back

नेप्से सामान्य अङ्कले बढ्यो

वि.सं.२०८१ पुस २१ आइतवार

753 

shares

काठमाडौँ । यो साता कारोबारको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अङ्कले बढेको छ । आज नेप्से परिसूचक पाँच दशमलव ३२ अङ्कले बढेर दुई हजार पाँच सय ९१ दशमलव ५६ को बिन्दुमा कायम भएको हो ।

आज तीन सय २७ कम्पनीका ९३ लाख ८६ हजार सात सय २१ कित्ता शेयर ६१ हजार एक सय ६७ पटक खरिदबिक्री हुँदा रू चार अर्ब ८६ करोड दुई लाख एक हजार नौ सय ७४ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आजको कारोबारमा बैंकिङ शून्य दशमलव ५५, वित्त एक दशमलव ०४, उत्पादन तथा प्रशोधन शून्य दशमलव ६०, लघुवित्त शून्य दशमलव १४ र म्युचुअल फन्ड शून्य दशमलव ७४ प्रतिशतले घटेको छ । अरु सबै समूहको उपसूचक बढेको छ । विकास बैंक शून्य दशमलव ०२, होटल तथा पर्यटन शून्य दशमलव ६०, जलविद्युत् एक दशमलव ६७ र लगानी समूह शून्य दशमलव ३९ प्रतिशतले बढेको छ । त्यस्तै, जीवन बीमा शून्य दशमलव २७, निर्जीवन बीमा शून्य दशमलव ०४, व्यापार एक दशमलव १४ र अन्य समूह शून्य दशमलव १० प्रतिशतले बढेको छ ।

तीन वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड, दोर्दीखोला जलविद्युत् कम्पनी लिमिटेड र ग्रीन भेन्चर्स लिमिटेडको शेयर मूल्य १० प्रतिशतले बढेको हो । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्य आठ दशमलव ८८ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै जानकी फाइनान्स कम्पनी लिमिटेडको रू १९ करोड नौ लाख ५० हजार बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै प्रभु बैंक लिमिटेडको तीन लाख ८३ हजार पाँच सय छ कित्ता शेयर किनबेच भएको छ ।

वि.सं.२०८१ पुस २१ आइतवार १७:५० मा प्रकाशित

Himalayan Life AD
नेप्से परिसूचकमा १३ अङ्कको गिरावट

नेप्से परिसूचकमा १३ अङ्कको गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १३ दशमलव ८८...

स्थानीयले पाउने भए ‘सालासुङ्गी हाइड्रो’को शेयर

स्थानीयले पाउने भए ‘सालासुङ्गी हाइड्रो’को शेयर

रसुवा । सालासुङ्गी हाइड्रोपावरले प्रभावित स्थानीयबासिन्दाको मागबमोजिम शेयर दिने निर्णयसहित...

नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट

नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट...

पाँच कारोबार पछि बढ्यो सेयर बजार

पाँच कारोबार पछि बढ्यो सेयर बजार

काठमाडौँ । लगातार छ कारोबरादेखि घटिरहेको सेयर बजार आज भने...