back
CTIZAN AD

आउने निर्वाचनमा माओवादी गठबन्धन नगर्ने

वि.सं.२०८१ मंसिर २० बिहीवार

873 

shares

काठमाडौँ । नेकपा माओवादी केन्द्रले आगामी निर्वाचनमा कसैसँग गठबन्धन नगरी एक्लै चुनाव लड्ने पार्टीको निर्णयलाई जनताले अनुमोदन गरेको निष्कर्ष निकालेको छ । अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बिहीबार बसेको पदाधिकारी बैठकमा उपचुनावको समीक्षा गर्दै सबैतिर माओवादीको राम्रो जनमत आएको ठहर गरेको हो ।

बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै उपाध्यक्ष अग्नि सापकोटाले कीर्तिपुरमा हारे पनि जितकै रूपमा लिएर पार्टी कार्यकर्ता उत्साहित भएको बताए । उनले आगामी जितका लागि उपचुनावले थप आधार दिएको समेत बताए ।

उपचुनावबाट माओवादी पार्टी दोस्रो स्थानमा आएको बताउँदै सापकोटाले २०६४ पछि पार्टी पहिलो पटक एकताबद्ध भएर चुनावमा गएको बताए । उनले अब पालिका अधिवेशन र खबरदारी सभामा नेतृत्व केन्द्रित रहने जानकारी दिए ।

उपचुनावको समीक्षा गर्दै अब २०८४ को चुनावका लागि माओवादीले सबै तयारी थाल्ने बताए । ‘अबको सबै तयारी भनेको २०८४ को चुनाव जित्नका लागि हो । अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले थालेको सुशासनको अभियानलाई जनतासम्म लैजान्छौँ’ सापकोटाले भने, ‘हामी बिचमा केही समय अलमलिए पनि अब जनता र हाम्रो मन एकै ठाउँमा भएको जस्तो लागेको छ ।’

सापकोटाले २०८४ को चुनावको एजेन्डा प्रत्यक्ष निर्वाचित राष्ट्रपति, पूर्ण समानुपातिक निर्वाचन र सांसदहरू मन्त्री नबन्ने गरी संविधानमा व्यवस्था गर्नेतर्फ रहने पनि उनले जानकारी दिए ।

यस्तै, विद्युत् प्राधिकरणमा मन्त्री दीपक खड्काले कार्यकक्ष खोलेको विषयमा असन्तुष्टि जनाएको छ । मन्त्रीले इतिहासमै नभएको विद्युत् प्राधिकरणमा कार्यकक्ष खोलेर बस्ने काम गरेको भन्दै माओवादीले विरोध जनाएको छ । सापकोटाले भने ‘यसले प्राधिकरणको काममा अवरोध गरेको छ । बिचौलिया र भ्रष्टाचारी जोगाउने काम गरेको छ । यसका विरुद्धमा व्यवस्थित खबरदारी सभा गर्नेछौ ।’

 

वि.सं.२०८१ मंसिर २० बिहीवार १२:१८ मा प्रकाशित

नर्वेमा एनआरएनएको नेतृत्वमा बाढी–पहिरो पीडितका लागि राहत सङ्कलन गरिने

नर्वेमा एनआरएनएको नेतृत्वमा बाढी–पहिरो पीडितका लागि राहत सङ्कलन गरिने

ओस्लो, नर्वे । नेपालमा बाढी–पहिरोबाट प्रभावित परिवारका लागि नर्वेमा रहेका...

बाढीपीडितको सहयोगमा अखिल (क्रान्तिकारी) र वाईसीएल

बाढीपीडितको सहयोगमा अखिल (क्रान्तिकारी) र वाईसीएल

काठमाडौं । बाढीबाट प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले विद्यार्थी संगठन...

शव खोजी तथा व्यवस्थापनमा नेपाली सेनाको अपरेसन तीव्र

शव खोजी तथा व्यवस्थापनमा नेपाली सेनाको अपरेसन तीव्र

काठमाडौं । रसुवाको भोटेकोशीमा गत बुधबार आएको विनाशकारी बाढीपछि बेपत्ता...

रसुवा सडक सञ्जालमा पुनः जोडियो

रसुवा सडक सञ्जालमा पुनः जोडियो

काठमाडौं । टोखा–छहरे–गड्खार पुल–आप्र–नर्जा–लच्याङ–सरमथली–पाटीखर्क हुँदै बोगटीटार–कालिकास्थान–धुन्चे सडकखण्ड सञ्चालनमा आएको छ।...

भोटेकोशी बाढीमा एनआईसी एशिया बैंकका तीन शाखा पूर्णरुपमा ध्वस्त, कर्मचारीहरु सुरक्षित

भोटेकोशी बाढीमा एनआईसी एशिया बैंकका तीन शाखा पूर्णरुपमा ध्वस्त, कर्मचारीहरु सुरक्षित

काठमाडाैँ । गत बुधवार रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण...