back
CTIZAN AD

अनेमसंघ क्रान्तिकारीले सम्झियो बेथानका सहिदहरुलाई

वि.सं.२०८१ पुस १९ शुक्रवार

3K 

shares

अखिल नेपाल महिला संघ(क्रान्तिकारी) काठमाडौँ जिल्ला समन्वय समितिले २९ औँं ऐतिहासिक बेथान वीरता दिवस मनाएको छ ।

अनेमसंघ क्रान्तिकारीको केन्द्रीय अध्यक्ष तथा नेकपा (माओवादी केन्द्र)की स्थायी समिति सदस्य अमृता थापामगरको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा माओवादी केन्द्रको केन्द्रीय सदस्य सरिता महर्जन, पार्वती थापामगर, मनु हुमागाई, शुसिला पौडेल र मीना शर्मा तिवारी तथा प्रदेश कमिटी सदस्य जमुना बुढाथोकी, चिजा पण्डित, अनेमसंघ (क्रान्तिकारी) काठमाण्डौ जिल्ला महानगर कमिटीकी अध्यक्ष मुना न्यौपाने, अनेमसंघ क्रान्तिकारीकी प्रदेश सल्लाहकार राधा लुईंटेल लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि रहेकी अमृता थापामगरले जनयुद्धकी पहिलो महिला सहिद दिलमाया बम्जनको बीरतालाई अगाडि बढाइएकै कारण तत्कालिन माओवादी जनयुद्ध सफल भएको धारणा व्यक्त गरिन् । महिला भनेको बच्चा जन्माउने मशिन हुन् भन्ने त्यो समयमा युद्धमा महिलाहरुले पनि पुरुष सरह बन्दुक बोकेर युद्धमोर्चामा लागेकै कारण देशले गणतन्त्र प्राप्त गरेको पनि उनको भनाई रहेको छ ।

तत्कालिन नेकपा माओवादीले वि.स. २०५३ साल पुष १९ गते रामेछापको बेथान चौकी कब्जा गर्ने क्रममा तिर्थ गौतम, फक्तबहादुर स्लामी मगर र दिलमाया बम्जनले सहादत प्राप्त गरेका थिए । माओवादीले बेथान चौकी आक्रमणबाट हतियार कब्जा गर्न सफल भएको थियो । शुक्रवार सो कार्यक्रम देशैभर सम्पन्न गरिएको छ ।
कार्यक्रम अनेमसंंघ(क्रान्तिकारी) काठमाडौँ जिल्ला समन्वय समितिकी संयोजक सरिता शिवभक्तिको अध्यक्षता र सचिव मञ्जु पुडासैनीको संचालनमा सम्पन्न भएको थियो ।

वि.सं.२०८१ पुस १९ शुक्रवार १९:३८ मा प्रकाशित

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...