back
CTIZAN AD

देवचुलीमा २७ सय बढी किशोरीलाई एच.पी.भी खोप दिइने

वि.सं.२०८१ माघ १३ आइतवार

957 

shares

नवलपुर । देवचुली नगरपालिकामा २७ सय ६० किशोरीहरू एच.पी.भी खोप खोपबाट लाभान्वित हुने भएका छन् । यो खोप अभियान माघ २२ गतेदेखि देशव्यापी रूपमा सुरु भएको थियो । खोप अभियानमा देवचुलीका १० देखि १४ वर्ष उमेर समूहका ६ देखि १० कक्षा सम्म अध्ययनरत बालिका सहभागी हुनेछन् ।

आइतबार कार्यक्रमको आयोजना गरी नगरपालिकाका सबै वडामा डा.ज्योति गौतमको नेतृत्वमा खोप अभियान सञ्चालन गरिने बताइएको छ ।
नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख तथा जनस्वास्थ्य अधिकृत रामकुमार श्रेष्ठले खोप अभियानमा विद्यालय बाहिर रहेका बालिकाहरूलाई पनि सहभागी गराइने बताए ।

कार्यक्रममा नगरप्रमुख हरिप्रसाद न्यौपानेले निःशुल्क खोपको पहुँचबाट बालिका वञ्चित हुन नहुने बताए । उनले शिक्षा र स्वास्थ्य नागरिकको अत्यावश्यक हुँदा यसको व्यवस्थापनमा नगरपालिका गम्भीर रहेको बताए ।

एच.पी.भी खोप नगरपालिका भित्रका ४१ जना स्वयंसेविका र खोप केन्द्र राखिने विद्यालयका दुई जना शिक्षिकालाई पनि उक्त खोप दिइनेछ । महिलाहरूमा हुने क्यान्सर मध्य मृत्युको चौथो कारण पाठेघरको क्यान्सर भएको हुँदा खोपको उद्देश्य महिलाहरूमा पाठेघरको क्यान्सरको जोखिम कम गर्नु रहेको छ ।

वि.सं.२०८१ माघ १३ आइतवार १५:३३ मा प्रकाशित

शव खोजी तथा व्यवस्थापनमा नेपाली सेनाको अपरेसन तीव्र

शव खोजी तथा व्यवस्थापनमा नेपाली सेनाको अपरेसन तीव्र

काठमाडौं । रसुवाको भोटेकोशीमा गत बुधबार आएको विनाशकारी बाढीपछि बेपत्ता...

रसुवा सडक सञ्जालमा पुनः जोडियो

रसुवा सडक सञ्जालमा पुनः जोडियो

काठमाडौं । टोखा–छहरे–गड्खार पुल–आप्र–नर्जा–लच्याङ–सरमथली–पाटीखर्क हुँदै बोगटीटार–कालिकास्थान–धुन्चे सडकखण्ड सञ्चालनमा आएको छ।...

भोटेकोशी बाढीमा एनआईसी एशिया बैंकका तीन शाखा पूर्णरुपमा ध्वस्त, कर्मचारीहरु सुरक्षित

भोटेकोशी बाढीमा एनआईसी एशिया बैंकका तीन शाखा पूर्णरुपमा ध्वस्त, कर्मचारीहरु सुरक्षित

काठमाडाैँ । गत बुधवार रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण...

विपद्का बेला विदेशबाट आइएमईमार्फत निःशुल्क रकम पठाउन सकिने

विपद्का बेला विदेशबाट आइएमईमार्फत निःशुल्क रकम पठाउन सकिने

काठमाडौं । प्राकृतिक विपद्बाट प्रभावित नागरिकका लागि विदेशमा रहेका नेपाली...

नेपाल बैंकद्वारा भोटेकोशी बाढीपीडितका लागि ३ करोड १ लाख सहयोग

नेपाल बैंकद्वारा भोटेकोशी बाढीपीडितका लागि ३ करोड १ लाख सहयोग

काठमाडौं । नेपाल बैंक लिमिटेडले रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा...