back
CTIZAN AD

रवि लामिछाने प्रहरी हिरासतमा सुतिरहेको तस्वीर सार्वजनिक

वि.सं.२०८१ पुस ४ बिहीवार

1.2K 

shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको प्रहरी हिरासतमा सुतिरहेको एउटा तस्वीर बाहिरिएको छ । सीसीटीभीबाट लिइएको उक्त तस्वीर बुधबार राति सामाजिक सञ्जालमा सार्वजनिक भएको हो । सार्वजनिक भएको तस्वीरमा लामिछाने सिरहक ओढेर सुतिरहेको देख्न सकिन्छ ।

प्रहरी हिरासतमै रहँदाको उक्त तस्वीर बाहिरिएपछि लामिछाने नेत्तृत्वको दल रास्वपाका नेता तथा समर्थकले आक्रोश व्यक्त गरेका छन् । नेता दीपक बोहराले सामाजिक सञ्जाल फेसबूकमा तस्वीर राख्दै जानाजान प्रहरीले नै तस्वीर सार्वजनिक गरेको दाबी गर्दै आपत्ति जनाएका छन् । कुनै उद्देश्यका लागि तस्वीर सार्वजनिक भएको हुन सक्ने उनले आशंका जनाएका छन् ।

‘अन्याय गर्नुको पनि हद हुन्छ । रवि दाइ हिरासत कक्षमा सुतेको सीसीटीभीको यो फोटो कास्की प्रहरीले कसलाई पठाउन स्क्रिनसट गरेको होला ? अनि, के उद्देश्यका लागि सार्वजनिक गरियो ? कति हो यो फोटोको मूल्य ? न्याय मरेको छैन भने कसैले न कसैले त यसको मूल्य चुकाउनु पर्ला,’ बोहराले फेसबूकमा लेखेका छन् ।

सहकारी ठगी प्रकरणमा गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछाने यतिबेला कास्की प्रहरीको हिरासतमा छन् । उनलाई जिल्ला सरकारी वकिल कार्यालय कास्कीले सहकारी ठगी, सङ्गठित अपराध एवं सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित अभियोगपत्र शुक्रबार अदालतमा दर्ता गर्दैछ ।

मंगलबार थप चार दिन हिरासतमा राख्न अनुमति पाएपछि प्रहरीबाट आएको राय प्रतिवेदनलाई अध्ययन गरेर शुक्रबारभित्रै अभियोजन गर्ने सरकारी वकिल कार्यालयको तयारी छ ।

वि.सं.२०८१ पुस ४ बिहीवार १०:५१ मा प्रकाशित

४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त, ४१ पुलमा क्षति

४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त, ४१ पुलमा क्षति

काठमाडौं । बुधबार भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवामा...

अवस्था अझै चुनौतीपूर्ण छ भन्दै प्रधानमन्त्रीले लेखे यस्तो स्टाटस

अवस्था अझै चुनौतीपूर्ण छ भन्दै प्रधानमन्त्रीले लेखे यस्तो स्टाटस

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण...

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

नवलपरासी । रसुवा जिल्लाको भोटेकोसी नदीमा आएको भीषण बाढी तथा...

प्रधानमन्त्रीद्वारा मुख्यसचिवसहित सचिवहरूसँग छलफल

प्रधानमन्त्रीद्वारा मुख्यसचिवसहित सचिवहरूसँग छलफल

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले...