back
CTIZAN AD

न्यूयोर्कमा नेपाली सांस्कृतिक उत्सवको भव्य आयोजना

वि.सं.२०८१ पुस २१ आइतवार

2.9K 

shares

न्यूयोर्क । नेपाली अमेरिकन कलाकार सँघद्वारा आयोजित वार्षिक सांस्कृतिक कार्यक्रम ‘रमझम साँझ–२०२४’ गुल्सन टेरेश हलमा भव्यताका साथ सम्पन्न भएको छ ।

यस कार्यक्रमले नेपाली कला र संस्कृतिको प्रस्तुति गर्दै न्यूयोर्कका नेपाली समुदायलाई एकत्रित गर्दै सांस्कृतिक धरोहरको संरक्षण र प्रवर्धनमा महत्त्वपूर्ण योगदान पु¥याएको छ । हल खचाखच भरिएको थियो, र उपस्थित सबै दर्शकहरूले आफ्नो माया र सांस्कृतिक पहिचानको सम्मान गर्दै कार्यक्रमलाई सफल बनाउन महत्वपूर्ण भूमिका निभाएका थिए ।

कार्यक्रमको सन्चालन सँगीता थापा मगर र दिलीप शिरीष मगरले गरेका ििथए । उनीहरूको आकर्षक सन्चालनले कार्यक्रमलाई थप मनोरञ्जनात्मक र आकर्षक बनायो ।

कार्यक्रमको औपचारिक उद्घाटन प्रमुख अतिथि सपना श्रीको उपस्थितिमा गरिएको थियो भने । स्वागत मन्तव्य संघका वरिष्ठ उपाध्यक्ष बिमल डाँगीले गरेका थिए । उनले कार्यक्रमको उद्देश्य र महत्वलाई स्पष्ट गर्दै उपस्थित सबैलाई सस्नेह स्वागत गरेका थिए । संरक्षक निसा सुनारले नेपाली सांस्कृतिक परम्पराको संरक्षण र प्रवद्र्धनमा कार्यक्रमको भूमिका र योगदानलाई सम्मान गर्दै सबै सहभागीलाई धन्यवाद व्यक्त गरिन् । संघकी अध्यक्ष बसन्ती राईले यस कार्यक्रमको दीर्घकालीन योगदान र महत्वलाई प्रष्ट्याउँदै सबैलाई आभार व्यक्त गरिन् ।

कार्यक्रममा न्यूयोर्कका मेयर एरिक आडम्सको कार्यालयबाट महागायक राजेश पायल राई र संस्थाकी अध्यक्ष बसन्ती राईलाई विशेष सम्मान प्रदान गरिएको थियो । यी सम्मानहरू संगीत र समाजसेवामा गरिएको अतुलनीय योगदानको कदर स्वरूप प्रदान गरिएको थियो । जसले उपस्थित दर्शकहरूको मन जित्यो ।

सांगीतिक प्रस्तुतिहरूले कार्यक्रमलाई अझ विशेष र रंगीन बनायो । प्रेम सेन्चुरीको ‘हे जननी अब बुद्ध जन्माईदेऊ’ र दिनेश सुनारको ‘पार्कर’ प्रस्तुतिले कार्यक्रमको शुरुवातलाई अत्यन्तै भावुक र प्रेरणादायी बनायो । राजन ठकुरीको एकल गायनले सारा हलमा भावनात्मक वातावरण सिर्जना गर्यो । युनाइटेड किराँत राई अर्गनाइजेशनको परम्परागत नृत्य र मगर संघ न्यूयोर्क च्याप्टरको सांस्कृतिक प्रस्तुति दर्शकहरूको मनमोहक बन्यो, जसले नेपाली सांस्कृतिक विविधतामा हराएको थियो ।

कार्यक्रमका प्रमुख आकर्षण भनेको राजेश पायल राईको विशेष प्रस्तुति थियो । उनको सुमधुर आवाज र चर्चित गीतहरूको प्रस्तुतिले हलमा उत्साहको माहोल सिर्जना गरेको थियो । उनका गीतहरूले उपस्थित सबैलाई नाच्न र गाउन प्रेरित गरे, जसले कार्यक्रमको रंगीनता थपियो ।

शंकर बिसी र पार्वती राईको नृत्य एक अद्वितीय रहेको थियो । उनीहरूको जोडीले नृत्यमा नेपाली लोक र आधुनिक शैलीको सुमधुर मिलन प्रस्तुत गर्दै, दर्शकहरूलाई मन्त्रमुग्ध पा¥यो ।
त्यसैगरी, शिव विक र ऊषा लामाको जोडीको नृत्यले नेपाली परम्परागत नृत्यको साथ आधुनिक अनुशासनलाई प्रस्तुत गर्दै सबैलाई आकर्षित ग¥यो । यो जोडीको नृत्यमा हल्का हाँसो र जोश देखिन्थ्यो ।

सृजना बिरही थापाको गीत र रश्मी तामाङको नृत्यले कार्यक्रमलाई अझ जीवित र रंगीन बनाएको थियो । सृजनाले नेपाली लोक संगीतमा भावनाको गहिराइ प्रस्तुत गरे, जसले सारा हललाई भावनात्मक उचाइमा पु¥यायो । रश्मी तामाङको नृत्य, जसले नेपाली परम्परागत नृत्य र समकालीन शैलीको उत्कृष्ट मिश्रण प्रस्तुत ग¥यो, उपस्थित दर्शकहरूलाई रोमाञ्चित बनायो ।

लाईभटाइम सम्मान समारोहमा अभय ढुंगेल र संगीता मुखियालाई नेपाली संगीत र समाजसेवामा गरेको योगदानको कदर गर्दै सम्मानपत्र, प्रशंसा चिन्ह र नगद पुरस्कार प्रदान गरियो । यस सम्मानले उनीहरूको दीर्घकालीन कार्य र योगदानको मूल्यांकन गरेको बताइएको छ ।

कार्यक्रमको समापन डीजे राजाको प्रस्तुत संगीतसँगै भएको डीजे पार्टीले हलको वातावरणलाई एकदम उत्साही र ऊर्जा पूर्ण बनायो। सबले नाच्न र रमाइलो गर्न पाएका थिए । समापन समारोहमा बसन्ती राई र निसा सुनारले कार्यक्रमको सफलतापूर्वक सम्पन्नतामा सहभागी सबैलाई धन्यवाद ज्ञापन गरेका थिए ।

वि.सं.२०८१ पुस २१ आइतवार १५:५७ मा प्रकाशित

भोटेकोशी बाढीमा एनआईसी एशिया बैंकका तीन शाखा पूर्णरुपमा ध्वस्त, कर्मचारीहरु सुरक्षित

भोटेकोशी बाढीमा एनआईसी एशिया बैंकका तीन शाखा पूर्णरुपमा ध्वस्त, कर्मचारीहरु सुरक्षित

काठमाडाैँ । गत बुधवार रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण...

विपद्का बेला विदेशबाट आइएमईमार्फत निःशुल्क रकम पठाउन सकिने

विपद्का बेला विदेशबाट आइएमईमार्फत निःशुल्क रकम पठाउन सकिने

काठमाडौं । प्राकृतिक विपद्बाट प्रभावित नागरिकका लागि विदेशमा रहेका नेपाली...

नेपाल बैंकद्वारा भोटेकोशी बाढीपीडितका लागि ३ करोड १ लाख सहयोग

नेपाल बैंकद्वारा भोटेकोशी बाढीपीडितका लागि ३ करोड १ लाख सहयोग

काठमाडौं । नेपाल बैंक लिमिटेडले रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा...

एनआईसी एशिया बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि २ करोड २१ लाख सहयोग

एनआईसी एशिया बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि २ करोड २१ लाख सहयोग

काठमाडौं । एनआईसी एशिया बैंकले रसुवाको भोटेकोशी नदीमा आएको भीषण...

MAXUS Nepal द्वारा विपद् राहत तथा पुनर्स्थापनाका लागि ७० लाख सहयोग घोषणा

MAXUS Nepal द्वारा विपद् राहत तथा पुनर्स्थापनाका लागि ७० लाख सहयोग घोषणा

काठमाडौं |  हिमालय अर्गनाइजेसन अन्तर्गत MAXUS Nepal ले SAIC MAXUS...