back
CTIZAN AD

देवचुली नगरपालिकाको दोस्रो नगर सभा तथा छैटौं अधिवेशन सम्पन्न

वि.सं.२०८१ पुस ७ आइतवार

876 

shares

काठमाडौँ । देवचुली नगरपालिकाको दोस्रो नगरसभाको छैटौं अधिवेशन सम्पन्न भएको छ । अधिवेशनमा हालसम्म नगरपालिकाले गरेको प्रगति विवरण र प्रस्तुत आर्थिक ऐन २०८१ का बारेमा छलफल भएको थियो ।

कार्यक्रमको सुरुवातमा विधायन समितिका संयोजक एकदेव पौडेलले आर्थिक ऐन अन्तर्गतका प्रस्तावहरु प्रस्तुत गरेका थिए । उनले अनुसुची ११ को सेवा शुल्क तथा दस्तुर क्र.सं. ५३ मा रहेको मुलुकी देवानी कार्यविधि २०७४ अनुसार लिखित प्रमाणित दुई हजार रुपैयाँ भएकोमा संशोधन गरी दुई सय कायम गर्न प्रस्ताव पेश गरेका थिए । पेस गरिएको प्रस्ताव पारित भएको छ ।

नगर उपप्रमुख पार्वता तिवारीले देवचुली नगरपालिकाको हालसम्मको प्रगति र संशोधित वार्षिक बजेट तथा कार्यक्रमको विवरण प्रस्तुत गरेकी थिइन् । उनले चालु आर्थिक वर्षको लागि विनियोजन ऐन बाट कूल ९१ करोड १४ लाख ३७ हजार तीन सय ६४ रुपैयाँ वार्षिक बजेट तथा कार्यक्रम पेश भएकोमा हालसम्म नगरपालिकाको समग्र वित्तिय प्रगति १७ प्रतिशत रहेको छ । वार्षिक बजेट तथा कार्यक्रमका लागि वित्तिय समानिकरण अनुदानमा १३ करोड ७० लाख रुपैंया स्रोत अनुमान गरेकोमा हालसम्म १२ करोड ४० लाख ५० हजार रुपैयाँ प्राप्त भएको छ ।

संघीय सरकारको सशर्त अनुदानमा रु ४० करोड ३१ लख ९९ हजार स्रोत अनुमान गरेकोमा हालसम्म १२ करोड ४० लाख १३ हजार ६ सय ७० रुपैंया प्राप्त भएको छ । संघीय सरकारकै राजश्व वाडँफाडबाट ११ करोड ४८ लाख स्रोत अनुमान गरेकोमा हालसम्म रु २ करोड २५ लाख ६ हजार २ सय ९७ प्राप्त भएको छ ।

प्रदेश सरकारको राजश्व वाडँफाडबाट १ करोड ३४ लाख १५ हजार स्रोत अनुमान गरेकोमा हाल सम्म रु ३० लाख ४९ हजार ४ सय ६६ रुपैंया प्राप्त भएको छ । त्यस्तै आन्तरिक आयतर्फ बैंक अल्या सहित रु १६ करोड ३० लाख ६८ हजार ३ सय ६४ रुपैंया स्रोत अनुमान गरेकोमा हालसम्म ११ करोड ६७ लाख ४२ हजार ९ सय ७२ रुपैंया संकलन भएको छ ।

नगरपालिकाले आर्थिक वर्ष २०८१÷०८२ मा ११७ नगरस्तरीय तथा १२९ वडास्तरीय गरी जम्मा २४६ पूर्वधार निर्माणसँगै सम्बन्धित योजना मध्ये ६७ वटा योजनाहरुको लागत अनुमान तयार गरी सम्झौताको प्रक्रियामा रहेको तथा २२ वटा चालु प्रकृतिका योजनाहरुको भुक्तानी गरिएको हो ।

यस्तै न्यायिक समितिमा चालु आर्थिक वर्षमा १५ वटा नयाँ निवेदन दर्ता र गत आ.व मा हस्तान्तरण भएका १६ गरी जम्मा ३१ उजुरी भएकोमा १२ वटा निवेदनको अन्तिम निरुपण भएको छ भने १९ वटा निवेदन दर्ता भई छलफलकै क्रममा रहेको छ ।

पालिका भित्र ज्येष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य परीक्षण, निःशुल्क छातीको एक्सरे, निःशुल्क मोतिविन्दु सम्बन्ध चेक जाँच तथा अपरेशन शिविर, विद्यालय स्वास्थ्य कार्यक्रम संचालन, पूर्ण खोप सुनिश्चितता कार्यक्रम र घरमा सुन्य सत्केरी अभियान कार्यक्रम संचालन गरिएको छ ।

विधायन समिती संयोजक एकदेव पौडेलले प्रस्तुत गर्नुभएको ऐन सर्वसम्मत पारित गर्दै नगर सभाका सभाध्यक्ष हरि प्रसाद न्यौपानेलाई पुस्तिका हस्तान्तरण गरिएको थियो । संशोधित बजेट, विधेयक र प्रस्तुत विषयहरु माथि नगर सभा सदस्यहरुले स्वास्थ्य, शिक्षा, कृषि, पूर्वाधार लगायतका विषयमा प्रश्न गरेका थिए ।

नगरसभा सदस्यहरुको जिज्ञासालाई देवचुली नगरपालिकाका नगर उपप्रमुख पार्वता तिवारीले जवाफ दिनुभएको थियो । कार्यक्रममा देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिवाकर पौडेल, १७ वटै वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, विभिन्न शाखाका प्रमुख एवम् कर्मचारी, पत्रकार, सुरक्षाकर्मी लगायतको उपस्थिति रहेको थियो । नगर प्रमुख हरिप्रसाद न्यौपानेको अध्यक्षतामा अधिवेशन सम्पन्न भएको थियो ।

वि.सं.२०८१ पुस ७ आइतवार १५:२७ मा प्रकाशित

चिकित्सक लाइसेन्स परीक्षामा स्वदेशी कलेज अग्रस्थानमा

चिकित्सक लाइसेन्स परीक्षामा स्वदेशी कलेज अग्रस्थानमा

काठमाडौँ । यसवर्ष नेपाल मेडिकल काउन्सिल (एनएमसी) ले सार्वजनिक गरेको...

पाँच दिनदेखि सगरमाथामा बेपत्ता भएका शेर्पाको उद्धार

पाँच दिनदेखि सगरमाथामा बेपत्ता भएका शेर्पाको उद्धार

काठमाडौँ । सगरमाथा आरोहणका क्रममा पाँच दिनदेखि बेपत्ता भएका दावा...

रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु

रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु

घोराही (दाङ) । रोल्पामा आज बिहान भएको जीप दुर्घटनामा परी...

परराष्ट्रमन्त्री खनाल भारतको औपचारिक भ्रमणमा जाँदै

परराष्ट्रमन्त्री खनाल भारतको औपचारिक भ्रमणमा जाँदै

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल भारतका विदेशमन्त्री डा एस जयशङ्करको...

कामपाले शिक्षण अस्पताललाई उपकरण प्रदान

कामपाले शिक्षण अस्पताललाई उपकरण प्रदान

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले टिचिङ अस्पताल महाराजगञ्जको बहिरङ्ग (ओपीडी) सेवालाई...

हात्तीको दाह्रासहित काठमाडौंबाट पाँच जना पक्राउ

हात्तीको दाह्रासहित काठमाडौंबाट पाँच जना पक्राउ

काठमाडौँ । काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वन्यजन्तुको अखेटोपहार...