नवलपुर । खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घ, नेपाल जिल्ला शाखा नवलपुरको दोस्रो अधिवेशनबाट अध्यक्षमा खिमानन्द भुसाल सर्वसम्मत चयन भएका छन् । उनी दोस्रो पटक अध्यक्षमा मनोनयन भएका हुन् । भुसाल देवचुली नगरपालिकामा रहेको खानेपानी संस्था प्रगति नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष समेत हुन् ।
खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घ, नेपाल जिल्ला शाखा नवलपुरको उपाध्यक्षमा गैँडाकोटका केशवराज शर्मा पौडेल, सचिवमा कावासोती नगरपालिकाका अर्जुन चालिसे, कोषाध्यक्षमा गैँडाकोट नगरपालिकाका पार्वती शर्मा लम्साल, सदस्यमा मध्यविन्दु नगरपालिकाका उदयराज अर्याल, मध्यविन्दु नगरपालिकाका मनोज गुरुङ, कावासोती नगरपालिकाका ज्योति ढकाल न्यौपाने, हुप्सेकोट गाउँपालिकाका टेकनाथ सिग्देल, गैँडाकोट नगरपालिकाका राधिका सापकोटा पाठक, देवचुली नगरपालिकाका पवन बुढाथोकी, देवचुली नगरपालिकाका ईन्द्रमणी भुसाल, विनयी त्रिवेणी गाउँपालिकाका सालिकराम तिमिल्सना, देवचुली नगरपालिकाका रुमकला काफ्ले, गैँडाकोट नगरपालिकाका शान्ति सुवेदी सापकोटा, देवचुली नगरपालिकाका लालप्रसाद अधिकारीलाई चयन भएका छन् ।
यस्तै बौदिकाली र बुलिङ्टारबाट १/१ जनालाई समितिले मनोनयन गर्ने भएको छ । खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घ नेपाल नवलपुरको दोस्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ । मङ्गलवार दलदलेमा खानेपानी उपभोक्ता संस्थाहरूको दोस्रो जिल्ला अधिवेशन तथा पूर्वाधार विकास, सुशासन र नेतृत्व विकास सम्बन्धी कार्यक्रम भएको हो ।
कार्यक्रममा विष्णुकुमार कार्कीले गुणस्तरीय खानेपानी पिउन पाउनु नागरिकको नैसर्गिक अधिकार भएकाले खानेपानी विस्तारलाई थप व्यवस्थित गरी नवलपुरका सबै पालिकामा पुर्याउन पर्ने बताए । उनले खानेपानी महासङ्घको साथमा रहेको भन्दै भविष्यमा पनि आफ्नो साथ र सहयोग रहने बताए ।
कार्यक्रमको अध्यक्षता ग्रहण गरेका खिमानन्द भुसालले महासङ्घले तीन वर्षे कार्यकालमा गरेका कार्य एवम् भावी योजनाहरू प्रस्तुत गरेका थिए ।
कार्यक्रममा स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख केशव प्रसाद चापागाईँ, नेपाल रेडक्रस सोसाइटी नवलपुरका अध्यक्ष डिल्लीराम कडरिया, देवचुली नगरपालिका १३ का वडाध्यक्ष एकदेव पौडेल, देवचुली नगरपालिकाका नगर प्रवक्ता तिल प्रसाद काफ्ले, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय तनहुँका प्रमुख शम्भु खनाल र देवचुली नगरपालिकाका नगर प्रमुख हरि प्रसाद न्यौपानेले लगायतले बोलेका थिए ।
वि.सं.२०८१ मंसिर २६ बुधवार ११:१२ मा प्रकाशित





























