back
CTIZAN AD

निरन्तरको चिसोले महोत्तरीमा श्वासप्रश्वासका बिरामी बढे

वि.सं.२०८१ माघ ९ बुधवार

858 

shares

महोत्तरी । निरन्तरको चिसोले महोत्तरीमा श्वासप्रश्वासका बिरामी बढेका छन् । जिल्लाका सबै भेगमा बिरामी बढेका स्थानीय अस्पतालले जनाएका छन् ।

सदरमुकाम जलेश्वरस्थित प्रादेशिक अस्पतालमा बिरामीको चाप बढेको छ । बितेका सात दिनमा दैनिक एक सयभन्दा बढी बिरामी उपचारका लागि आइरहेका अस्पतालतका मेडिकल सुपरिटेन्डेन्ट डा विकासकुमार साहले बताए । चिसोले दमका बिरामी बढेका उनले बताए । उपचारार्थ आउने बिरामीमा पाँच वर्षमुनिका बालबालिका र ६० वर्षमाथि उमेरका बढी छन् ।

बर्दिबास अस्पतालमा पनि बिरामी बढेका छन् । माघ लागेसँगै दैनिक एक सय १० देखि एक सय २५ जनासम्म बिरामी आउने गरेका बर्दिबास अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुदीपकुमार ठाकुरले जानकारी दिए । यहाँ उपचारार्थ आउनेमा महिलाको सङ्ख्या बढी रहेको डा ठाकुरले बताए । जिल्लाका गौशाला र दक्षिवर्ती सम्सीस्थित प्राथमिक उपचार केन्द्रमा पनि बिरामीको चाप बढेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख तथा वरिष्ठ स्वास्थ्य प्रशासक नवलकिशोर साहले जानकारी दिए ।रासस/सांकेतिक फोटो

 

वि.सं.२०८१ माघ ९ बुधवार ०९:०६ मा प्रकाशित

नर्वेमा एनआरएनएको नेतृत्वमा बाढी–पहिरो पीडितका लागि राहत सङ्कलन गरिने

नर्वेमा एनआरएनएको नेतृत्वमा बाढी–पहिरो पीडितका लागि राहत सङ्कलन गरिने

ओस्लो, नर्वे । नेपालमा बाढी–पहिरोबाट प्रभावित परिवारका लागि नर्वेमा रहेका...

बाढीपीडितको सहयोगमा अखिल (क्रान्तिकारी) र वाईसीएल

बाढीपीडितको सहयोगमा अखिल (क्रान्तिकारी) र वाईसीएल

काठमाडौं । बाढीबाट प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले विद्यार्थी संगठन...

शव खोजी तथा व्यवस्थापनमा नेपाली सेनाको अपरेसन तीव्र

शव खोजी तथा व्यवस्थापनमा नेपाली सेनाको अपरेसन तीव्र

काठमाडौं । रसुवाको भोटेकोशीमा गत बुधबार आएको विनाशकारी बाढीपछि बेपत्ता...

रसुवा सडक सञ्जालमा पुनः जोडियो

रसुवा सडक सञ्जालमा पुनः जोडियो

काठमाडौं । टोखा–छहरे–गड्खार पुल–आप्र–नर्जा–लच्याङ–सरमथली–पाटीखर्क हुँदै बोगटीटार–कालिकास्थान–धुन्चे सडकखण्ड सञ्चालनमा आएको छ।...

भोटेकोशी बाढीमा एनआईसी एशिया बैंकका तीन शाखा पूर्णरुपमा ध्वस्त, कर्मचारीहरु सुरक्षित

भोटेकोशी बाढीमा एनआईसी एशिया बैंकका तीन शाखा पूर्णरुपमा ध्वस्त, कर्मचारीहरु सुरक्षित

काठमाडाैँ । गत बुधवार रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण...