back
CTIZAN AD

चिनियाँ पर्यटन प्रवर्द्धनका लागि ‘निहाओ चाइना’ कार्यक्रमको आयोजना

वि.सं.२०८१ मंसिर २० बिहीवार

903 

shares

काठमाडौं । काठमाडौंमा चिनियाँ पर्यटन प्रवर्द्धनका लागि ‘निहाओ चाइना’ कार्यक्रमको आयोजना गरिएको छ । बुधबार चिनियाँ राष्ट्रिय पर्यटन कार्यालय काठमाडौं, एयर चाइना, चाइना साउर्दन एयरलाइन्स र चाइना इस्टर्न एयरलाइन्स काठमाडौंले संयुक्तरुपमा सो कार्यक्रमको आयोजना गरेको हो ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै नेपालस्थित चिनियाँ सांस्कृतिक केन्द्रकी निर्देशक स्याओ च्याङले चिनियाँ पर्यटन प्रवर्द्धनका लागि निहाओ चाइना कार्यक्रममार्फत नेपालका पर्यटन व्यवसायी र पर्यटन क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूले चिनियाँ पर्यटन प्रवर्द्धन सम्बन्धी नीतिबारे जानकारी हासिल गर्न सहयोग पुग्ने बताइन् । उनले यश कार्यक्रमबाट दुवै देशका पर्यटन व्यवसायीहरुले आ आफ्ना अनुभव साटासाट गर्दै चीन र नेपालको पर्यटनको विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिन् ।

कार्यक्रमलाई एयर चाइना काठमाडौंका व्यवस्थापक चाङ स्वेसङ, चाइना साउर्दन एयरलाइन्स काठमाडौंका निर्देशक याङ वेनफु र चाइना इस्टर्न एयरलाइन्स काठमाडौंका प्रबन्ध निर्देशक चाङ् यीले आ आफ्नो कम्पनीका बारेमा जानकारी दिए । साथै चीनका पर्यटन व्यवसायी कम्पनीहरु पनि चिनियाँ पर्यटनका बारेमा जानकारी दिएका थिए ।

त्यसैगरी, चिनियाँ राष्ट्रिय पर्यटन कार्यालय काठमाडौंका कर्मचारी मोहन सुवालले चीनका विभिन्न पर्यटकीय तथा ऐतिहासिक स्थल र चिनियाँ परिकारका बारेमा जानकारी दिएका थिए ।

कार्यक्रममा गोला प्रथामार्फत तीन जना नेपालीले चीन जानका लागि हवाई टिकट जित्न सफल भएका छन् ।

कार्यक्रममा नेपाल र चीन दुवै देशका विभिन्न पर्यटन व्यवसायी तथा पर्यटन क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

वि.सं.२०८१ मंसिर २० बिहीवार १२:२२ मा प्रकाशित

नर्वेमा एनआरएनएको नेतृत्वमा बाढी–पहिरो पीडितका लागि राहत सङ्कलन गरिने

नर्वेमा एनआरएनएको नेतृत्वमा बाढी–पहिरो पीडितका लागि राहत सङ्कलन गरिने

ओस्लो, नर्वे । नेपालमा बाढी–पहिरोबाट प्रभावित परिवारका लागि नर्वेमा रहेका...

बाढीपीडितको सहयोगमा अखिल (क्रान्तिकारी) र वाईसीएल

बाढीपीडितको सहयोगमा अखिल (क्रान्तिकारी) र वाईसीएल

काठमाडौं । बाढीबाट प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले विद्यार्थी संगठन...

शव खोजी तथा व्यवस्थापनमा नेपाली सेनाको अपरेसन तीव्र

शव खोजी तथा व्यवस्थापनमा नेपाली सेनाको अपरेसन तीव्र

काठमाडौं । रसुवाको भोटेकोशीमा गत बुधबार आएको विनाशकारी बाढीपछि बेपत्ता...

रसुवा सडक सञ्जालमा पुनः जोडियो

रसुवा सडक सञ्जालमा पुनः जोडियो

काठमाडौं । टोखा–छहरे–गड्खार पुल–आप्र–नर्जा–लच्याङ–सरमथली–पाटीखर्क हुँदै बोगटीटार–कालिकास्थान–धुन्चे सडकखण्ड सञ्चालनमा आएको छ।...

भोटेकोशी बाढीमा एनआईसी एशिया बैंकका तीन शाखा पूर्णरुपमा ध्वस्त, कर्मचारीहरु सुरक्षित

भोटेकोशी बाढीमा एनआईसी एशिया बैंकका तीन शाखा पूर्णरुपमा ध्वस्त, कर्मचारीहरु सुरक्षित

काठमाडाैँ । गत बुधवार रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण...