back
CTIZAN AD

नेपोस नर्बेको साधारणसभा भव्यरूपमा सम्पन्न

वि.सं.२०८१ पुस ११ बिहीवार

2.3K 

shares

प्रेम परियार, ओस्लो, नर्वे । ‘जन्मभूमि र कर्म भूमिको विशेष पहिचान सबै मिली समाजको सेवा गर्ने हाम्रो अभियान’ भन्ने मुल नाराको साथ नर्बेमा स्थापना भएको नेपाली पोर्चुगीज समाज नर्बेको आठौ साधारणसभा भव्यरुपमा सम्पन्न भएको छ ।

ओस्लोस्थित नेपाल हाउसमा डिसेम्बर २५ मा सम्पन्न सो कार्यक्रममा एनआरएनए नर्बेका अध्यक्ष बिष्णु गौतम, एनआरएनए यूरोप उप–संयोजक राजु अर्याल र नेपोसका अध्यक्ष राम बहादुर गुरुंङले मैंनबत्ती बाली संयुक्त रूपमा उद्दघाटन गरेको सो कार्यक्रममा महिला उपाध्यक्ष समझना बरालद्धारा अतिथिहरूलाई खादा लगाईं सम्मान गरिएको थियो ।

पोर्चुगीज समाज लगायत नर्बेस्थित विभिन्न नेपाली संघ संस्था र एनआरएनएका प्रतिनिधि, यूरोप उपसंयोजक राजु अर्याल, आईसीसी सदस्य पवित्र बस्नेत सहभागिता रहेको सो कार्यक्रममा नेपोसका सचिव अजीत अधिकारीले संस्थाको तर्फबाट स्वागत गरेका थिए ।

बन्द सत्र र खुल्ला सत्र गरी २ चरणमा संपन्न सो औपचारिक कार्यक्रममा आमन्त्रित संघ संस्थाका प्रतिनिधिले कार्यक्रम पूर्ण सफलताको शुभकामना पश्चात प्रथम चरणको कार्यक्रम महासचिव  पार्वता पन्थीले संचालन गरेकी थिइन् ।

मनतब्यको क्रममा विभिन्न बक्ताहरूले क्रिश्चियन धर्मालम्बीहरूको महानपर्व क्रिसमस साथ संस्थाले आयोजना गरेको वार्षिक साधारणसभा सफलताको शुभकामना दिएका थिए । खुल्ला शत्रको पहिलो चरणमा वार्षिक तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो संस्थाका कोषाध्यक्ष ठाकुर प्रसाद गुरुङले संस्थाको बारेमा चोटिलो मंतव्यकासाथ प्रस्तुत गरेको आर्थिक प्रतिवेदन उपर उठेका जिज्ञासामा व्यापक छलफल गरि सर्वसम्मत रूपमा हलले पारित गरिएको थियो ।

पहिलो चरणको कार्यक्रम संघका अध्यक्ष राम बहादुर गुरूङले बिधिवत रूपमा समाप्त भएपछी दोश्रो चरण बन्द सत्रमा प्रवेश गरेको कार्यक्रममा बिधान कमिटीले तयार पारीएको प्रतिवेदन प्रस्तुत गर्न अनुमति दिएको थियो ।

विगतको अभ्यास र संस्थाको बिधान बमोजिम आगामी कार्यकालको लागी दीर्घकालीन सहज एवं सुधारको लागी प्रेम परियारको संयोजकत्वमा रत्न प्रसाद सापकोटा, धर्मलाल कंडेल रहेको ३ सदस्यीय विधान कमिटीले ९ वटा बुदा प्रस्तुत गरेको प्रस्तावित बिधानको दफावर छलफल गरी संशोधन र परिमार्जन गरी कार्यसमितिलाई बुझाउने सर्वसम्मत निर्णय गरी पारित गरिएको थियो ।संस्थाका उपाध्यक्ष अभिषेक आचार्य , अजय लामा लगायत सम्पूर्ण पदाधिकारीहरु विधान कमिटीमा विभिन्न जिज्ञासाहरु राखेका थिए ।

कार्यक्रमको अन्त्य पश्चात सहभागी सम्पूर्णलाई ओस्लोस्थित नेपाल हाउसद्वारा नेपाली परिकारको व्यवस्था गरिएको कार्यक्रममा भौतिक तथा अनलाईनमार्फत करिव ११० जना सहभागिता रहेको थियो ।

वि.सं.२०८१ पुस ११ बिहीवार १४:५४ मा प्रकाशित

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानका आजय सोडारी, प्रकाश बम...

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले बचत फिर्ता...

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वर्तमान परिस्थितिमा कुनै पनि...

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

काठमाडौँ । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वर्तमान कम्युनिस्ट...

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

काठमाडौँ । सडक विभागले बाढी र पहिरोबाट तीन वटा पूर्ण...

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले नागरिकका गुनासा, समस्या तथा...