back
CTIZAN AD

बाँकेमा ३२ हजार क्विन्टल धान खरिद

वि.सं.२०८१ माघ ७ सोमवार

582 

shares

खजुरा (बाँके) । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगञ्जले यसवर्ष बाँकेका किसानसँग ३२ हजार क्विन्टलभन्दा बढी धान खरिद गरेको छ । कम्पनीले दुई महिनाका अवधिमा किसानसँग उक्त मात्राको धान खरिद गरेको हो ।

गत कात्तिक २० गतेबाट किसानका धान खरिद गर्न लागेको नेपालगञ्ज कार्यालयले पुस १९ गतेसम्म दुई महिनाको समय अवधिमा ३२ हजार २६ दशमलब ०८ क्विन्टल धान खरिद गरेको कार्यालय प्रमुख रामशरण लामिछानेले बताए ।

उनले भने,“पुस १९ गतेपछि किसान आउन छोडेका छन् , धेरै किसानले धान बिक्री गरिसके, अब यस वर्षको धान खरिद लगभग यति नै होला ।” “हामीले लक्ष्य लिएअनुसार मोटा धानको कोटा पूरा गर्न सकेनौँ, मध्यम धानको भने कोटा लगभग पूरा भयो, माग गरे अनुसार र सोचे अनुसार मोटा धान आएन तर मध्यम धान भने माग अनुसार आयो र हामीले खरिद गर्याैँ,” उनले भने ।

गत पुस १९ गतेपछि किसान आउन छाडेको, फोन पनि नगरेको तथा सम्पर्कमा नआएका कारण यसवर्ष बाँकेमा धान खरिद कार्य लगभग सकिएको उनले बताए ।

बाँकेका किसान पछिल्लो समयमा मोटाभन्दा मध्यम धान उत्पादनतर्फ आकर्षित भएको उनले बताए । गत वर्षभन्दा १५ दिन अगावैबाट धान खरिद गर्न लागेको नेपालगञ्ज कार्यालयले यसवर्ष ४० हजार क्विन्टल खरिद गर्ने लक्ष्य लिएको थियो तर मध्यम धान बिक्री गर्ने किसानको चाप बढेपछि खाद्यले केन्द्रीय कार्यालयसँगको सहमतिमा थप १५ हजार क्विन्टल मध्यम धान खरिद गर्नेगरी ५५ हजार क्विन्टलको लक्ष्य लिएको थियो ।

मोटा धानको मूल्य रु तीन हजार चार सय १० रुपियाँ ५१ पैसा र मध्यम धानको रु तीन हजार पाँच सय ८० रुपैयाँ ६२ पैसा सरकारले तोकिदिएको न्यूनतम् समर्थन मूल्यमा किसानसँग धान खरिद गरिएको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार यस वर्ष मोटा धान रु दुई करोड ६१ लाख दुई हजार एक सय ३३ रुपियाँ ६५ पैसा र मध्यम धान रु आठ करोड ७२ लाख ६९ हजार, उक सय ६२ रुपियाँ २३ पैसा गरी कूल रु ११ करोड ३३ हजार ७१ लाख २९५ रुपियाँ ८८ पैसाको धान खरिद गरिएको हो ।
धान बिक्रीका लागि जिल्लाका छ सय ७३ जना किसानले स्थानीय तहको सिफारिस दर्ता गराए पनि पाँच ६८ जना किसान र पाँच वटा सहकारी संस्थामार्फत् बिक्री गर्न ल्याइएको धान खरिद गरिएको कार्यालयले जनाएको छ ।

 

वि.सं.२०८१ माघ ७ सोमवार १०:०९ मा प्रकाशित

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पछिल्ला १० दिनमा...

सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सर्वपक्षीय प्रतिबद्धता

सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सर्वपक्षीय प्रतिबद्धता

सुदूरपश्चिम । धार्मिक तथा साम्प्रदायिक सद्भाव, सामाजिक एकता र शान्ति...

‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’

‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’

काठमाडौँ । नेपाली कांग्रेसमा विशेष महाधिवेशनबाट निर्वाचित र १४औँ महाधिवेशनबाट...

सरकारद्वारा हिम पहिरोमा परी निधन भएका आरोहीप्रति दुःख व्यक्त

सरकारद्वारा हिम पहिरोमा परी निधन भएका आरोहीप्रति दुःख व्यक्त

काठमाडौँ । नेपाल सरकारले विश्वको १२औँ अग्लो हिमाल ‘ब्रोड पीक’...

कांग्रेस एकताका लागि राष्ट्रिय एकता भेलाको घोषणा

कांग्रेस एकताका लागि राष्ट्रिय एकता भेलाको घोषणा

काठमाडौं । पछिल्लो समय नेपाली कांग्रेसभित्र संगठन सञ्चालन, क्रियाशील सदस्यता,...