back

चिकित्सा शिक्षाका विद्यार्थीको रोजाइमा जुम्ला

वि.सं.२०८१ माघ १४ सोमवार

255 

shares
GLOBAL IME AD
NTC AD

जुम्ला । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सा शिक्षा अध्ययन गर्न विभिन्न जिल्लाका विद्यार्थी यहाँ आइपुगेका छन् ।

चिकित्सा शिक्षा विषयअन्तर्गत एमबिबीएस, बिएनएस, विपिएच, बि–फार्म, बीएसी नर्सिङलगायतका विषय अध्ययन गर्न विभिन्न जिल्लाबाट एक सय चार विद्यार्थी यहाँ आएका हुन् । कुनै समयमा डाक्टरको अभावमा उपचार नपाएर अकालमै ज्यान गुमाउन बाध्यरहेको कर्णाली अहिले विशेषज्ञ डाक्टर उत्पादनको थलो बनेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।

मेडिकल काउन्सिलका विभिन्न लाइसेन्स परीक्षामा शतप्रतिशत उत्तीर्ण भएर प्रतिष्ठानले शिक्षा क्षेत्रमा आफ्नो अब्बल क्षमता स्थापित गरेको छ । सुगम क्षेत्र छाडेर चिकित्सा विषय अध्ययन गर्न प्रतिष्ठानमा आउनेको सङ्ख्या बढेको जनाइएको छ । विपिएचमा नयाँ भर्ना भएका जुम्ला कनकासुन्दरी गाउँपालिका–५ का सुरज उपाध्यायले कुनै समय कुम्लोकुटिरो बोकेर काठमाडौं पढ्नु जानुपर्ने अवस्था अन्त्य भएर अहिले काठमाडौँबाट भारी बोकी जुम्ला आउनुपर्ने अवस्था बनेको बताए । एमबिबीएस पढ्न प्रतिष्ठानमा आएकी काठमाडौँका प्रतीक्षा ज्ञावालीले प्रतिष्ठानको पठनपाठन, व्यवस्थापनलगायतका सबै पक्ष अब्बल लागेर अध्ययनका लागि जुम्ला रोजेको जानकारी दिए ।

प्रतिष्ठानमा विभिन्न सङ्कायतर्फ विद्यार्थी भर्ना भइसकेका छन् । जसमा एमबिबीएसतर्फ–४३ जना, बिपिएचमा–१५, बि–फार्म, १४ जना, बीएचसी नर्सिङ–१७, बीएनएसतर्फ–१५ गरी कूल एक सय चार विद्यार्थी देशका विभिन्न जिल्लाबाट जुम्ला पुगेको स्कुल अफ पब्लिक हेल्थ बिपीएच चौथो वर्षका संयोजक उपप्राध्यापक ओमप्रकाश काफ्लेले बताए । रासस/सांकेतिक फोटो

वि.सं.२०८१ माघ १४ सोमवार ११:३६ मा प्रकाशित

खुसी हर्मोन प्रबर्धन गर्न पाँच योगासनहरु

खुसी हर्मोन प्रबर्धन गर्न पाँच योगासनहरु

मानिसहरुको मुड खराब हुने वा रिस उठ्ने र उदासिन हुने...

मानसिक स्वास्थमा भोजनको प्रभाव

मानसिक स्वास्थमा भोजनको प्रभाव

काठमाडौँ । चालिस वर्षदेखि कार्यरत वरिष्ठ मानसिकरोग विशेषज्ञ डा विश्वबन्धु...

प्रधानमन्त्री ओलीसमक्ष स्वास्थ्य बीमा सुधार कार्ययोजना प्रस्तुत

प्रधानमन्त्री ओलीसमक्ष स्वास्थ्य बीमा सुधार कार्ययोजना प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप...

आवासीय चिकित्सकले निर्वाह भत्ता पाउने

आवासीय चिकित्सकले निर्वाह भत्ता पाउने

काठमाडौं । निजी मेडिकल कलेजमा स्नातकोत्तर तहमा अध्ययनरत आवासीय चिकित्सकहरूलाई...

नुन र मुटु रोगको सम्बन्ध, बेसी हुँदा यस्तो हानिकारक

नुन र मुटु रोगको सम्बन्ध, बेसी हुँदा यस्तो हानिकारक

काठमाडौँ । नुन हाम्रो भान्छाको एक अपरिहार्य वस्तु हो ।...

चुरोट सेवन गर्नेलाई तीनगुणा बढी हृदयाघात

चुरोट सेवन गर्नेलाई तीनगुणा बढी हृदयाघात

काठमाडौँ । सुर्तीजन्य पदार्थ सेवन गर्नेलाई तीनगुणा बढी हृदयाघातको सम्भावना...