back
CTIZAN AD

प्रधानमन्त्री कप महिला क्रिकेट : डडेल्धुराद्वारा कञ्चनपुर पराजित

वि.सं.२०८१ पुस २३ मंगलवार

798 

shares

बैतडी । बैतडीमा जारी प्रधानमन्त्री कप महिला टि–२० सुदूरपश्चिम प्रदेशस्तरीय छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा डडेल्धुराले कञ्चनपुरलाई पराजित गरेको छ । डडेल्धुराले कञ्चनपुरलाई ६ विकेटले हराएको हो ।

दशरथ चन्द क्रिकेट मैदानमा पहिला ब्याटिङ गरेको कञ्चनपुरले १६ दशमलव पाँच ओभरमा सवै विकेट गुमाएर ८८ रन बनायो । डडेल्धुराले ८९ रनको विजयी लक्ष्य १७ दशमलव एक ओभरमा चार विकेटको क्षतिमा प्राप्त ग¥यो ।

डडेल्धुराका लागि रविना धामीले अविजित १६ र हेमा भट्टले १५ रन बनाइन् । बलिङतर्फ कञ्चनपुरकी मञ्जु विष्टले दुई विकेट लिइन् ।

यसअघि पहिला ब्याटिङ गर्ने क्रममा कञ्चनपुरकी रेवती धामीले सर्वाधिक ४१ रनको योगदान दिइन् । बलिङतर्फ डडेल्धुराकी हिरा साउदले तीन विकेट लिइन् । उनी ‘प्लेयर अफ दी म्याच’ घोषित भइन् ।

सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घको आयोजना तथा बैतडी जिल्ला क्रिकेट सङ्घको सहआयोजनामा यही पुस १९ गतेदेखि उक्त प्रतियोगिता सुरु भएको हो । प्रतियोगिता पुस २५ गतेसम्म चल्ने छ । प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गरेका खेलाडी छनोट गरेर प्रधानमन्त्री कप महिला राष्ट्रिय प्रतियोगिताका लागि प्रदेशको टोली तयार गरिने सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष वासुदेव जोशीले जानकारी दिए । प्रधानमन्त्री कप महिला राष्ट्रिय प्रतियोगिता आगामी माघ १ गतेदेखि कैलालीको धनगढीमा हुने तय भएको छ ।

 

वि.सं.२०८१ पुस २३ मंगलवार १५:०७ मा प्रकाशित

भोटेकोशी विपद्ममा विश्व समुदायको ध्यानाकर्षण गराउन बुद्धिजीवी संगठनको आग्रह

भोटेकोशी विपद्ममा विश्व समुदायको ध्यानाकर्षण गराउन बुद्धिजीवी संगठनको आग्रह

काठमाडौं । नेपाल बुद्धिजीवी संगठनले भोटेकोशी नदीमा आएको भीषण बाढी...

पहिरोको जोखिम बेलैमा सम्बोधन नगर्नु ठूलो गल्ती : डा. बाबुराम भट्टराई

पहिरोको जोखिम बेलैमा सम्बोधन नगर्नु ठूलो गल्ती : डा. बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले पहिरोको जोखिम बेलैमा पहिचान...

शव व्यवस्थापन अस्थायी भण्डारण मात्र भएको भनाइ

शव व्यवस्थापन अस्थायी भण्डारण मात्र भएको भनाइ

नारायणगढ ।  भोटेकोशी बाढीमा परी मृत्यु भई त्रिशूली र नारायणी...

नाइमाद्वारा ५० लाख सहयोग

नाइमाद्वारा ५० लाख सहयोग

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार...

मकवानपुर हुँदै काठमाडौँ जाने सवारीसाधनको चाप बढ्यो 

मकवानपुर हुँदै काठमाडौँ जाने सवारीसाधनको चाप बढ्यो 

हेटौँडा ।  पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर...

हराइरहेका मधेस प्रदेशका  ३० जना सम्पर्कमा

हराइरहेका मधेस प्रदेशका  ३० जना सम्पर्कमा

जनकपुरधाम । रसुवाको भोटेकोशीमा गएको बाढीमा हराइरहेकामध्ये मधेस प्रदेशका ३०...