back
CTIZAN AD

पुस १३ देखि २६ औँ पोखरा सडक महोत्सव हुँदै

वि.सं.२०८१ पुस ३ बुधवार

930 

shares

काठमाडौं । आन्तरिक र बाह्य पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पर्यटनको राजधानी पोखरामा यही पुस १३ देखि १७ गतेसम्म २६ औँ पोखरा सडक महोत्सव हुने भएको छ ।

रेष्टुराँ एण्ड बार एसोसिएसन (रेवान) पोखराले अङ्ग्रेजी नयाँ वर्षको अवसरमा महोत्सव आयोजना गर्न लागेको हो । पोखरा सडक महोत्सवको सम्पूर्ण तयारी पूरा भएको रेवानले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । रेवानका केन्द्रीय अध्यक्ष सङ्घर्ष विष्टले सडक महोत्सवले आन्तरिक पर्यटन प्रवर्द्धनका साथै विदेशी पर्यटकको बसाई लम्ब्याउन मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

महोत्सवले स्थानीय पर्यटनमा नेपाली उत्पादनलाई प्रोत्साहन र विश्व बजारमा पु¥याउन पनि मद्दत पुगेको उनको भनाइ छ । अध्यक्ष विष्टले विभिन्न नेपाली खाना, जातीय वेशभूषा र परम्परागत संस्कृतिको प्रदर्शनले समग्र पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने बताए ।

‘सडकमै खाऔँ, सडकमै रमाऔँ’ भन्ने नाराका साथ पोखराको लेकसाइड क्षेत्रको करिब तीन किलोमिटर क्षेत्रमा महोत्सव हुँदैछ । कला संस्कृति प्रवर्द्धन गर्न, स्थानीयस्तरमा उत्पादित सामग्रीलाई बजारीकरण र त्यसको प्रचार प्रसार तथा ब्राण्डिङ गराउने एउटै थलोका रुपमा पोखरा सडक महोत्सवलाई लिइन्छ । महोत्सवले पर्यटक आकर्षण गर्नुका साथै लोपोन्मुख सामग्रीको संरक्षण गर्न ‘प्लेटफर्म’ पनि दिँदै आएको छ ।

समग्रमा सडक महोत्सव स्थानीयस्तरमा आर्थिक गतिविधि चलायमान, विदेशी मुद्रा आर्जन, रोजगारी सिर्जना गर्ने दरिलो माध्यम बनेको महोत्सवका संयोजक विकास भट्टराईले बताए । “पोखरामा महोत्सव आयोजना गर्नुअघि अङ्ग्रेजी नयाँ वर्ष मनाउन धेरै नेपाली नागरिक पनि विदेशी जाने चलन थियो, नेपालमा आकर्षक कार्यक्रम नहुँदा विदेशी पर्यटक पनि नेपाल छाडेर घर फर्कन्थे”, उनले भने, “तर, विगत २५ वर्षदेखिको निरन्तरताले अब नेपाली पर्यटनलाई मात्र नभएर विदेशीलाई पनि नयाँ वर्ष पोखरामा मनाउने वातावरण सिर्जना गराएको छ, महोत्सवकै कारण पोखरामा आन्तरिक र बाह्य पर्यटकको आगमन निकै बढेको छ ।”

महोत्सवको प्रवद्र्धकमा नेपाल पर्यटन बोर्ड, पोखरा महानगरपालिका, गण्डकी प्रदेश सरकार र पोखरा पर्यटन परिषद् रहेका छन् । विगत २५ वर्षदेखि निरन्तर रुपमा हुँदै आएको पोखरा सडक महोत्सव देशकै ठूलो महोत्सवका रुपमा रहँदै आएको छ । यो महोत्सवले पोखरामा आन्तरिक तथा बाह्य पर्यटकको बसाई लम्ब्याउन सहयोगी सिद्ध भएको छ । गत वर्षमात्र पाँच लाख स्वदेशी तथा विदेशी पर्यटकले सडक महोत्सवको अवलोकन गरेको रेवान पोखराका निवर्तमान अध्यक्ष नरेश भट्टराईले जानकारी दिए। यस वर्ष झण्डै पाँच लाख पर्यटकले महोत्सव भ्रमण गर्ने उनको अनुमान छ । महोत्सवले पोखराको मात्र नभई समग्ररुपमा राष्ट्रिय अर्थतन्त्रमा नै महत्वपूर्ण योगदान पुग्ने रेबान पोखराका अध्यक्ष विश्वराज पौडेलले बताए ।

उनका अनुसार महोत्सवको अवसरमा सडक महोत्सवमा रहने रेष्टुराँको मूल्यसूचिमा २० प्रतिशतसम्म छुट दिइने छ । यस्तै होटलमा २० प्रतिशत र प्याराग्लाइडिङ सेवामा १० छुट पाइने छ । स्थानीय उत्पादनको प्रवर्द्धन, वातावरण मैत्री वस्तुहरूको प्रयोग, नेपाली हस्तकलाको प्रवर्द्धनका लागि निःशुल्क व्यापारिक कक्षको व्यस्था गरिएको छ ।

महोत्सवमा मुख्य आकर्षणका रूपमा विभिन्न जातजातिका लोपोन्मुख सांस्कृतिक कार्यक्रम, मौलिक वेशभूषा प्रदर्शन, झाँकी प्रदर्शन प्रतियोगिता, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन, लाइभ कन्सर्ट, खेलकुदतर्फ बोट रेस, वेटर रेस, टग अफ वार, मोमो, ससेज खाने प्रतियोगिता रहेका छन् ।
फाइल फोटो

 

वि.सं.२०८१ पुस ३ बुधवार १४:५० मा प्रकाशित

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

काठमाडौँ । ट्राफिक प्रहरीले गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी...

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

कर्णाली । कर्णाली राजमार्गको दैलेख सडकखण्डमा दुर्घटनाग्रस्त यात्रुवाहक फोर्स गाडी...

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

काठमाडौँ । सरकारले अघि सारेको ‘शासकीय सुधारसम्बन्धी १०० कार्यसूची’ कार्यान्वयन...

कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान

कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान

दैलेख । कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुन्डा विन्द्रासैनी नगरपालिका–७ सांगेतडामा दुर्घटनामा...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...