back
CTIZAN AD

रविविरुद्ध ११ जना वकिलले बहस गर्ने

वि.सं.२०८१ पुस २९ सोमवार

549 

shares

काठमाडौँ । स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणका प्रतिवादी रास्वपा सभापति रवि लामिछानेविरुद्ध ११ जना सरकारी वकिलले बहस गर्ने भएका छन् । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा लामिछानेविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख रामहरि शर्मा काफ्ले, जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवालसहित ११ जनाले बहस गर्ने भएका हुन् ।

कास्की प्रहरीको हिरासतबाट ६५ लाख धरौटी तिरेर ८४ दिनपछि थुनामुक्त लामिछाने आइतबार बिहानै काठमाडौं अदालत उपस्थित भएका थिए ।
हिजो नै उनको बयान लिइएको थियो । लामिछानेका पक्षमा भने पूर्व महान्यायाधिवक्ताद्वय सुशील पन्त र रमनकुमार श्रेष्ठले बहस गर्दै छन् । न्यायाधीश अधिकारीले उनीहरुलाई सवा १ घण्टामा बहस सकाउन निर्देशन दिएका छन् ।

काठमाडौंका कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको रकम संगठित तवरले ठगी गरेको अभियोगमा रविसहित ३९ जनाविरुद्ध मुद्दा चलिरहेको छ । यस प्रकरणका दुई अभियुक्त यसअघि नै धरौटीमा छुटिसकेका छन् ।

वि.सं.२०८१ पुस २९ सोमवार १२:४६ मा प्रकाशित

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

गण्डकी । कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी सदरमुकाम बेनीबाट मुस्ताङको जोमसोम जोड्ने...

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

काठमाडौं । परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ परेका छन्।...