back
CTIZAN AD

प्रधानमन्त्री ओलीद्वारा पूर्वराष्ट्रपति कार्टरको निधनप्रति दुःख व्यक्त

वि.सं.२०८१ पुस १५ सोमवार

804 

shares

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राज्य अमेरिकाका पूर्वराष्ट्रपति जिम्मी कार्टरको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

आज सामाजिक सञ्जालमार्फत नोबेल पुरस्कारबाट विभूषित कार्टरको निधनप्रति प्रधानमन्त्री ओलीले दुःख व्यक्त गरेका हुन् । प्रधानमन्त्रीले कार्टरले परोपकार, मानव अधिकार र शान्तिका क्षेत्रमा पु¥याउनुभएको योगदानको स्मरण गरेका छन् । साथै प्रधानमन्त्री ओलीले कार्टरका परिवार र अमेरिकी नागरिकप्रति समवेदना समेत प्रकट गरेका छन् ।

अमेरिकाका ३९औँ राष्ट्रपति कार्टरको एक सय वर्षको उमेरमा आइतबार जर्जियाको सानो शहर प्लेन्समा रहेको आफ्नै घरमा निधन भएको हो । उनकी श्रीमति रोजालिनको सन् २०२३ नोभेम्बरमा ९६ वर्षको उमेरमा निधन भएको थियो ।

आफ्नो ८० को दशकमा कूटनीतिक मिसनहरू सञ्चालन गरेका कार्टरले ९० को दशकमा गरिबहरूका लागि घरहरू निर्माण गरेका थिए । पूर्वराष्ट्रपति कार्टरले नेपालमा पहिलो पटक भएको संविधानसभा निर्वाचनको पर्यवेक्षणका लागि नेपाल भ्रमण गरेका थिए ।

 

वि.सं.२०८१ पुस १५ सोमवार १५:३८ मा प्रकाशित

४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त, ४१ पुलमा क्षति

४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त, ४१ पुलमा क्षति

काठमाडौं । बुधबार भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवामा...

अवस्था अझै चुनौतीपूर्ण छ भन्दै प्रधानमन्त्रीले लेखे यस्तो स्टाटस

अवस्था अझै चुनौतीपूर्ण छ भन्दै प्रधानमन्त्रीले लेखे यस्तो स्टाटस

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण...

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

नवलपरासी । रसुवा जिल्लाको भोटेकोसी नदीमा आएको भीषण बाढी तथा...

प्रधानमन्त्रीद्वारा मुख्यसचिवसहित सचिवहरूसँग छलफल

प्रधानमन्त्रीद्वारा मुख्यसचिवसहित सचिवहरूसँग छलफल

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले...