back
CTIZAN AD

दक्षिण कोरियामा अपदस्थ राष्ट्रपतिको नाममा पक्राउ पुर्जी

वि.सं.२०८१ पुस १६ मंगलवार

750 

shares

सोल । दक्षिण कोरियाका अपदस्थ राष्ट्रपति यून सुक येओललाई पक्राउ गर्न पुर्जी जारी भएको छ । डिसेम्बर ३ मा मार्शल ल लगाउने उनको प्रयासलाई लिएर सोलको एउटा अदालतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

मार्शल ल लगाएको विषयमा यूनमाथि विद्रोह र देश द्रोहको अभियोगमा कयौं अनुसन्धान भइरहेको अनि विगत दुई हप्तामा सोधपुछका लागि भएको बोलावटलाई यूनले वेवास्ता गरेकै समयमा पक्राउ पुर्जी जारी भएको छ ।

आइतबार राति अनुसन्धानकर्ताहरूले राजद्रोह गरेको अनि शक्ति दुरुपयोग गरेको अभियोगमा यूनलाई पक्राउ गराउन खोजेका थिए । यस कदमलाई यूनका वकिलले चाहिँ गैरकानूनी भनिरहेका छन् । मार्शल ल लगाउने यूनको असफल प्रयासपछि दक्षिण कोरिया राजनीतक संकटमा फसेको छ ।

यो कदमपछि संसदले यूनलाई महाभियोग लगाएर पदच्यूत गराएको थियो । त्यसपछि कार्यबाहक राष्ट्रपति बनाइएका प्रधानमन्त्री हान डक–सुलाई पनि दुई हप्ता नबित्दै महाभियोग लगाएर हटाइयो । पक्राउ पुर्जी जारी हुने यून दक्षिण कोरियाका पहिलो सत्तासिन राष्ट्रपति हुन् ।

वि.सं.२०८१ पुस १६ मंगलवार ११:१२ मा प्रकाशित

बाढीपीडितको सहयोगमा अखिल (क्रान्तिकारी) र वाईसीएल

बाढीपीडितको सहयोगमा अखिल (क्रान्तिकारी) र वाईसीएल

काठमाडौं । बाढीबाट प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले विद्यार्थी संगठन...

शव खोजी तथा व्यवस्थापनमा नेपाली सेनाको अपरेसन तीव्र

शव खोजी तथा व्यवस्थापनमा नेपाली सेनाको अपरेसन तीव्र

काठमाडौं । रसुवाको भोटेकोशीमा गत बुधबार आएको विनाशकारी बाढीपछि बेपत्ता...

रसुवा सडक सञ्जालमा पुनः जोडियो

रसुवा सडक सञ्जालमा पुनः जोडियो

काठमाडौं । टोखा–छहरे–गड्खार पुल–आप्र–नर्जा–लच्याङ–सरमथली–पाटीखर्क हुँदै बोगटीटार–कालिकास्थान–धुन्चे सडकखण्ड सञ्चालनमा आएको छ।...

भोटेकोशी बाढीमा एनआईसी एशिया बैंकका तीन शाखा पूर्णरुपमा ध्वस्त, कर्मचारीहरु सुरक्षित

भोटेकोशी बाढीमा एनआईसी एशिया बैंकका तीन शाखा पूर्णरुपमा ध्वस्त, कर्मचारीहरु सुरक्षित

काठमाडाैँ । गत बुधवार रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण...

विपद्का बेला विदेशबाट आइएमईमार्फत निःशुल्क रकम पठाउन सकिने

विपद्का बेला विदेशबाट आइएमईमार्फत निःशुल्क रकम पठाउन सकिने

काठमाडौं । प्राकृतिक विपद्बाट प्रभावित नागरिकका लागि विदेशमा रहेका नेपाली...