back
CTIZAN AD

प्रेस सेन्टर स्याङ्जाको अधिवेशन सम्पन्न, अध्यक्षमा केपी खनाल

वि.सं.२०८१ पुस २९ सोमवार

1.4K 

shares

स्याङ्जा । प्रेस सेन्टर नेपाल स्याङ्जाको छैटौँ अधिवेशन तथा साधारण सभा सम्पन्न भएको छ । आइतबार पुतली बजार स्थित सेतो गुराँसको सभा हलमा भएको अधिवेशनले खेमप्रसाद खनाल (केपी)को अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मतले चयन गरेको छ ।

अधिवेशनले सेन्टर स्याङ्जा शाखाको उपाध्यक्षमा कामना सुनार, सचिवमा सालिकराम पोख्रेल, सहसचिवमा सपना अर्याल र इन्दिरा फुङ्जाली, कोषाध्यक्षमा तारा कुमार परियारलाई चयन गरेको छ ।

यस्तै सदस्यहरूमा उदयराज भण्डारी, कृति लम्साल, तुलसी पोख्रेल, शेर बहादुर थापा, संगिता माझकाेटी र इशिका गहतराज चयन भएका छन् । सेन्टरका अनुसार तीन सदस्य पछि थप गरिने छ । समितिले आगामी तीन वर्ष सम्म काम गर्ने छ ।

अधिवेशनमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा स्याङ्जा जिल्ला इन्चार्ज शैलेन्द्र घिमिरेले नवनिर्वाचित समितिलाई बधाइ तथा शुभकामना दिँदै निरन्तर उत्पीडित र सर्वहारा वर्गको पक्षमा कलम चलाउन सुझाव दिए ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका स्याङ्जा संयोजक लोकेन्द्र थापा मगर, प्रेस सेन्टर गण्डकी प्रदेश अध्यक्ष अर्जुन काफ्ले, प्रेस सेन्टर केन्द्रीय सदस्य प्रतीक्षा काफ्ले, प्रेस सेन्टर स्याङ्जाका निवर्तमान अध्यक्ष नारायण विश्वकर्मा लगायतले आवाज विहीनको आवाज बनेर पत्रकारिता गर्नुपर्नेमा जोड दिए थिए ।

वि.सं.२०८१ पुस २९ सोमवार १०:५० मा प्रकाशित

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

गण्डकी । कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी सदरमुकाम बेनीबाट मुस्ताङको जोमसोम जोड्ने...

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

काठमाडौं । परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ परेका छन्।...