back
CTIZAN AD

हुलाक सेवा संवेदनशील र महत्वपूर्ण छः सञ्चारमन्त्री गुरुङ

वि.सं.२०८१ पुस १ सोमवार

675 

shares

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले हुलाक सेवा संवेदनशील र महत्वपूर्ण निकाय हुँदाहुँदै पनि राज्यको बेवास्ताका कारण पछि परेको बताएका छन् ।

मन्त्रालयमा आज हुलाक सेवा विभागले ‘एक सय ५०औँ विश्व हुलाक दिवस’ र ‘इन्टरपोल एक सयौँ वार्षिकोत्सव’ शीर्षकका दुई हुलाक टिकटमा टाँचा प्रदानपछि उनले हुलाकलाई आधुनिकीकरण गर्न आफू प्रतिबद्ध रहेको बताए । हुलाक सेवा बलियो नहुँदा सूचना प्रविधिको विकाससँगै निजी क्षेत्रले फाइदा उठाइरहेको मन्त्री गुरुङको भनाइ थियो ।

उनले परम्परागत कार्यशैलीमा थप रूपान्तरण गरेर विभागले ‘डिजिटल’ शैलीमा सेवा प्रदान गर्न जरूरी रहेको बताए । जसका लागि सुरक्षण मुद्रण केन्द्रलाई व्यवस्थित गर्दै मन्त्रालय कार्यकारी प्रमुख नियुक्ति प्रक्रिया करिब अन्तिम चरणमा पुगेको मन्त्री गुरुङले जानकारी दिए । “सुरक्षण मुद्रण केन्द्रको सिइओ बनाइसकेका छौँ । अब आफ्नै देशको छापाखानाबाट कागजात छाप्न सक्षम हुन्छौँ”, उनले भने, “सुरक्षण मुद्रण परिचालन हुन थालेपछि धेरै राजस्व बचाउन सकिन्छ ।”

वि.सं.२०८१ पुस १ सोमवार १७:४४ मा प्रकाशित

विपद् व्यवस्थापनका लागि प्रदेशदेखि पालिकासम्म सर्वदलीय राजनीतिक संयन्त्र गठन गरिने

विपद् व्यवस्थापनका लागि प्रदेशदेखि पालिकासम्म सर्वदलीय राजनीतिक संयन्त्र गठन गरिने

काठमाडौँ । विपद् प्रभावित क्षेत्रमा खोज तथा उद्धार, राहत वितरण,...

कृष्णभीर पहिरोको दीर्घकालीन समाधान खोजिँदै, टनेलदेखि बाइपाससम्मको अध्ययन हुने

कृष्णभीर पहिरोको दीर्घकालीन समाधान खोजिँदै, टनेलदेखि बाइपाससम्मको अध्ययन हुने

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा गएको पहिरोका कारण अवरुद्ध सडक...

भोटेकोसी बाढी : हालसम्म १,०५० शव फेला, ११,८८४ जनाको उद्धार

भोटेकोसी बाढी : हालसम्म १,०५० शव फेला, ११,८८४ जनाको उद्धार

काठमाडौँ । रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीमा हालसम्म १ हजार...

भोटेकोसी घटनाको सातौँ दिनः यस्तो छ खोज, उद्धार र राहत अपडेट

भोटेकोसी घटनाको सातौँ दिनः यस्तो छ खोज, उद्धार र राहत अपडेट

काठमाडौँ । सँधै झै दैनिक अपडेट सार्वजनिक गर्दै आएका प्रधानमन्त्री...

सरकारद्वारा सूचना सम्प्रेषण गर्न राष्ट्रिय पोर्टल सञ्चालनमा

सरकारद्वारा सूचना सम्प्रेषण गर्न राष्ट्रिय पोर्टल सञ्चालनमा

काठमाडौँ । नेपाल सरकारले नागरिकलाई सरकारी सूचना तथा सेवासम्बन्धी जानकारी...

भोटेकोसी अपडेट : एक विदेशी नागरिकसहित ११८ जनाको उद्धार

भोटेकोसी अपडेट : एक विदेशी नागरिकसहित ११८ जनाको उद्धार

काठमाडौँ । भोटेकोसी बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई साधनमार्फत...