back
CTIZAN AD

सांस्कृतिक सम्पदाको संरक्षण र पुनर्निर्माण कार्यमा तीव्रता

वि.सं.२०८१ माघ ९ बुधवार

966 

shares

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भूकम्पबाट क्षति भएका सांस्कृतिक सम्पदाको संरक्षण र पुनर्निर्माण कार्यलाई तीव्रता दिएको छ । चालु आर्थिक वर्षमा भूकम्पबाट क्षति भएका २५ वटा सांस्कृतिक सम्पदाको संरक्षण तथा पुनर्निर्माण कार्य गर्ने भनिएकोमा पुस मसान्तसम्मा २७ वटाको पुनर्निर्माण कार्य सम्पन्न गरेको मन्त्रालयले जनाएको छ ।

धादिङ, रसुवा, सिन्धुपाल्चोक र दोलखालगायतका जिल्लामा गत आवमा सञ्चालित २४ वटा गुम्बाको पुनर्निर्माण कार्य सम्पन्न गर्नुपर्नेम १३ वटा सम्पन्न भएको र पुरातात्विकस्थल संरक्षण आयोजनाअन्तर्गत निरन्तर कार्य भइरहेकामध्ये आव २०८०/०८१ मा २० वटा सम्पदाको संरक्षण कार्य गर्नुपर्नेमा हालसम्म ४० वटा सम्पन्न भएको सहसचिव रामकृष्ण लामिछानेले जानकारी दिए ।

त्यसैगरी मन्त्रालयले चालु आवको नीति तथा कार्यक्रम र बजेटअनुसार पर्यापर्यटन प्रवद्र्धनका लागि टाकुरा पर्यटकीय गन्तव्य तथा मनोरञ्जन पूर्वाधारसहितका ‘इको हिल स्टेसन’ निर्माणको लागि अवधारणा पत्र तयार भई स्थान छनोटको प्रक्रियालाई अगाडि बढाएको छ । सहसचिव लामिछानेका अनुसार मन्त्रालयले वायुसेवा कम्पनीको सुरक्षा मापदण्ड परिचालनसम्बन्धी अनुगमन सम्बन्धमा हालसम्म तीन वटा कम्पनीको अनुगमन गरिसकेको छ । चालु आवको ५० हजारमध्ये १० हजार पाना अभिलेखको सङ्कलन, सूचीकरण तथा वैज्ञानिक प्रविधिबाट रासायनिक तथा भौतिक संरक्षण एवं व्यवस्थापन मन्त्रालयले गरेको छ ।

त्यसैगरी सिम्रौनगढ क्षेत्रमा रहेका सम्पदाको संरक्षण कार्यत्रलाई निरन्तरता दिने क्रममा मन्त्रालयले बोलपत्रको सूचना प्रकाशन गरी बोलपत्रको मूल्याङ्कन गरी कार्यादेश प्रदान गरेको छ । “चालु आवअन्तर्गत लुम्बिनी गुरुयोजनाको पूर्वी विहार क्षेत्रमा सडक सञ्जाल तथा सम्बन्धित निर्माण कार्य ६८ प्रतिशत सम्पन्न भएको छ र लुम्बिनी गुरुयोजनाको सांस्कृतिक केन्द्रमा सडक सञ्जाल तथा सम्बन्धित निर्माण कार्य र गुरुयोजना क्षेत्रमा विद्युतीकरण गर्ने कार्य ८४ प्रतिशत सम्पन्न भएको छ”, सहसचिव लामिछानेले भने ।

 

वि.सं.२०८१ माघ ९ बुधवार १३:३६ मा प्रकाशित

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान !

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान !

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव आज पनि कायम रहेको...

परराष्ट्र सेवाका अधिकृतलाई विभिन्न देशका भाषा सिकाउन प्रशिक्षण सुरु

परराष्ट्र सेवाका अधिकृतलाई विभिन्न देशका भाषा सिकाउन प्रशिक्षण सुरु

काठमाडौँ । नेपाल परराष्ट्र सेवाका अधिकृतको भाषिक तथा व्यावसायिक क्षमता...

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...