back
CTIZAN AD

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

वि.सं.२०८१ माघ १३ आइतवार

780 

shares

काठमाडौँ । यो सातामा कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १० दशमलव ४१ अङ्कले घटेर दुई हजार छ सय ४३ दशमलव ९३ को बिन्दुमा कायम भएको हो ।

आज तीन सय १८ कम्पनीको एक करोड ५७ लाख २० हजार तीन सय ६७ कित्ता शेयर ९४ हजार आठ सय १३ पटक खरिदबिक्री हुँदा रू नौ अर्ब १२ करोड ८६ लाख ७३ हजार पाँच सय १४ बराबरको कारोबार भएको छ ।

आज विकास बैंक समूह शून्य दशमलव ५९, जलविद्युत् शून्य दशमलव ५४, लघुवित्त शून्य दशमलव ७५, म्युचुअल फण्ड शून्य दशमलव ४८ र अन्य समूह शून्य दशमलव शून्य तीन प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ ।

सबैभन्दा बढी वित्त समूह चार दशमलव ७६ प्रतिशतले घटेको छ । त्यस्तै, बैंकिङ शून्य दशमलव ८९, होटल तथा पर्यटन शून्य दशमलव २७, लगानी शून्य दशमलव ५०, जीवन बिमा शून्य दशमलव ६१, उत्पादन तथा प्रशोधन एक दशमलव ६६, निर्जीवन बिमा शून्य दशमलव ६७ र व्यापार समूह शून्य दशमलव ७५ प्रतिशतले घटेको छ ।

उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड र माथिल्लो मैलुङ खोला जलविद्युत् लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने चारवटा कम्पनीको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । बोटलर्स नेपाल (बालाजु) लिमिटेड, एनआईसी एसियो डिभेञ्चर ०८२÷८३, डोल्टी पावर कम्पनी लिमिटेड र जानकी फाइनान्स कम्पनी लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको हो ।

कारोबार रकमका आधारमा आज सबैभन्दा बढी सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडको रू ३९ करोड ५३ लाख ७३ हजार बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको चार लाख ११ हजार छ सय २७ कित्ता शेयर किनबेच भएको छ ।

 

वि.सं.२०८१ माघ १३ आइतवार १६:०५ मा प्रकाशित

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज...

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले नयाँ प्रमुख...

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्था ’नेपाल...

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

काठमाडौँ ।  धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...