back

भारतको अस्पतालमा आगलागी, छ जनाको मृत्यु

वि.सं.२०८१ मंसिर २८ शुक्रवार

228 

shares
GLOBAL IME AD
NTC AD

नयाँदिल्ली। दक्षिणी भारतको एक निजी अस्पतालमा आगलागी हुँदा कम्तीमा छ जनाको मृत्यु भएको प्रहरीले शुक्रबार जनाएको छ । आगलागीमा दुई दर्जनभन्दा बढी घाइते भएका छन् ।

आगो निभाउने उपकरणको अभाव र सुरक्षा नियमहरूको नियमित बेवास्ताका कारण भारतमा भवनमा आगलागी हुनु सामान्य हो ।

दक्षिणी राज्य तमिलनाडुमा बिहीबार राति आगलागी भएको थियो र यसको कारणबारे अझै अनुसन्धान भइरहेको छ ।

प्रेस ट्रस्ट अफ इन्डियाका अनुसार दिन्डिगुल सहरको अस्पतालमा लिफ्टभित्र सबै छ जना पीडित बेहोस अवस्थामा फेला परेका थिए ।

प्रहरी अधीक्षक ए प्रदीपले करिब ३० जना घाइते भएको तर सबैको अवस्था ‘स्थिर’ रहेको बताए ।

टाइम्स अफ इन्डियाका अनुसार आगो भुइँतलाको रिसेप्शन क्षेत्रमा सुरु भयो र द्रुत गतिमा अन्य तलाहरूमा फैलियो ।

उत्तरी राज्य उत्तर प्रदेशको अस्पतालमा आगलागी हुँदा १० नवजात शिशुको मृत्यु भएको केही हप्तापछि यो आगलागी भएको हो ।

यसै वर्षको सुरुमा नयाँदिल्लीको एउटा बाल अस्पतालमा यस्तै आगलागीमा छ जना शिशुको मृत्यु भएको थियो ।

मे महिनामा गुजरात राज्यको एउटा भरिएको मनोरञ्जन पार्क आर्केडमा आगलागी हुँदा केही बालबालिकासहित कम्तीमा २७ जनाको मृत्यु भएको थियो । (रासस/एएफपी)

वि.सं.२०८१ मंसिर २८ शुक्रवार १४:२२ मा प्रकाशित

सातवर्षमा चौथो पटक म्याद थप्दा पनि सडक कालोपत्र नभएपछि सास्ती खेप्दै स्थानीय

सातवर्षमा चौथो पटक म्याद थप्दा पनि सडक कालोपत्र नभएपछि सास्ती खेप्दै स्थानीय

गलकोट (बागलुङ) । निर्माण व्यवसायीले निर्धारित समयमा काम गरेको भए...

मोरङमा उपद्रो मच्चाउँदै जङ्गली हात्ती

मोरङमा उपद्रो मच्चाउँदै जङ्गली हात्ती

सुन्दरहरैँचा (मोरङ) । सुन्दरहरैँचा नगरपालिका–८ का ७१ वर्षीय हरिप्रसाद घिमिरेको...

किसानलाई सुन्तला बिक्री गर्न समस्या

किसानलाई सुन्तला बिक्री गर्न समस्या

दमौली (तनहुँ) । तनहुँको देवघाट गाउँपालिकाका किसानलाई सुन्तला बिक्री गर्न...

पर्यटन प्रवर्द्धनका लागि आजदेखि पोखरामा दाइँ महोत्सव

पर्यटन प्रवर्द्धनका लागि आजदेखि पोखरामा दाइँ महोत्सव

कास्की । पोखरामा आजदेखि दाइँ महोत्सव हुने भएको छ ।...

बङ्गलादेशको अन्तर्राष्ट्रिय साहित्य समेलनमा नेपाली साहित्यकारको पनि सहभागिता

बङ्गलादेशको अन्तर्राष्ट्रिय साहित्य समेलनमा नेपाली साहित्यकारको पनि सहभागिता

काठमाडौं । बङ्गलादेशमा सम्पन्न अन्तराष्ट्रिय साहित्य सम्मेलन २०२५ मा नेपालबाट...

महिला विश्वकप क्रिकेटः पहिलो खेलमा नेपाल बङ्गलादेशसँग पराजित

महिला विश्वकप क्रिकेटः पहिलो खेलमा नेपाल बङ्गलादेशसँग पराजित

काठमाडौँ । आईसीसी यू–१९ टी–२० महिला विश्वकप क्रिकेट प्रतियोगिता आफ्नो...