back
CTIZAN AD

नवनिर्वाचित सभामुख जोनसनलाई ट्रम्पको बधाइ

वि.सं.२०८१ पुस २१ आइतवार

780 

shares

वासिङ्टन । रिपब्लिकन नेता तथा अमेरिकी राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले अमेरिकी काङ्ग्रेसमा निर्वाचित सभामुख माइक जोनसनलाई बधाइ दिएका छन् । जोनसोनको नेतृत्वले अमेरिकी संसद्को गरिमालाई थप उचाइमा पु¥याउने उनले बताएका छन् ।

“माइक संसद्मा एक विशेष सभामुखको भूमिका निभाउन सक्षम हुनुहुनेछ र हाम्रो देश लाभार्थी हुनेछ । अमेरिकी जनताले विवेक, क्षमता र नेतृत्वका लागि चार वर्ष पर्खेका छन्”, नवनिर्वाचित अमेरिकी राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन्, “अमेरिका पहिलेभन्दा महान् हुनेछ !”

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको महत्वपूर्ण समर्थनमा रिपब्लिकन पार्टीका माइक जोनसनलाई अमेरिकी प्रतिनिधि सभाको सभामुखमा फर्काइएको हो ।

जोनसनले डेमोक्र्याटिक समूहसँग कानून पारित गर्न सहयोग गरेपछि तत्कालिन ‘ब्याकबेन्चर’ हरू उनीसँग खुशी थिएनन् । रिपब्लिकन पार्टीबाट प्रतिनिधि रहेका एक दर्जनभन्दा बढी सदस्यले जोनसनको नेतृत्वमाथि शङ्का व्यक्त गरेपछि उनको जीत सुनिश्चित गर्न अमेरिकी राष्ट्रपतिमा निर्वाचित रिपब्लिकन नेता ट्रम्पले नै आफ्नो दलका सांसदहरूलाई विश्वास दिलाउनुपरेको थियो ।

अमेरिकी संसद्को ‘मिडिया आउटलेट’ पञ्चबोल न्यूजका अनुसार ट्रम्पले व्यक्तिगत रूपमा जोनसनको विरोधमा राय राख्ने दुई सांसदसँग फोनमा कुरा गरेपछि जोनसनले सभामुखपदको आफ्नो महत्वाकाङ्क्क्षालाई जीवित राख्न सफल भएका हुन् ।

सन् २०२३/०२५ को सत्रमा विशेषगरी लुइजियानाका सांसदले खर्चवार्ताको व्यवस्थापनलाई लिएर जोनसनविरूद्ध आक्रोश व्यक्त गरेका थिए ।

अन्तमा मतदान सुरु हुँदा केवल तीन रिपब्लिकनकबाहेक अन्य सबैले जोनसनको पक्षमा मतदान गरेका थिए भने डेमोक्र्याटतर्फ सबै २१५ सदस्यले आफ्ना नेता हकीम जेफ्रीजलाई समर्थन गरेका थिए ।

“चार वर्षको उच्च मुद्रास्फीतिपछि, हामीसँग ठूलो एजेन्डा छ । हामीले धेरै काम गर्न बाँकी छ र यसलाई द्विदलीय सहकार्यमा अघि बढाउन सक्छौँ,” सभामुखमा आफू निर्वाचित बनेपछि जोनसनले भने ।

“हामी उच्च मुद्रास्फीतिसँग लड्न सक्छौं र यो हामीले गर्नैपर्छ । हामीले अमेरिकीहरूलाई राहत दिनेछौँ भने ट्रम्पको कर कटौतीसम्बन्धी नीतिलाई विस्तार गर्नेछौँ हामी सरकारको आकार र दायरामा भारी कटौती गर्न जाँदैछौं, हामी जनतामा शक्ति फिर्ता गर्न जाँदैछौं ।

केन्टुकी कन्जरभेटिभ कट्टरपन्थी थोमस मासीको अपवादबाहेक जोनसनको विरोध सधैं नरम देखिन्थ्यो । उनले हप्ताको अधिकांश समय फोन गरी उनको उम्मेदवारीको विरोध गर्ने ‘कन्जरभेटिभ’हरूसँग बैठक आयोजना गरेको बताइएको छ ।
एएफपी

वि.सं.२०८१ पुस २१ आइतवार १५:०६ मा प्रकाशित

नर्वेमा एनआरएनएको नेतृत्वमा बाढी–पहिरो पीडितका लागि राहत सङ्कलन गरिने

नर्वेमा एनआरएनएको नेतृत्वमा बाढी–पहिरो पीडितका लागि राहत सङ्कलन गरिने

ओस्लो, नर्वे । नेपालमा बाढी–पहिरोबाट प्रभावित परिवारका लागि नर्वेमा रहेका...

बाढीपीडितको सहयोगमा अखिल (क्रान्तिकारी) र वाईसीएल

बाढीपीडितको सहयोगमा अखिल (क्रान्तिकारी) र वाईसीएल

काठमाडौं । बाढीबाट प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले विद्यार्थी संगठन...

शव खोजी तथा व्यवस्थापनमा नेपाली सेनाको अपरेसन तीव्र

शव खोजी तथा व्यवस्थापनमा नेपाली सेनाको अपरेसन तीव्र

काठमाडौं । रसुवाको भोटेकोशीमा गत बुधबार आएको विनाशकारी बाढीपछि बेपत्ता...

रसुवा सडक सञ्जालमा पुनः जोडियो

रसुवा सडक सञ्जालमा पुनः जोडियो

काठमाडौं । टोखा–छहरे–गड्खार पुल–आप्र–नर्जा–लच्याङ–सरमथली–पाटीखर्क हुँदै बोगटीटार–कालिकास्थान–धुन्चे सडकखण्ड सञ्चालनमा आएको छ।...

भोटेकोशी बाढीमा एनआईसी एशिया बैंकका तीन शाखा पूर्णरुपमा ध्वस्त, कर्मचारीहरु सुरक्षित

भोटेकोशी बाढीमा एनआईसी एशिया बैंकका तीन शाखा पूर्णरुपमा ध्वस्त, कर्मचारीहरु सुरक्षित

काठमाडाैँ । गत बुधवार रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण...