स्टिम्युलेशनले महिलाहरू पूर्णरुपमा मदहोस् हुन्छन् । त्यस्तो स्थितिमा उनीहरुसँग यौन सम्बन्ध राख्न उपयुक्त हुन्छ । यौन सम्बन्ध राख्नका लागि यो सही समय हुन्छ । किनभने यो स्थितिमा कपलले यौन सम्पर्कको अत्यधिक आनन्द लिन सक्छन् ।
महिलाले यसरी प्राप्त गर्छन् चरम सुख
जब कुरा चरम सुख प्राप्तिको हुन्छ, यसका विभिन्न तरिकाहरू छन् । हिजोआज त इन्टरनेटको माध्यमले पनि तपाईँ कसरी चरम सुख प्राप्त गर्ने भन्ने कुरा थाहा पाउन सक्नुहुन्छ । तर, महिलाहरूलाई भजाइनल अर्गेज्म प्राप्त गर्न सजिलो छैन, किनभने यो कुनै नियम पुस्तक होइन, जसको आधारमा चरम सुख प्राप्त हुन्छ । त्यस्तै महिलाहरूलाई केवल पेनिट्रेसनले मात्र पनि चरम सुुख प्राप्त गर्न गाह्रो हुन्छ ।
यदि पेनिट्रेटिव सेक्सको माध्यबाट तपाईँ चरमा सुख प्राप्त गर्न सकिरहनुभएको छैन भने साधारण तरिकाहरूलाई अपनाएर यौन चरम सुख प्राप्त गर्न सक्नुहुन्छ ।
यौन क्रियाकलापको माध्यमबाट खुसी, सन्तुष्टि प्राप्त गर्नु छ भने यौन पूर्व गरिने क्रियाकलापमा ध्यान दिनु आवश्यक छ । यौन सम्पर्क राख्नु अगाडि शारीरिक र मानसिक रूपमा आफू र आफ्नो पार्टनरलाई तयार गर्ने तरिकालाई फोर प्ले भनिन्छ । चुम्बन, मसाज गर्नु, पार्टनरलाई कसेर अँगालोमा बाँध्नु जस्ता सबै कुराले तपाईँलाई यौनका लागि तयार गर्न र चरम सुख प्राप्त गर्नका लागि सहयोग पु¥याउँछ । फोर प्लेको माध्यमबाट महिलाहरू आनन्दको महसुस गर्छन् र यौन सम्पर्कका सम्पूर्ण क्रियाकलापमा रमाउन थाल्छिन् ।
आफ्नो शरीरलाई यौन र चरम सुखका लागि तयार गर्ने अर्को राम्रो तरिका सेल्फ लभ अर्थात् मास्टरबेसन (हस्तमैथुन) का केहि तरिकाहरूलाई अपनाएर आफूलाई कुन कुराले धेरै खुसी प्राप्त हुन्छ भन्ने कुरा पत्ता लगाउन सक्नुहुन्छ ।
तपाईँको सेक्स पार्टनरसँग डर्टी टक गर्न, यौन सम्बन्धित खेल खेल्दा र विभिन्न किसिमका सेक्सुअल आवाज निकाल्नु तपाईँको लागि अति नै फाइदाजनक हुन्छ भन्दा तपाईँ आश्चर्यमा पर्न सक्नुहुन्छ । त्यस्ता सबै कुराहरूले पनि तपाईंंलाई चरम सुख प्राप्त गर्न सहयोग गर्छ ।
प्रायः महिलाहरू आफ्नो शरीरको विशेष अंग अर्थात् भजाइनामा ध्यान नदिने गल्ती गर्छन् । जब आफ्नो भजाइनाको बारेमा थाहा पाउनुहुन्छ । तब तपाईंंलाई पेनिट्रेशनको माध्यमले तपाईँ भिन्दा–भिन्नै किसिमका चरम सुख प्राप्त गर्न सक्नुहुन्छ भन्ने कुरा थाहा हुन्छ । त्यसैले आफ्नो बारेमा पनि थाहा पाउन आवश्यक छ ।
वि.सं.२०८१ मंसिर १८ मंगलवार १७:५८ मा प्रकाशित





























