back
CTIZAN AD

दक्षिणपूर्वी ब्राजिलमा बस दुर्घटना हुँदा ३८ जनाको मृत्यु

वि.सं.२०८१ पुस ७ आइतवार

924 

shares

साओ पाउलो । दक्षिणपूर्वी ब्राजिलमा भएको बस दुर्घटनामा परी कम्तीमा ३८ जनाको मृत्यु भएको छ ।

ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले शनिबार दक्षिणपूर्वी ब्राजिलमा भएको बस दुर्घटनामा परी कम्तीमा ३८ जनाको मृत्यु भएको बताउँदै मृतकका आफन्तजनप्रति समवेदना प्रकट गरेका छन् ।

ब्राजिलको मिनास गेरैस राज्यमा भएको बस दुर्घटनामा सन् २००७ यताकै सबैभन्दा खराब दुर्घटना भएको संघीय राजमार्ग प्रहरी (पीआरएफ) ले एएफपीलाई जानकारी दिएको छ ।

नागरिक प्रहरीले ३८ जनाको मृत्यु भएको पुष्टि गरेको छ भने नौ जनालाई अस्पताल भर्ना गरिएको छ ।

पीआरएफले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “प्रारम्भिक जानकारीअनुसार ग्रेनाइटको एउटा ब्लक विपरीत दिशाबाट आउँदै गरेको ट्रकबाट खसेर बसलाई ठक्कर दिएको हुन सक्ने देखिएको छ ।”

ट्रक चालक घटनास्थलबाट फरार भएको अग्निनियन्त्रकले बताएका छन् ।

अग्निनियन्त्रकहरूले सुरुमा बिहान ४ बजेतिर बसको टायर पड्किएपछि चालकले नियन्त्रण गुमाएर ट्रकलाई ठक्कर दिएको र पछाडिबाट आएको अर्को गाडीले पनि बसलाई ठक्कर दिएको अधिकारीहरूले बताएका छन् ।

दुर्घटनापछि साओ पाउलोबाट उत्तरपूर्वी बहिया राज्यको भिटोरिया दा कन्क्विस्टातर्फ जाँदै गरेको बसमा आगलागी भएको थियो ।

स्थानीय दमकल विभागका प्रवक्ताले एएफपीसँग भन्नुभयो, “शवको अवस्थाका कारण ठ्याक्कै संख्या यकिन गर्न सम्भव छैन।”

भग्नावशेषबाट जलेको अवशेष निकालेको दमकल विभागले केही घाइतेहरू भित्र फसेको जनाएको छ।

शनिबार बिहान सार्वजनिक गरिएको एक भिडियोमा मिनास गेरैस फायर डिपार्टमेन्टका लेफ्टिनेन्ट एलोन्सो भिएरा जुनियरले भग्नावशेष हटाउन क्रेनको आवश्यकता पर्ने र अझै धेरै पीडितलाई हटाउन बाँकी रहेको बताएका छन् ।

मृत्यु हुनेमा एक बालक, बसका चालकसहित ३८ जना रहेका छन् ।

गत नोभेम्बरको अन्त्यतिर ब्राजिलको उत्तरपूर्वी राज्य अलागोसमा एउटा बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको थियो ।(रासस/एएफपी):

 

वि.सं.२०८१ पुस ७ आइतवार १५:०१ मा प्रकाशित

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...