केशवप्रसाद ढकाल ’प्रीतबीज’, गोरखा
दीप सामु पुतली फन्को लगाउँदै होला
ज्यान फाल्न आफैँ उल्टो रमाउँदै होला
चाटुकार आफ्नै सङ्गी रिझाउँदै होला
भोलि दुःख होला भन्ने जताउँदै होला
राष्ट्रभक्त आफू टाढा हुँदा मुलुकबाट
देश निम्ति केही चिन्ता पठाउँदै होला
दूर देश बस्ने प्रेमीले पनि प्रियालाई
न्याउलीले जस्तै पीडा सुनाउँदै होला
प्यारमा कपट देखेको चलाख खेलाडी
प्रीतभित्र थोरै शंका मिसाउँदै होला
बहर – मुक्तजिब मुसम्मन मतवी मक्तुअ
वजन – २१२१ – २२२ – २१२१ – २२२
अर्कान – फाइलातु मफ्ऊलुन् फाइलातु मफ्ऊलुन्
काफिया बन्धन – आउँदै
रदिफ – होला
अभ्यास – परिश्रमी पाठशाला
वि.सं.२०८१ पुस २० शनिवार ०५:२६ मा प्रकाशित






























