back
CTIZAN AD

अध्यक्ष दाहालसँग अमेरिकी सहायक विदेशमन्त्री लुको भेटवार्ता

वि.सं.२०८१ मंसिर २३ आइतवार

624 

shares
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग संयुक्त राज्य अमेरिकाका सहायक विदेशमन्त्री डोनाल्ड लुले भेटवार्ता गरेका छन् ।
अध्यक्ष दाहालको निवास खुमलटारमा आज भएको उक्त भेटवार्तामा उनीहरुबीच द्विपक्षीय आपसी हितका विविध विषयमा कुराकानी भएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ । भेटमा अध्यक्ष दाहालले नेपाल र अमेरिकाबीच लामो समयदेखिको सम्बन्ध रहेको उल्लेख गर्दै यस्ता भ्रमण र भेटवार्ताले आपसी सम्बन्धलाई थप बलियो बनाउने विश्वास व्यक्त गरे । साथै उनी नेपालको शान्ति प्रक्रिया राष्ट्रिय सहमतिका साथ मौलिक रुपमा सम्पन्न हुन थालेको जानकारी गराउँदै यसमा अन्तर्राष्ट्रिय समुदायको सद्भावका लागि धन्यवाद दिएका थिए ।
सो अवसरमा अमेरिकी सहायकमन्त्री लुले नेपालको प्रगति आफूहरुका लागि खुसीको विषय हुने भन्दै सबै प्रकारका सहयोग र सद्भाव बढाउँदै लैजाने बताएका थिए । उनले नेपालको शान्ति प्रक्रिया राष्ट्रिय सहमतिका लागि टुङ्गिन थालेकामा खुसी व्यक्त गर्दै यो अन्तर्राष्ट्रिय समुदायका लागि सुखद खबर भएको बताए।
सहायकमन्त्री लुले नेपालको आर्थिक विकासका लागि अमेरिकाले निरन्तर सहयोग गर्दै आएको उल्लेख गर्दै अमेरिकी सरकारले मात्रै नभई अमेरिकी जनताले पनि नेपालको विकासका लागि सहयोग गर्दै आएको बताए ।

वि.सं.२०८१ मंसिर २३ आइतवार २०:१० मा प्रकाशित

नेपाल भलिबल लिगको खेल तालिका सार्वजनिक, पहिलो खेलमा मधेश र सगरमाथा भिड्दै

नेपाल भलिबल लिगको खेल तालिका सार्वजनिक, पहिलो खेलमा मधेश र सगरमाथा भिड्दै

काठमाडौं । एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) को...

नाडा अटो शो २०२६ सम्पन्न, यी हुन पाँच उत्कृष्ट स्टल

नाडा अटो शो २०२६ सम्पन्न, यी हुन पाँच उत्कृष्ट स्टल

काठमाडौं । नेपालको सबैभन्दा ठूलो अटोमोबाइल प्रदर्शनी ‘नाडा अटो शो...

विपद्को अवस्थामा आलोचना होइन, सहयोग र सहकार्य गर्न एनआरएनए प्रवक्ता सोम सापकोटाको आग्रह

विपद्को अवस्थामा आलोचना होइन, सहयोग र सहकार्य गर्न एनआरएनए प्रवक्ता सोम सापकोटाको आग्रह

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का प्रवक्ता सोम सापकोटाले...

पहिराबाट विभिन्न ठाउँका सडक अवरुद्ध

पहिराबाट विभिन्न ठाउँका सडक अवरुद्ध

काठमाडौँ । भोटेकोशी बाढीका साथै अविरल वर्षाका कारण पहिरो खस्दा...

अफ्रिकाका नेपालीले मातृभूमिको पीडामा सहयोग गर्न एक करोडभन्दा बढी राहत जुटाउँदै

अफ्रिकाका नेपालीले मातृभूमिको पीडामा सहयोग गर्न एक करोडभन्दा बढी राहत जुटाउँदै

लागोस, नाइजेरिया । नेपालमा आएको बाढीबाट प्रभावित नागरिकका लागि अफ्रिकामा...

भोटेकोशी विपद्ममा विश्व समुदायको ध्यानाकर्षण गराउन बुद्धिजीवी संगठनको आग्रह

भोटेकोशी विपद्ममा विश्व समुदायको ध्यानाकर्षण गराउन बुद्धिजीवी संगठनको आग्रह

काठमाडौं । नेपाल बुद्धिजीवी संगठनले भोटेकोशी नदीमा आएको भीषण बाढी...